राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताहरूमा प्रदर्शन गरेर चर्चा कमाएकी एन्जिला तुम्बापो सुब्बा यति खेर अस्ट्रेलिया भ्रमणमा छिन्। नेपालको राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर सुब्बाको जीवनमा आधारित भएर हालै मात्र एक चलचित्र पनि निर्माण भएको छ। 'अन्जिला' नामक उक्त चलचित्रमा आफ्नो भूमिकामा उनी आफैले अभिनय पनि गरेकी छन्। सिड्नीस्थित गोर्खा नेप्लिज कम्युनिटी(जीएनसी)ले आयोजना गरेको २७ औँ जीएनसी कपका खेलहरू हेर्न पुगेकी सुब्बासँग उनको अस्ट्रेलिया भ्रमण, खेल जीवन र गोल मैदानदेखि सिनेमासम्मको यात्राका बारेमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।
Share





