मङ्गलवार, १० सेप्टेम्बरमा विश्व आत्महत्या रोकथाम दिवस रहेको थियो। 'आत्महत्या प्रतिको दृष्टिकोण परिवर्तन गर्ने' यो वर्षको नारा तथा नेपाली लगायत अन्य आप्रवासी समुदायमा पारिवारिक र सांस्कृतिक सम्बन्धले मानसिक स्वास्थ्यमा खेल्ने भूमिकाबारे मेलबर्नका मनोचिकित्सक डाक्टर अनुपम पोखरेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोस्।
तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:
- लाइफलाइन: १३ ११ १४
- बियन्ड ब्लु: १३०० २२ ४६३६
- सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
- पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्था ००० मा फोन गर्नुहोस्।
मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।
इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





