Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

विद्यालय बिदा हुने समय नजिकिँदै गर्दा हवाई यात्रा उद्योगले धमाधम कर्मचारी भर्ती गर्दै

SYDNEY AIRPORT DELAYS

Member of public are seen at Sydney Domestic Airport in Sydney, Friday, June 10, 2022. (AAP Image/Flavio Brancaleone) NO ARCHIVING Source: AAP / FLAVIO BRANCALEONE/AAPIMAGE

विद्यालयहरू बिदा हुने समय नजिकिँदै गर्दा यात्रुहरूलाई विमानस्थलमा हुने भिडभाडका लागि तयार रहने भनिएको छ। वर्षौँको लकडाउन पश्चात् यात्रीहरूको हवाई उडान बानी फेरी देखिन थाले सँगै सिड्नी विमानस्थल कर्मचारी भर्ती गर्ने काममा जोडतोडले लागेको छ।


Published

Updated

By Marcus Megalokonomos

Presented by Sunita Pokharel

Source: SBS




Share this with family and friends


विद्यालयहरू बिदा हुने समय नजिकिँदै गर्दा यात्रुहरूलाई विमानस्थलमा हुने भिडभाडका लागि तयार रहने भनिएको छ। वर्षौँको लकडाउन पश्चात् यात्रीहरूको हवाई उडान बानी फेरी देखिन थाले सँगै सिड्नी विमानस्थल कर्मचारी भर्ती गर्ने काममा जोडतोडले लागेको छ।


विद्यालयहरूको बिदा हुने समय र क्रिसमस तथा नयाँ वर्ष जस्ता चाडबाडहरू नजिकिँदै जाँदा विमानस्थल र विमानहरू चाप बढिरहेको छ।

विगत दुई वर्ष देखि सीमालाई लिएर देखिएको अनिश्चितता र यस क्षेत्रमा काम गर्नेहरूले भोगेका अप्ठ्याराहरू बिच, यस क्षेत्रमा कर्मचारी भर्ती जोडतोडले अगाडी बढ्ने देखिएको छ।

सिड्नी विमानस्थलमा ४ हजार रिक्त स्थानहरूका लागि कर्मचारी आवश्यक रहेको कामदारलाई भर्ती गर्ने रिक्रूटर मोनिक अस्टिनले बताइन्।

"हामीलाई क्याबिन सफाइ, झोलाहरूको व्यवस्थापन गर्ने, ट्रक चालक अहिलेको अवस्थामा चाहिएको छ। हिँडडुल राम्रोसँग गर्न नसक्ने यात्रुहरूको सहयोग गर्ने पीआरएम पनि (भर्ती) गर्ने गर्दछौँ। सिड्नी र अस्ट्रेलिया भरिका अन्य विमानस्थलहरू- ब्रिस्बेन, मेलबर्न र हामीले भर्खरै पर्थ र एडिलेडमा पनि सुरु गरेका छौँ। "

मोनिक अस्टिन तिन महिना अगाडी मात्र पछिल्लो सिड्नी एयरपोर्ट जब्स फेयरमा आएकी थिइन्, र अहिले काउन्टरको अर्को पट्टि बस्छिन्- थप कर्मचारी भर्ती गर्ने काममा विमानस्थलका ५० प्रमुख रोजगारदाताहरूसँग मिलेर काम गर्दै।

जब्स फेयर वा रोजगारी मेलाले बजारमा देखिएको कामदारको मागलाई सम्बोधन गर्ने आसा गरिएको छ।

कर्मचारी आवश्यक रहेका स्थानहरू मध्ये लक्जरी व्यवसाय, होटेलहरू, एयरलाइन्स, फास्ट फुड र सरकारी एजेन्सीहरू रहेका छन् भने टर्मिनल सेवा प्रदायकहरू पनि कामदारको खोजीमा रहेका छन्।

भर्जिन अस्ट्रेलिया, क्वान्टस, अस्ट्रेलियाली सीमा बल, अस्ट्रेलियाली सङ्घीय प्रहरी, ट्याक्स र ड्युटी फ्री, ग्लोबल एक्सचेन्ज र स्विसपोर्टहरूमा पनि कर्मचारी चाहिएको छ। रिक्रूटर इडालिया लोपेज भन्छिन्:

"हवाई क्षेत्रमा निकै नराम्रो ढक्क पर्‍यो र त्यो समयमा धेरै राम्रा कामदारहरू हामीले गुमायौँ। र, अहिले मैले के देखेको छु भने उनीहरू मध्ये धेरै जना फर्किएर आएका छन्। म आफैँ पनि कोभिडका समयमा त्यस्तै पदमा काम गर्थे र अहिले मानव संसाधनमा आएको छु।"

