Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया बुझ्नुहोस्ः सिटिजनशिप टेस्टको तयारी कसरी गर्ने?

KAYASTHA.jpg

A Nepali family with a local politician at a citizenship ceremony in Melbourne. Credit: Abhas Parajuli

अस्ट्रेलियाको नागरिक बन्नु थुप्रै आप्रवासीहरूका लागि रमाइलो एवं रोमाञ्चक अनुभव हो। तर अस्ट्रेलियाको नागरिक बन्नका लागि तपाईँले दि अस्ट्रेलियन सिटिजनशिप टेस्ट भनिने एक जाँच पास गर्नुपर्छ। यो परीक्षाले तपाईँलाई अस्ट्रेलियाको इतिहास, संस्कृति, मूल्य मान्यता र राजनैतिक प्रणाली कत्तिको थाहा छ भनेर हेर्छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा तपाईँलाई यो टेस्ट कसरी पास हुने भनेर केही टिप्स दिने प्रयास गर्दैछौं।


Published

Updated

By Maram Ismail

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


अस्ट्रेलियाको नागरिक बन्नु थुप्रै आप्रवासीहरूका लागि रमाइलो एवं रोमाञ्चक अनुभव हो। तर अस्ट्रेलियाको नागरिक बन्नका लागि तपाईँले दि अस्ट्रेलियन सिटिजनशिप टेस्ट भनिने एक जाँच पास गर्नुपर्छ। यो परीक्षाले तपाईँलाई अस्ट्रेलियाको इतिहास, संस्कृति, मूल्य मान्यता र राजनैतिक प्रणाली कत्तिको थाहा छ भनेर हेर्छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा तपाईँलाई यो टेस्ट कसरी पास हुने भनेर केही टिप्स दिने प्रयास गर्दैछौं।


मुख्य कुरा

  • आधिकारिक स्रोत पुस्तिकामा तपाईँलाई चाहिने सबै जानकारीहरू छ।
  • टेस्ट अङ्ग्रेजी भाषामा दिनुपर्छ।
  • थुप्रै सामुदायिक संस्थाहरूले टेस्टका लागि मद्दत गर्छन्।

अस्ट्रेलिया २७० भन्दा पनि बढी पृष्ठभूमिका मानिसहरू बसोबास गर्ने विविधताले भरिपूर्ण बहु-सांस्कृतिक राष्ट्र हो।

यो संसारकै सबैभन्दा लामो समयदेखि लगातार प्रचलित संस्कृति मध्ये एकको घर पनि हो।

यहाँको ढोका आप्रवासीहरूका लागि सन् १९४५ खुलेपछि झन्डै ७० लाखजनालाई स्वागत गरिसकिएको छ।

अस्ट्रेलियाको नागरिकताका लागि एकभन्दा बढी तरिकाबाट निवेदन हाल्न मिल्छ र यी मध्ये ‘कन्फेरल’ र ‘डिसेन्ट’ दुई बढी प्रचलित छन्।

तर, निवेदन हाल्नुअगि तपाईँले केही विशेष मापदण्ड पूरा गरेकै हुनुपर्छ।

एभा अब्देल मसिआले थुप्रै मानिसहरूलाई अस्ट्रेलियाको नागरिकता लिन सहयोग गरिसकेकी छिन्।

उनका अनुसार सबैभन्दा महत्त्वपूर्ण मापदण्ड भनेको अस्ट्रेलियामा कानूनी रूपमा लगातार चार वर्ष बसोबास गरेको देखाउन सक्नु हो।

यो सँगै, अस्ट्रेलियन नागरिकताका लागि निवेदन दिने १८ वर्ष माथिका सबैले ‘गुड क्यारेक्टर’ वा राम्रो आचरण भएको पनि देखाउन सक्नुपर्छ।

यस्तो नैतिक आचरणलाई ‘एन्ड्योरिङ मोरल क्वालिटिज’ वा स्थायी नैतिक गुण भनेर व्याख्या गरिएको छ।

KEVIN ANDREWS CITIZENSHIP TEST
Kevin Andrews, Minister for Immigration and Citizenship, holds a copy of the Australian Citizenship Test booklet in Melbourne, Monday, Oct. 1, 2007. (AAP Image/Andrew Brownbill) Source: AAP / ANDREW BROWNBILL/AAPIMAGE

