एसबीएसले यस पटक ५० वर्ष पुरा गर्दै आफ्नो स्वर्ण जयन्ती मनाउँदै छ। यस क्रममा सन् २००३ मा एसबीएस नेपाली प्रसारण सुरु भए यताका रोचक सामाग्रीहरू हाम्रो आर्काइभबाट झिकेर हामी क्रमिक रूपमा प्रस्तुत गदैछौं। यस क्रममा बुधवार, १३ एप्रिल सन् २००५ का दिन एसबीएस नेपालीका कार्यक्रम प्रस्तोता रेजिस अर्यालले विश्व साइकल यात्रामा हिँडेका फुर्तेम्बा शेर्पासँग गरेको यो रमाइलो कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
Share