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

कामको खोजीमा रहेका कतिपय आफ्नो करिअर परिवर्तन गर्न खोजिरहेका छन्।

"केहीमा तपाईँको हाई स्कुलको शैक्षिक योग्यता मात्र चाहिन्छ अनि तपाइलाई उनीहरूले लिन्छन्। त्यसैले पक्कै पनि यो राम्रो अनुभव हो।"

यसैबिच उपभोक्ताहरूको पक्षमा वकालत गर्ने समूहहरूले प्रमुख एयरलाइन्सहरू समक्ष मागहरू राखेका छन्।

सम्भावित उडान ढिलाइ वा रद्द भएको अवस्थामा उपभोक्ताहरूलाई सुहाउँदो क्षतिपूर्ति दिनु पर्ने उनीहरूको माग छ।

नजिकिँदै गरेको विद्यालय बिदाको समयमा सिड्नी विमानस्थलले झन्डै २४ लाख मानिसहरूले हवाई यात्रा गर्ने अनुमान गरेको छ।

अनुमान अनुसार सोमबार १९ सेप्टेम्बर देखि आइतबार ९ अक्टोबरसम्म १६ लाख ५० हजार घरेलु यात्रु र झन्डै ७ लाख २० हजार अन्तर्राष्ट्रिय यात्रा गर्नेहरू हुनेछन्।

२१ दिने विद्यालय बिदा हुने जुन-जुलाईको समय अर्थात् सोमबार २७ जुन देखि आइतबार १७ जुलाई सम्म यो आँकडाले २१ लाख यात्रुहरूको सङ्ख्या पनि नाघ्नेछ।

यो समयलाई कर्मचारी अभावका कारण देखिएको भिडभाड र अस्तव्यस्तताका लागि सम्झिइने छ।

यो समयमा टर्मिनलहरूमा थप ६० कर्मचारीहरू उपभोक्ताहरूको सेवामा परिचालित हुनेछन्, जसले यात्रुहरूलाई उनीहरू जाने ठाउँमा पुर्‍याउन सहयोग गर्नेछन्।

सिड्नी विमानस्थलका प्रमुख कार्यकारी अधिकृत जिओफ कलबर्ट भन्छन् बिहीबारको अकस्मात् दिइएको सार्वजनिक बिदा, एएफएल फाइनल र बिदाहरू भए पनि यो समयमा विमानस्थल राम्रो अवस्थामा रहेको छ।

अस्ट्रेलियाली तथ्याङ्क विभागको आँकडाले पर्यटन क्षेत्रमा कामदारहरू बिस्तारै फर्किने क्रममा रहेको देखाएको छ, जसमा यस क्षेत्रभरि २.६ प्रतिशत फुल टाइम कामहरू बढेको पाइएको छ।

यो महामारी पूर्वको समय भन्दा अझै पनि धेरै कम हो। सन् २०१९ को डिसेम्बरमा ३ लाख ७६ हजार कामहरू रहेका थिए।

पार्ट टाइम कामहरूको अवस्था पनि त्यस्तै छ, जुन झन्डै ३ लाख ४१ हजारले बढेको छ तर पनि कोभिड-१९ भन्दा अगाडिको ३ लाख ७३ हजार भन्दा कम नै हो।

अस्ट्रेलियाको एक सरकारी निकाय अस्ट्रेलियाली सीमा बल (एबीएफ) पनि नयाँ कर्मचारी भर्ती गर्न इच्छुक देखिएको छ।

एबीएफका सुपरिटेन्डेन्ट ह्यानी एल्बाटुरि भन्छन्, "अन्ततः हामी राम्रो मान्छेहरूलाई आकर्षित गर्न चाहन्छौँ, हामी त्यस्तो मान्छेहरूलाई चाहन्छौँ जसको राम्रो सञ्चार सिप होस् र अस्ट्रेलियालाई सुरक्षित राख्ने उत्साहजनक र चुनौतीपूर्ण र राम्रो प्रतिफल दिने काममा करिअर बनाउने इच्छा होस्।"

महामारीको समयमा सिड्नी विमानस्थलले आफ्ना झन्डै आधि कर्मचारीहरू र १५ हजार कामहरू गुमाएको थियो। त्यसपछि झन्डै दुई तिहाइ स्थानहरू मात्र भरिएका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now