साथै अस्ट्रेलियाको नागरिकता लिन तपाईँले आफू अस्ट्रेलियामा नै बसोबास गर्ने योजनामा रहेको वा विदेशमा समय बिताउने भए तापनि अस्ट्रेलियासँग आफ्नो सम्बन्ध कायमै राख्छु भनेर देखाउनु पर्छ।

सामान्य रूपमा बोलचाल गर्ने सक्ने गरी अङ्ग्रेजी भाषामा दक्खल अनि अस्ट्रेलियाको बारे सामान्य ज्ञान हुनु पनि आवश्यक छ।

अनि अस्ट्रेलियाको नागरिक बन्नुको अर्थ के हो त भनेर बुझ्न चाहिँ अधिकांश निवेदकहरूको जाँच लिने गरिन्छ।

यदि तपाईँ अस्ट्रेलियन नागरिक बन्न योग्यता राख्नुहुन्छ र सिटिजनशिप टेस्टका लागि तयारी गर्दै हुनुहुन्छ भने तपाईँले यसका लागि होमवर्क वा गृहकार्य गर्नैपर्छ भन्छिन् एभा।

अब कुरा गरौँ, सिटिजनशिप टेस्ट या अस्ट्रेलियाको नागरिक बन्न पास गर्नुपर्ने जाँचको बारेमा।

यो टेस्टमा २० वटा मल्टिपल चोइस क्वेस्चनहरू हुन्छन्।

यी २० बहु विकल्प प्रश्नहरूले अस्ट्रेलियामा प्रयोग हुने विभिन्न सङ्केतहरू, ऐतिहासिक घटनाहरू, सरकारका ढाँचा र नागरिकका हक अधिकार एवं जिम्मेवारीहरू जस्ता विभिन्न विषयहरू समेट्छन्।

अध्यागमन एजेन्ट एभाका अनुसार यस्ता २० मध्ये ५ प्रश्नहरू अस्ट्रेलियन मूल्यमान्यतामा आधारित हुन्छन् जसमध्ये तपाईँले कुनैमा पनि गलत जवाफ दिन हुँदैन।

गृह मामिला विभागको वेबसाइटले आधिकारिक टेस्ट रिसोर्स बुकलेट वा अस्ट्रेलिन नागरिकताको जाँचका लागि उपलब्ध सामाग्री “अस्ट्रेलियन सिटिजनशिप: आवर कमन बन्ड” पढेर तयार हुन सिफारिस गरेको छ।

चालिस भाषाहरूमा उपलब्ध यो पुस्तिकालाई पोडकास्टको रूपमा सुन्न पनि मिल्छ

यो पुस्तिका राम्ररी पढेर तयारी गर्नुका साथै तपाईँले विभिन्न वेबसाइटहरूमा उपलब्ध अनलाइन टेस्टहरू पनि गरेर आफ्नो तयारी गर्न सक्नुहुनेछ।

एभा भन्छिन् उनलाई टेस्ट सम्बन्धी एपहरू चलाउन सजिलो लाग्छ र उनी आफ्ना ग्राहकहरूलाई पनि यस्तो सुविधा प्रयोग गरेर लाभ लिन सुझाव दिन्छिन्।

उनका अनुसार मानिसहरूले अस्ट्रेलियामा हुने तीन थरिका सरकारहरू, सङ्घीय संसदीय प्रणाली र गभर्नर जनरलको पद तथा काम बारे पनि राम्ररी बुझ्नु जरुरी छ।

सिटिजनशिप टेस्टले अस्ट्रेलियामा आयोजना हुने प्रमुख कार्यक्रमहरू लगायत आदिवासी र बहु-सांस्कृतिक देशवासीहरूको योगदान बारे पनि तपाईँलाई प्रश्नहरू गर्छ।

अनि, नागरिकता सम्बन्धी यो जाँच अङ्ग्रेजीमा मात्रै उपलब्ध हुने भएकाले प्रश्नहरू राम्रोसँग बुझेर सही जवाफ दिन तपाईँले अङ्ग्रेजी भाषामा राम्रो दक्खल राख्नै पर्छ।

