Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

निर्वाचन अभियानमा सामाजिक सञ्जाल 'वीच्याट"लाई लिएर चिन्ता व्यक्त

A woman holds a photo with the WeChat logo

A person holds a phone with the WeChat logo Source: Getty images

चिनियाँ मतदाताहरूको भोट पाउन यस पालि पनि चिनिया सामाजिक सञ्जाल एप 'वीच्याट' (WeChat) एक प्रमुख मैदान बन्ने सम्भावना छ। आखिर वीच्याट के हो, यसले लोकतान्त्रिक चुनावलाई कसरी असर गर्न सक्छ, र यसलाई पूर्ण रूपमा हटाउने माग किन आइरहेका छन् ?


Published

Updated

By Lin Elvin

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


चिनियाँ मतदाताहरूको भोट पाउन यस पालि पनि चिनिया सामाजिक सञ्जाल एप 'वीच्याट' (WeChat) एक प्रमुख मैदान बन्ने सम्भावना छ। आखिर वीच्याट के हो, यसले लोकतान्त्रिक चुनावलाई कसरी असर गर्न सक्छ, र यसलाई पूर्ण रूपमा हटाउने माग किन आइरहेका छन् ?


वीच्याट नामक सामाजिक सञ्जाल एप विश्वभर करोडौँ मानिसहरूले प्रयोग गर्दै आएका छन्। 

यसलाई धेरै जसो चीनका बासिन्दाहरूले प्रयोग गरे तापनि, संसारभरको चिनियाँ समुदायमा यो चर्चित छ।  

अस्ट्रेलियामा चाहिँ यसको प्रयोग कस्तो हिसाबले भइरहेको छ त? 

आठ वर्ष अघि चीनबाट मेलबर्न आएकी फ्यान यंगले यस विषयमा अनुसन्धान गर्दै छिन्। उनको अनुसार  वीच्याट मार्फत पैसा तिर्न, कुराकानी, प्रकाशन आदि विभिन्न कार्यहरू गर्न मिल्छ।

यंगको भनाइ सहितको पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: निर्वाचन अभियानमा सामाजिक सञ्जाल 'वीच्याट"लाई लिएर चिन्ता व्यक्त हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यो एप यहाँ राजनीतिज्ञहरू मध्य पनि निकै चर्चित छ किनभने अस्ट्रेलियामा रहने १२ लाख भन्दा बढी चिनियाँ अस्ट्रेलियालीहरूसँग संलग्न हुने यो सजिलो तरिका हो।  

यो भन्दा अगाडीको चुनावमा उम्मेदवारहरूले आ-आफ्नो औपचारिक वीच्याट अकाउन्ट बनाएर भिडियो र प्रत्यक्ष कार्यक्रमहरू गरेका थिए।  

तर त्यस पछि गलत र झुटा जानकारीहरू निकै छिटो फैलिए। लेबर दलले सबै शरणार्थीहरूलाई स्थायी बसोबासको अनुमति दिने जस्ता कुराहरूको हल्ला चल्न थाल्यो।  

अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटकी विश्लेषक दारिया इम्पियमबाटो बताउँछन् कि, गलत सूचनाहरू फैलने प्रमुख ठाउँहरू, जस्तै फेसबुक र युट्युबले, यस बाट विज्ञापन राजस्व पाउँछन्। 

यस्ता नक्कली समाचारहरू कति मात्रा फैलिएका छ र यिनको श्रोत पत्ता लगाउन गाह्रो छ।   

यस एपमा केही प्रयोगकर्ताहरूलाई सेन्सर गरिएको, अर्थात् एप प्रयोग गर्नबाट वञ्चित गरिएको भनेर पनि आलोचना भइरहेको छ।

Incoming Minister for Health Anne Ruston and Prime Minister Scott Morrison
Incoming Minister for Health Anne Ruston and Prime Minister Scott Morrison at Westmead Children’s Hospital on Day 7 of the 2022 federal election campaign. Source: AAP / MICK TSIKAS/AAPIMAGE

वीच्याटका अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरू सबै सामाग्री निजी रहेको एपको मूल कम्पनी टेनसेन्टले बताउँदै आएको छ। 

तर सिटिजेन ल्याब नामक एक क्यानडाली एनालिटिक्स कम्पनीले गरेको अनुसन्धानबाट पत्ता लागेको छ कि, चीन बाहिर रहेका प्रयोगकर्ताहरू माथि पनि चीनको राजनीतिक निगरानी रहेको छ।  

यसको सिकार प्रधानमन्त्री स्कट मोरिसन पनि बनेका छन्। गत वर्ष उनको औपचारिक अकाउन्ट गुमे पछि अहिले उनले "Australian-Chinese New Life" नाम रहेको नयाँ अकाउन्ट प्रयोग गर्दै आएका छन्।  

विज्ञहरूको भने यस विषयमा अर्कै भनाइ छ। वीच्याट अन्तर्गत एउटै प्रणालीमा दुई वटा एपहरू हुन्छन् - चीनमा मानिसहरूको लागि वेइशिन (Weixin), र चीन बाहिरका लागि वीच्याट।   

स्कट मोरिसनको औपचारिक अकाउन्ट वेइशिनमा मात्र थियो, जसको मद्दतले उनले आफ्ना फलोवरहरू लाई जति पनि सन्देश अर्थात् अलर्ट पठाउन मिल्थ्यो।

टेनसेन्टले एसबीएस न्युजलाई एक विज्ञप्ति मार्फत बताएको छ कि यस प्ल्याटफर्मले: “चुनाव सम्बन्धी सशुल्क विज्ञापन सहित सबै प्रचारात्मक राजनीतिक सामाग्रीलाई निषेध गर्दछ र ... झूटा समाचार र गलत जानकारीको प्रचारलाई न्यूनीकरण गर्न प्रतिबद्ध छ"। 

तर एपमा हेर्दा भने, चुनाव अभियानका सामग्रीको प्रचार भइरहेको देख्न सकिन्छ। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now