Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

गीतमार्फत बालबालिका र देशबीचको सम्बन्ध बलियो बनाउँदै

Samantha Jackson and her child, Benjamin, singing their lullaby.

Samantha Jackson and her child, Benjamin, singing their lullaby. Source: SBS/Peta Doherty

द ललबाई प्रोजेक्ट (The Lullaby Project), एक अन्तराष्ट्रिय रूपमा सञ्चालित कार्यक्रम हो जसले गर्भवती महिला तथा नयाँ अभिभावकहरूलाई सङ्गीतकारहरूको मद्दतमा आफ्ना बच्चाहरूको लागि लोरी तयार गर्न सहयोग गर्दछ। ललबाई प्रोजेक्ट अस्ट्रेलियाले एडिलेड हिल्ज्समा विशेष कार्यक्रम आयोजना गरेको छ, जस अन्तर्गत फर्स्ट नेशनका अभिभावकहरूलाई देश र समुदायसँग नजिकिने किसिमका गीतहरू बनाउन सिकाइँदै छ।


Published

Updated

By Peta Doherty

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


द ललबाई प्रोजेक्ट (The Lullaby Project), एक अन्तराष्ट्रिय रूपमा सञ्चालित कार्यक्रम हो जसले गर्भवती महिला तथा नयाँ अभिभावकहरूलाई सङ्गीतकारहरूको मद्दतमा आफ्ना बच्चाहरूको लागि लोरी तयार गर्न सहयोग गर्दछ। ललबाई प्रोजेक्ट अस्ट्रेलियाले एडिलेड हिल्ज्समा विशेष कार्यक्रम आयोजना गरेको छ, जस अन्तर्गत फर्स्ट नेशनका अभिभावकहरूलाई देश र समुदायसँग नजिकिने किसिमका गीतहरू बनाउन सिकाइँदै छ।


विराडजुरीका एक बालक, बेन्जामिनलाई उनको आदिवासी पृष्ठभूमिसँग नजिक बनाउन एक व्यक्तिगत लोरी - अर्थात् बच्चा सुताउन गाइने गीत - तयार पारिएको छ।

यो विशेष गीत गाउन मञ्चमा उनकी आमा समान्था ज्याक्सन र दुई जना दिदीहरूसँगै सङ्गीत कारहरू पनि उपस्थित थिए।

“हामीले लोरीमा उसको हजुरआमाको नाम पनि समावेश गरेका छौँ, किनभने ऊ त्यहीँबाट आएको हो,” ज्याक्सनले भनिन्।

ऊ आफ्नो संस्कृतिसँग जोडियोस्, र लज्जित नहोस् भन्ने म चाहन्छु।

एडिलेड हिल्ज्सको माउन्ट बेकरमा आयोजना गरिएका विभिन्न कार्यशालामा ज्याक्सन लगायत अन्य अभिभावकहरूले पेशेवर सङ्गीत कारहरूको सहयोगमा आफ्ना बच्चाहरूको लागि व्यक्तिगत लोरीहरू तयार पारेका छन्।

ती मध्य अर्की महिला हुन्, डेय स्टीयर, जो आदिवासी नरङ्गा पृष्ठभूमिकी हुन्।

"यो मेरो लागि ठूलो उपलब्धि थियो किनभने म सामान्यतया लेख्दिन, तर हामीले आफैँ एउटा गीत बनायौँ,” उनले भनिन्।

Daeya Possingham, far right and other carers or parents of First Nation children sing a lullaby the group created with the support of musicians.
Daeya Possingham, far right and other carers or parents of First Nation children sing a lullaby the group created with the support of musicians. Source: Lullaby Project Australia

ललबाइ प्रोजेक्ट अस्ट्रेलियाले द विलोज चिल्ड्रेन्स सेन्टरसँगको सहकार्यमा टन टन पोलार नामक कार्यक्रम आयोजना गरेको छ। आदिवासी गारिनजेरी भाषामा सुत्नुलाई टन टन पोलार भनिन्छ।

ललबाइ प्रोजेक्टको सुरुवात भने दस वर्ष अघि न्यु योर्कको कार्नेजी हलमा भएको थियो। यसले परिवारहरूलाई आफ्ना बाल बालिकाका लागि सङ्गीत कार हरूको मद्दत लिँदै व्यक्तिगत लोरीहरू बनाउन सहयोग गर्दछ।

अस्ट्रेलियामा भने यसको सुरुवात एमिली ग्यानले कार्नेजी हलसँग सहकार्य गरे पछि सन् २०१९ मा भएको थियो। टन टन पोलार पाइलट कार्यक्रमले धेरै सहभागीहरूलाई उत्प्रेरित गरेको ग्यान बताउँछिन्।

यसबारे हामीले तयार पारेको विस्तृत रिपोर्ट सुन्नुहोस्: गीतमार्फत बालबालिका र देशबीचको सम्बन्ध बलियो बनाउँदै हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

त्यस्तै, यस कार्यक्रमको अन्तर्गत सहभागीहरूले आफ्नो समुदायको लागि एक सामूहिक लोरी पनि तयार पारेका छन्।

कार्यक्रमकी आदिवासी सांस्कृतिक परामर्शदाता लोरेल हन्टर भन्छिन्, यसले बालबालिका हेरचाह गर्ने मानिसहरूलाई उनीहरूको आदिवासी पृष्ठभूमिको बच्चासँगको सम्बन्धलाई बलियो बनाएको छ।

त्यस्तै, यसले मेगन जोन्सजस्ता गैर आदिवासी अभिभावकहरूलाई आफ्नो बच्चाको सांस्कृतिक सम्पदासँग जोड्न मद्दत गरेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now