भाषामा पकड अलि कमजोर छ जस्तो लाग्छ भने चाहिँ तपाईँले सिटिजनशिप टेस्टमा प्रयोग हुने शब्दहरू बारे राम्रो अध्ययन गरेर आफूलाई जाँचका लागि तयार गर्न सक्नु हुने बताइएको छ।

इमिग्रेसन एजेन्ट एभाले अस्ट्रेलियाको नागरिकता लिन चाहिने परीक्षामा बस्दा निवेदकहरूले गर्नु नहुने गल्तीहरू बारे पनि प्रकाश पारेकी छिन्।

उनी भन्छिन् कि निवेदकहरूले प्रश्नहरू राम्ररी पढेर बुझ्नु त पर्छ नै, दिइएको समय भित्र नै जाँच सक्काउने बारे पनि ध्यान दिनु जरुरी छ।

तर यसो गर्दा हतारमा गलत उत्तरहरू छान्नबाट चाहिँ आफू बच्नुपर्ने कुरा महत्त्वपूर्ण हुने पनि उनी बताउँछिन्।

Australians Celebrate Australia Day As Debate Continues Over Changing The Date
Ngunnawal Elder Tina Brown and Indigenous dancers perform at the flag raising and Citizenship ceremony at Lake Burley Griffin on January 26, 2020 in Canberra, Australia. Indigenous Australians refer to the day as 'Invasion Day' and there is growing support to change the date to one which can be celebrated by all Australians. (Photo by Wendell Teodoro/Getty Images) Credit: Wendell Teodoro/Getty Images

अब तपाईँलाई गृह मामिला विभाग वा डिपार्टमेन्ट अफ होम अफेअर्सको वेबसाइटमा राखिएका सामाग्रीहरू हेर्न नै मद्दत चाहिन्छ भने चाहिँ तपाईँले आफू वरपरको स्थानीय सामुदायिक सङ्गठनहरूबाट यसका लागि सहयोग लिन सक्नुहुन्छ।

सिड्नी वा न्यु साउथ वेल्सका अन्य ठाउँमा बस्नुहुन्छ भने सिड्‍वेस्ट मल्टिकल्चरल सर्भिसेज वा भिक्टोरियामा हुनुहुन्छ भने चाहिँ सदर्न माइग्रेन्ट एन्ड रेफ्युजी सेन्टर जस्ता संस्थालाई सम्पर्क गर्न सक्नुहुनेछ।

यस्ता सामुदायिक संस्थाहरूले तपाईँलाई सिटिजेनशिप टेस्टका लागि तयारी कक्षा लगायत अन्य चाहिँदो स्रोत सामाग्रीहरू जुटाइदिएर मद्दत गर्छन्।

साथै उनीहरूसँग अनुभवी कर्मचारी हुने भएकाले पनि नागरिकता लिने प्रक्रिया बारे तपाईँले उचित सल्लाह एवं सुझाव पाउन सक्नुहुन्छ।

यसबारे सिड्‍वेस्टकी विक्की हाइन भन्छिन् कि नयाँ देशमा बसाइसर्दा थुप्रै कुराहरू जान्नुपर्ने हुन्छ र आफ्नो पाठ्यक्रमले नव आप्रवासी, शरणार्थी र पिआर पाएर नागरिकता लिन तयारी गरिरहेका सबैलाई मद्दत गर्ने गरेको छ।

“हाम्रो कोर्समा सेवा कसरी लिने, कसरी सिस्टम बुझ्ने र नागरिकता लिन के गर्ने भन्ने जस्ता कुराहरू समावेश छ,” उनले भनिन्।

पहिलो पटक सन् २०१४ मा सिटिजेनशिप क्लास सुरु गरेपछि आफ्ना सयौँ ग्राहकहरूले टेस्ट पास गरेर नागरिकताको प्रमाणपत्र लिइसकेको हाइन अगाडी बताउँछिन्।

उनका अनुसार मानिसहरूले जति सक्दो उति अरूहरूसँग घुलमिल भए, अस्ट्रेलियाको संस्कृति बुझ्न थप मद्दत पुग्छ र अस्ट्रेलिया बसाइँ झनै राम्रो अनुभव!


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now