Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"रोजगार देखि बसोबास सम्म": क्यानबेराका नेपालीहरुलाई सहयोग गर्दै अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटी

Adarsha Jung Pande heads Australia Nepal Friendship Society in Canberra

Adarsha Jung Pande heads Australia Nepal Friendship Society in Canberra Source: SBS/ANFS Facebook

सगरमाथा चढेका र नेपालमा पुगेका केही अस्ट्रेलियालीहरूले सन् १९८२ मा सुरु गरेको अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीले, क्यानबेरामा रहेका नेपाली तथा अस्ट्रेलियालीहरू बिच पुलको काम गरिरहेको छ।


Published

Updated

Source: SBS




Share this with family and friends


सगरमाथा चढेका र नेपालमा पुगेका केही अस्ट्रेलियालीहरूले सन् १९८२ मा सुरु गरेको अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीले, क्यानबेरामा रहेका नेपाली तथा अस्ट्रेलियालीहरू बिच पुलको काम गरिरहेको छ।


झन्डै ४ दशक लामो इतिहास बोकेको अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटी (एएनएफएस) सन् ७० तथा ८० दशक तिर हिमाल चढ्न नेपाल गएका अस्ट्रेलियालीहरूको अगुवाइमा एएनएफएस को स्थापना भएको हो भन्छन्, हाल उक्त संस्थाको नेतृत्व गरिरहेका आदर्श जङ्ग पाण्डे ।

पाण्डे आफैँ पनि सन् २०१३ मा क्यानबेरा आउँदा, एएनएफएस ले नै आफ्नो लागि ठुलो मद्दत गरेको बताउँछन्।

"क्यानबेरा आएदेखि नै यो संस्थाले मलाई यहाँ बस्ने घर देखिन् लिएर कामसम्म सबैको लागि एउटा कनेक्सन, मिलाइदिएको - सुरुदेखि नै - भएर माया त्यहीँदेखि थियो," उनले एसबीएस नेपालीसँग भने।

आदर्शजङ्ग पांडेसँग हामीले गरेको कुराकानी सुन्न पेजको माथिल्लो भागमा रहेको मिडिया प्लेयरमा थिच्नुहोस्।

पाण्डेका अनुसार यसै कारण पनि उनी उक्त संस्थासँग आबद्ध हुन पुगे।

त्यस बेलाको समय सम्झँदै एएनएफएस अध्यक्ष भन्छन् कि क्यानबेरामा सन् २०१३ ताका जम्माजम्मी ३०० को हाराहारीमा नेपालीहरू थिए र प्राय सबैले एक-अर्कालाई चिन्थे।

"अब यो सोसाइटीको मार्फत नै सबैले सबैलाई चिनियो र म पनि त्यसैमा मिसिएँ," उनले भने।

Australia Nepal Friendship Society Canberra
Source: Australia Nepal Friendship Society Facebook

एक-आपससँगको सम्पर्कबाट नै अस्ट्रेलियामा काम पाउन सजिलो हुने र यसका लागि एएनएफएस का 'कनेक्सन्स'ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि पाण्डेको भनाई छ।

ऐतिहासिक रूपमा नेपाल र नेपाली संस्कृति अस्ट्रेलियामा चिनाउँदै आएको सो संस्थाले हाल समुदायको चाहना र आवश्यकता अनुसार, रोजगारीका लागी लाभकारी हुने योजनाहरूलाई प्राथमिकतामा राखेको बताउँछन्, आदर्शजङ्ग पाण्डे ।

हाल १५,००० भन्दा बढी सङ्ख्यामा नेपालीहरूले क्यानबेरालाई आफ्नो घर बनाउँदा पनि, अनेफ्रेसो आफ्नो सम्बन्धहरूको प्रयोग गर्दै समुदायलाई सहयोग जारी राखेको उनको भनाई छ।

 Australia Nepali Friendship Society in Canberra
Participants at a community programme organised by ANFS Source: Australia Nepal Friendship Society Facebook

"स्टुडेन्ट्सहरूलाई लिंक-अप गर्नका लागि रेज्युमे राइटिङ स्किल हुन्छ कि ... इन्जिनियर्स अस्ट्रेलियासँग डाइरेक्ट भेटघाट गर्ने एउटा वातावरण बनाउने," एएनएफएस अध्यक्षले भने।

यसका साथै स्थानीय राजनैतिक नेतृत्वलाई पनि क्यानबेरामा नेपालीहरूको बढ्दो उपस्थिति बारे झकझक्याउने काम गरेको पनि दाबी गर्दै उनी भन्छन्, "वन पर्सेन्ट अफ क्यानबेरा इज नेपाली भन्नु उहाँहरूको लागि पनि ठुलो कुरो हो।"

नेपाली पृष्ठभूमिका बालबालिहरूका लागि एएनएफएस ले 'पाठशाला' पनि सञ्चालन गरेको छ।

Australia Nepal Friendship Society Canberra Pathshala
Kids of Nepali origin at Pathshala - ANFS led Nepali language community school in Canberra Source: Australia Nepal Friendship Society Facebook

व्यक्तिगत रूपमा कुनै चिनापर्ची नभएका क्यानबेराका नेपालीहरूले आफूसँगको जम्काभेटमा केही समय अघि गरेको मद्दतका लागि धन्यवाद दिने गरेको अनुभव सुनाउँदै उनी भन्छन्, "कहिलेकाहीँ कस्तो हुन्छ भने दुई वर्ष पछि एक जना नेपाली भेटिन्छ, अनि, आदर्श जी - तपाईँलाई थाहा छ - तपाईँको कारणले गर्दा खेरी मैले मेरो फर्स्ट जब पा'को हो नि क्यानबेरामा!"

यस्ता घटनाहरूबाट आफूले समुदायका निमित्त थप काम गर्न ऊर्जा प्राप्त गरेको पनि अनेफ्रेसोका पांडेले बताए।

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्न यहाँ थिच्नुहोस्


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now