Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा महिला र पुरुषकाबिचमा तलबको भिन्नता कति छ?

Gender pay gap

Gender pay gap Source: AAP

गत आर्थिक वर्षमा महिला र पुरुषबिचको तलबको भिन्नता २२.८% रहेको वर्कप्लेस जेन्डर इक्वलिटी एजेन्सीको रिर्पोटले देखाएको छ।


Published

Updated

By Sarah Conte, Stephanie Corsetti

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


गत आर्थिक वर्षमा महिला र पुरुषबिचको तलबको भिन्नता २२.८% रहेको वर्कप्लेस जेन्डर इक्वलिटी एजेन्सीको रिर्पोटले देखाएको छ।


तपाईँलाई लाग्ला अस्ट्रेलियामा महिला र पुरुषको अवस्था उस्तै छ, जति पुरुषहरू सक्रिय छन् यहाँका महिलाहरूको सक्रियता पनि उत्तिकै छ र काममा पनि बराबरीको तलब खान्छन्।

तर यर्थाथमा यस्तो छैन, रोजगारीमा महिला र पुरुषकाबीचको समानताको वकालत गर्ने संस्था वर्कप्लेस जेन्डर इक्वलिटी एजेन्सीको यस वर्षको पछिल्लो रिर्पोटले तलबको स्केलमा निकै ठुलो भिन्नता रहेको देखाएको छ।

यस वर्ष महिला र पुरुषबिचको तलबको भिन्नता २२.८% रहेको उक्त संस्थाको भनाई छ।

यसको मतलब पुरुषहरूले भन्दा समग्रमा महिलाहरूले २६,५९६ डलर कम कमाउने देखिन्छ।

दि ग्लोबल जेन्डर ग्याप रिपोर्ट २०२२ ले अस्ट्रेलियालाई ४३ औ स्थानमा राखेको छ।

pay gap
Source: Getty / Getty Image

अस्ट्रेलियाको अवस्था कस्तो छ?

सोमबार सार्वजनिक भएको रिर्पोटमा सन् २०२१/२२ को आर्थिक वर्षमा महिला र पुरुषबिचको आम्दानीमा २६,५९६ डलर बराबरको फरक भएको देखाएको छ।

यसबाहेक महिलाको प्रतिनिधित्व धेरै भएका स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा पनि माथिल्ला पोस्टहरूमा चाहिँ पुरुष नै हाबी भएको देखिएको छ।

महिलाहरूले एकै प्रकारको काममा तलब कम पाउने मात्र नभएर, नेतृत्वको भूमिकामा पनि कम अवसर पाउने गरेको देखिन्छ।

पूर्णकालिन रोजगारीमा नबसेर वा घरायसी कामका कारण पनि महिलाहरू नेतृत्वमा कमै देखिने गरेको बताइन्छ।

भिक्टोरियामा यसबर्ष करिब ५०,००० हजार विद्यार्थीले भिसिइ अर्थात् भिक्टोरीयन सर्टिफिकेट अफ एजुकेसन र एटारको नतिजा प्राप्त गरे।

उत्तीर्ण भएका विद्यार्थीहरुले अब आफ्नो शिक्षा र भविष्यका बारेमा योजना बनाइरहेका छन्।

उच्च शिक्षाको तैयारीमा लागेकी मिसा विल्सन विश्वविद्यायलबाट उच्च शिक्षा लिएर शिक्षिका बन्ने बताउँछिन्।

“सम्भवतः मेलर्वन विश्वविद्यालयमा कला सङ्कायमा, भाषा पढेर सायद भोलि शिक्षण पेसामा लाग्छु होला,” विल्सन भन्छिन्।

तर अस्ट्रेलियाको वर्तमान अवस्थालाई हेर्ने हो भने, पुरुष साथीको तुलनामा मिसाले कम तलबमा काम गर्नु पर्ने हुनेछ।

वर्कप्लेस जेन्डर इक्वलिटी एजेन्सीका अनुसार फुल टाइम महिला कामदारको तलब औसतमा ९०,००० छ भने पुरुषहरूको औसत तलब भने ११७,००० डलर छ।

यसको मतलब पुरुषले १ डलर कमाउँदा महिलाहरूले भने ७७ सेन्ट मात्र पाउने गर्छन्।

करिब ९ वर्ष देखि महिला र पुरुषको तलबका बारेमा रिपोर्ट सार्वजनिक गर्न सुरु गरिएको भए पनि पहिलो पटक यस वर्ष कुनै सुधार देखिएको छैन।

वर्कप्लेस जेन्डर इक्वलिटी एजेन्सीकी म्यारी वुल्ड्रीज प्रमुख व्यवस्थापकीय पदमा यसको भिन्नता अझै बढिरहेको बताउँछिन्।

“हामीलाई थाहा छ कि प्रमुख व्यवस्थापकीय पदमा पुरुषहरू नै बढी हाबी छन्, यस्ता पदहरूमा महिला र पुरुषको तलबमा झन्डै १००,००० डलरको भिन्नता छ,” उनले भनिन्।

यता शरणार्थी र आप्रवासी महिलाहरूमा यो अवस्था झनै विकराल रहेको इक्वेलिटी राइट्स अलाएन्सकी हेलेन डेली फिसरको भनाई छ।

अस्ट्रेलियाको बेरोजगारीदार ४८ वर्षकै न्यून अवस्थामा रहँदा महिला र पुरुषबिचको तलब भिन्नताको रिपोर्ट सार्वजनिक भएको हो।

तर अर्थविद् एन्जेला ज्याक्सन भने महिला र पुरुषबिचको भिन्नतामा प्रगति नभएकोमा दुख व्यक्त गर्छिन्।

“महिलाहरूले कम तलब पाउनुका केही कारणहरू छन्, एक त उनीहरूले पुरुषहरूले भन्दा घण्टाको पाउने तलब कम हुन्छ, दोस्रो उनीहरू कम काम गर्छन् तेस्रो चाहिँ उनीहरूले तलब नपाउने घर व्यवहारको कामको जिम्मा उठाउँछन्,” उनले भनिन्।

एन्जेला यसमा परिवर्तनका लागि खुलेर छलफल गरिनु पर्ने बताउँछिन्।

“लेबर सरकारले तलबको गोपनीयताका बारेमा नयाँ परिवर्तनहरू ल्याएको छ, अब खुलेर आफ्ना सहकर्मीसँग तलबका बारेमा कुरा गर्न सकिन्छ र यसका विषयमा आफ्ना म्यानजेरसँग कुरा राख्न सकिन्छ।”


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now