आफ्नो बजेट अनुसारको घर बजारमा नभेट्दा पहिलो घर किन्ने सपना बोकेकाहरू निराश हुने स्थितिमा अपार्टमेन्ट किन्ने विकल्पका बारेमा सोच्दा उचित हुने आर्थिक सल्लाहकार विश्वास भट्टराईको भनाइ छ। हाल अस्ट्रेलियाका प्रमुख सहरहरूमा माग अनुसार घरहरूको आपूर्ति नभएको सन्दर्भमा घर नै किन्ने भन्दा पनि अपार्टमेन्ट किनेर अवस्था सुध्रिए पछि त्यसलाई अपग्रेड गर्न सकिने मासिक आर्थिक कुराकानीका क्रममा भट्टराईले बताएका छन्।
यस अङ्कमा समावेश गरिएका विषय:
- रिजर्भ ब्याङ्कले ब्याजदर घटाउने सम्भावना कस्तो छ?
- मोर्गेज तिर्न गाह्रो भएर आफ्नो प्रपर्टी नै बेच्नु पर्ने अवस्था आउला?
- पहिलो घर किन्ने सोचेकाहरूले भनेजस्तो घर नपाए अपार्टमेन्ट किन्ने सोच्दा कुनै घाटा छ?
- हाल उपलब्धताको हिसाबले अस्ट्रेलियाका कुन सहरहरू घर जग्गा बजारमा अगाडी देखिन्छन्?नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।
Share




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)