रसियन अन्तरिक्ष यात्री युरी गागरिनको नेतृत्वमा सन् १९६१ अप्रिल महिनामा पहीलोपटक मानिस अन्तरिक्षमा पुग्न सफल भएको थियो ।
मानिस अन्तरिक्ष पुग्न सफल भएको ६ दशक पुग्दै छ ।
रसियन अन्तरिक्ष यात्री युरी गागरिनको नेतृत्वमा सन् १९६१ अप्रिल महिनामा पहीलोपटक मानिस अन्तरिक्षमा पुग्न सफल भएको थियो ।
अन्तरिक्षको यात्रामा महत्त्वपूर्ण मानिएका केही दुखद र केही सुखद घटनाहरू यस वर्ष जोडिँदै छन् ।
आज भन्दा करिब ६० वर्ष पहिले अर्थात् सन् १९६१ को १२ अप्रिलका दिन तत्कालीन सोभियत सङ्घ अन्तर्गतका रुसी अन्तरिक्ष यात्री युरी गागरिन पहीलोपटक अन्तरिक्ष यात्रा गर्ने मानव बन्न सफल भएका थिए ।
उक्त सफलता पछि गागरिन सोभियत सङ्घमा एक नायक र शत्तिशालि मानिसका प्रतिकका रूपमा रहन पुगे ।
५५ वर्ष अघि अर्थात् १९६६ मा सोभियत युनियनकै लुना नाईन नामाकरण गरिएको एक यानले चन्द्रमाका लागि उडान भर्यो र त्यहाँबाट खिचिएका केही तस्बिर पृथ्वीमा पठायो ।
यसको करिब ६ महिना पछि अर्थात् १० अगस्ट १९६६ मा नासा अन्त्रगतको लुनार अरबिटर एक नामक अमेरिकी यान चन्द्रमाको परिक्रमा गर्न सफल भयो ।
आज भन्दा ५० वर्ष अघि नासाले एपोलो १४ नामक मानिस सहितको अन्तरिक्ष यान चन्द्रमामा अवतरण गर्ने गरी पठायो ।

यस अघि एपोलो १३ नामको यान बिचमा विस्फोट भएपछि यो नै मानिस सहित चन्द्रमामा पठाइने पहिलो यान हुन पुग्यो ।
सन् १९७१ मा सोभियत युनियनले स्यालुट एक नाम गरेको पृथ्वीको पहिलो अन्तरिक्ष केन्द्र स्थापना गर्न सफल भयो ।
आज भन्दा ४५ वर्ष अघि रातो ग्रहका रूपमा चिनिएको मङलग्रह प्रति मानिसहरूको ध्यान जान पुग्यो र नासाले भाईकिङ-१ नामक यान मङलग्रहमा उतार्यो र यसमा जडान भएका रोबोटिक हातहरुको सहायताले त्यहाँको माटो परीक्षणका लागि पृथ्वीमा ल्याउन सफल भयो ।
तर त्यसै वर्षको अन्त्यमा अमेरिकाले स्पेस सटल नामको यस्तो विमान बनायो जुन बारम्बार प्रयोग गर्न सकिन्थ्यो जसले गर्दा यसमा हुने खर्चलाई निकै कम गर्न सकिन्थ्यो ।
तर दुभाग्यबस उक्त सटल अन्तरिक्ष यात्रुहरूलाई तालिमका लागि मात्र प्रयोग गरियो र यसको उपयोग अन्तरिक्षमा भएन ।
यसको केही वर्ष पछि यु एस एस कोलम्बिया नामको पुन: प्रयोग गर्न मिल्ने स्पेस सटल त तैयार भयो तर जब यसलाई अन्तरिक्षमा पठाइयो यसको केही समयमै दुर्घटना हुन पुग्यो ।

उक्त विमानमा सवार सात अन्तरिक्ष यात्रुको ज्यान जान पुग्यो ।
यो दुर्घटना पश्चात् करिब तिन वर्ष कार्यक्रमलाई बन्द गरियो ।
आज भन्दा करिब १५ वर्ष अघि २००६ जनवरी १९ का दिन नासाले प्लूटो ग्रहको नजिक पुग्ने र यसको अध्ययन गर्ने उद्देश्यका साथ न्यु होराईजन मिसन सञ्चालन गर्यो ।
र उक्त विमान प्लूटोमा सन् २०१५ जुलाईमा पुग्यो
आज भन्दा १० वर्ष अघि सन् २०११ मा नासाको ऐटलान्टीस सटल कार्यक्रम उसको एक यानले पृथ्वीमा अवतरण गरे संगै बन्द गरिएको घोषणा गरियो ।
आज भन्दा करिब पाँच वर्ष अघि सन् २०१६ मा अन्तरिक्ष यात्री टिम पिकेले अन्तरिक्षमा हिँडेर इतिहास कायम गर्न सफल भए ।

उनले अन्तरिक्ष केन्द्र बाहिर निस्किएर बिग्रिएको भागलाई निर्माण गरे ।
सन् २०२१ मा अन्तरिक्षको क्षेत्रमा नयाँ थुप्रै योजनाहरू बनेका छन् ।
जस अन्तर्गत अमेरिकाको आर्टीमिस वान नामक योजना पनि छ जसले चन्द्रमामा मानिस लिएर जाने योजना बनाएको छ ।
यसै गरी युनाईटेड अरब इमीरेट्सको मङलग्रहका लागि पहिलो योजना सञ्चालन गरेको छ,जस अन्तर्गत आउँदो फेब्रुअरी ९ का दिन मङलग्रहको कक्षमा पुग्नेछ ।
नासाको अर्को एक अन्तरिक्ष विमान मङलग्रहमा जीवनको सम्भावनाको खोजीमा यही वर्षको मध्यतिर पुग्नेछ ।

मार्च महिनामा भारतको लुनार मिसन अन्तर्गतको एक विमानले उडान भर्नेछ ।
अन्तरिक्षमा रहेको चर्चित हवल टेलिस्कोपलाई जेम्स वेब स्पेस टेलिस्कोपले यसै वर्षको अन्त्यमा प्रतिस्थापन गर्नेछ ।





