SKIP TO MAIN CONTENT

बोन्डाइ आक्रमणको ‘ट्रमा’: कसैलाई सहयोग चाहिएमा कहाँ सम्पर्क गर्ने?

Mass Shooting At Sydney's Bondi Beach
SYDNEY, AUSTRALIA - DECEMBER 14: Members of the public look at the scene at Bondi Beach after a mass shooting on December 14, 2025 in Sydney, Australia. Credit: George Chan/Getty Images

बोन्डाइ बीचमा यो आइतबार भएको घातक आक्रमण पछि सिड्नीमा थप मानसिक स्वास्थ्य सहयोग सेवाहरू सुरु गरिएका छन्। घटनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष, जुनसुकै किसिमले प्रभावित भएका मानिसहरूलाई सहयोग गर्न बोन्डाइ र कुजीमा प्रशिक्षण प्राप्त मानसिक स्वास्थ्य चिकित्सकहरू उपलब्ध रहेको न्यु साउथ वेल्सले जनाएको हो। ती चिकित्सकहरू बिहान आठ बजेदेखि राति आठ बजेसम्म त्यहाँ सजिलै देख्न र चिन्न सकिने गरी, न्यु साउथ वेल्स हेल्थका ‘हाई-भिज’ लगाएर तैनाथ हुने बताइएको छ। एक रिपोर्ट।

Published

By Haylena Krishnamoorthy

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

बोन्डाइ बीचमा यो आइतबार भएको घातक आक्रमण पछि सिड्नीमा थप मानसिक स्वास्थ्य सहयोग सेवाहरू सुरु गरिएका छन्। घटनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष, जुनसुकै किसिमले प्रभावित भएका मानिसहरूलाई सहयोग गर्न बोन्डाइ र कुजीमा प्रशिक्षण प्राप्त मानसिक स्वास्थ्य चिकित्सकहरू उपलब्ध रहेको न्यु साउथ वेल्सले जनाएको हो। ती चिकित्सकहरू बिहान आठ बजेदेखि राति आठ बजेसम्म त्यहाँ सजिलै देख्न र चिन्न सकिने गरी, न्यु साउथ वेल्स हेल्थका ‘हाई-भिज’ लगाएर तैनाथ हुने बताइएको छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा सहायताका लागि यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।

इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now