कलाकार तथा लेखक ब्रजेश खनाल कुमार नगरकोटीद्वारा लिखित 'बाथटब' नाटक मार्फत धेरैपछि अभिनयमा फर्किएका छन्। रङ्गमञ्चमा उनको यो पहिलो अभिनय पनि हो। पछिल्ला समयमा जुनेली, यायावर र साइड हिरो जस्ता पुस्तक प्रकाशन गरेका खनाल 'बाथटब'मा कलाकार हरिरह शर्माले खेल्ने भनिएको भूमिकामा एकाएक उत्रिएका हुन्। यही सन्दर्भमा उनको नयाँ विधामा प्रवेश, त्यसको अनुभव र आगामी योजना बारे खनालले नेपाल संवाददाता प्रतिक्षा दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





