हाल अस्ट्रेलिया र न्यु जिल्यान्डमा जारी महिला तर्फको ए-लिग फुटबल प्रतियोगितामा नेपालको राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी न्यु जिल्यान्डको टोली वेलिङ्टन फिनीक्सबाट खेलिरहेकी छिन्। “साम्बा” नामले प्रचलित भण्डारी ए-लिगमा खेल्ने पहिलो नेपाली खेलाडी हुन्। आइतवार, डिसेम्बर सातमा मेलबर्नको एक घरेलु टोली मेलबर्न सिटी एफसी विरुद्धको खेलका लागि क्रान्बर्नस्थित कन्ट्रोल:साइबर मैदान पुगेकी भण्डारीको स्वागतमा नेपाली समुदायका सदस्यहरूको ठुलो उपस्थिति थियो। ए-लिग खेल्दाको अनुभव, अन्तर्राष्ट्रिय खेल जीवन र अस्ट्रेलियामा फुटबल प्रेमी तथा खेलप्रति इच्छुक दोस्रो पुस्ताका बालबालिकाकाका लागि रहेका अवसरहरू बारे भण्डारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





