Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

रक्तदानमा सहभागी हुन रेडक्रसको अपिल

A man donates blood

The Red Cross Blood Service is urging those with O-Negative and O-Positive blood types to donate. (AAP) Source: AAP

रेडक्रसले जनवरी तिन तारिख अगाडी करिब ३,२०० दाताहरूलाई रक्तदान गर्नका लागि अनुरोध गरिरहेको छ।


Published

Updated

By Peggy Giakoumelos

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


रेडक्रसले जनवरी तिन तारिख अगाडी करिब ३,२०० दाताहरूलाई रक्तदान गर्नका लागि अनुरोध गरिरहेको छ।


त्यसै पनि चाडपर्वको मौसमले रक्तदानका लागि चुनौती खडा गरिदिन्छ, मानिसहरू परिवारीक भेटघाट र घुमघाममा व्यस्त हुन्छन्।

तर यसपालि कोभिड-१९ का कारण पनि मानिसहरू रक्तदानका लागि त्यति इच्छुक देखिएनन्।

कतिपय राज्यले प्रवेशका लागि पिसिआर जाँच अनिवार्य गरेको र सङ्क्रमित निकट आएका मानिसहरूको सङ्ख्या पनि बढे पछि कोभिड-१९ जाँचको रिर्पोटका लागि मानिसहरूलाई लामो पर्खनु पर्ने अवस्था छ।

रेडक्रस लाईफब्लड सेन्टर नेटवर्ककी प्रमुख क्याथ स्टोन भन्छिन् कि बिदाको समय र नयाँ भेरीएन्ट ओमिक्रनको आगमन सँगै जाँच र क्वारेनटिन बस्नु पर्ने नियमहरूका कारण धेरै मानिसले रक्तदान गर्नका लागि मिलाएको समयमा प्रतिबद्धता पुरा गर्न सकेनन् र रद्द गर्न पुगे।

“बिदाको समय भएका कारण डोनरहरू पारिवारिक भेटघाट र अन्य क्रियाकलापमा व्यस्त छन्, त्यसैले अरू मानिसहरूलाई अगाडी आएर बिचार गर्नका लागि आह्वान गरिरहेका छौ,” उनले भनिन्।

یک فرد اهدا کننده خون
یک فرد اهدا کننده خون Source: Supplied/Lifeblood

रक्तदानका लागि बुकीङ्ग गरेका आधा जति मानिसहरू आएनन् यसको अर्थ उनीहरूको स्थान लिनका लागि दाताहरूको आवश्यक छ।

रेडक्रसले जनवरी तिन तारिख अगाडी करिब ३,२०० दाताहरूलाई रक्तदान गर्नका लागि अनुरोध गरिरहेको छ।

जसमा ओ (O ) र ए (A ) रगत समूहको माग उच्च छ।

अस्पताल भर्ना भएका ९० प्रतिशत मानिस यी रक्त समूहका हुने भएकाले पनि प्रत्येक हप्ता यसको माग उच्च रहन्छ।

पूरा रिपोर्ट यहाँ सुन्नुहोस्:

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

स्टोन भन्छिन् कि विभिन्न कारणका लागि रगतको माग उच्च छ, र कोही रक्तदानका लागि इच्छुक छ भने आफू योग्य रहे/नरहेका बारेमा सेन्टरमा सम्पर्क गरेर जान्न सकिन्छ।

“अस्ट्रेलियामा प्रत्येक १८ सेकेन्डको अन्तरालमा रक्तदाताको आवश्यकता पर्छ, तिन जना मध्ये एकलाई जीवनकालमा कुनै न कुनै बेला रगतको आवश्यकता पर्छ,” उनले भनिन्।

क्वीन्सल्याण्ड र न्यु साउथ वेल्समा सबैभन्दा बढी रक्तदाताहरुको आबश्यकता पर्दछ, प्रत्येक राज्यलाई थप एक हजार रक्तदाताहरु आबश्यक पर्दछ।

भिक्टोरिया,टास्मेनिया र साउथ अस्ट्रेलियाको रक्त सम्बन्धी सेवा हेर्ने हेलेन वाल्स भन्छिन् निरन्तरको आपूर्ति निकै आवश्यक छ।

More than half of blood donation appointments are being missed, leaving a gaping demand during the holiday period.
More than half of blood donation appointments are being missed, leaving a gaping demand for blood during the holiday period. Source: Supplied/Lifeblood

वाल्स भन्छिन् कि सामान्य रक्त समूह भएका मानिसहरूलाई पनि रक्तदान गर्नका लागि प्रोत्साहन गरीदैछ।

उनका अनुसार वर्तमान समयमा आदिवासी पोलीनेसियन मूलका मानिसहरूलाई रक्तदाताहरुको विशेष आबश्यकता छ।

“हामी अस्ट्रेलियाको रक्त आपूर्तिले जनसङ्ख्यालाई प्रतिबिम्बित गर्ने कुरा सुनिश्चित गर्न चाहन्छौ, यहाँ वास्तवमा ३०० भन्दा बढी रक्त प्रकार छन् जुन हामीलाई प्राय चाहिन्छ,” उनले भनिन्।

विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्ष रक्तदानको विषयमा अभियान चलाउने गरेको छ।

रगतको अभाव विकासोन्मुख देशहरूमा तीव्र रूपमा बढेको छ।

विश्व स्वास्थ्य सङ्गठन भन्छ कि करिब ४२ प्रतिशत रगत उच्च आय भएका देशहरूमा सङ्कलन हुन्छ, विश्वको जनसङ्ख्याको अनुपात हेर्ने हो भने त्यहाँ केवल १६ प्रतिशत मात्रै जनसङ्ख्याको बसोबास रहेको छ।

सन् २०२१, रक्त आपूर्ति सुनिश्चित गर्न युवाहरूले खेल्न सक्ने भूमिकामा केन्द्रित रहेको थियो।

र यहाँ बगलादेशका राज जस्ता युवाहरू पनि छन् जसले १८ वर्षको उमेर देखि नै रक्तदानमा सहभागी भएका छन्।

उनले विश्व स्वास्थ्य सङ्गठनलाई भनेका छन् कि बङ्गलादेशको बगुरा अस्पतालमा उनी निरन्तर रक्तदान गरिरहेका छन्।

“म युवा अवस्थामा रहँदा र मेरो स्वास्थ्य अवस्था पनि राम्रो रहँदा, म अहिले प्रत्येक तिन महिनामा एक पटक रक्तदान गरिरहेको छु, साथै म स्वास्थ्य रहुन्जेल रक्तदान गर्ने सोचमा छु, त्यसैले रक्तदानमा सहभागी भई जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्न म सबैलाई अनुरोध गर्छु,” उनले भने।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now