मेलबर्नमा शुक्रवार, दुई फेब्रुअरीमा अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क (एएनपीएल)को आयोजनामा आत्महत्या रोकथाम सम्बन्धी एक छलफल कार्यक्रम भएको थियो। ब्रन्स्विक इस्टस्थित साइप्रस कम्युनिटी हलमा भएको उक्त कार्यक्रममा नेपाली समुदायका अगुवाहरूदेखि, नेपालबाट हालसालै आएका विद्यार्थी र सामुदायिक कार्यमा सक्रिय व्यक्तिहरूको सहभागिता थियो। उक्त 'फोकस ग्रुप डिस्कसन' एएनपीएल र वेस्टर्न सिड्नी युनिभर्सिटीले केही समय देखि जारी राखेको अस्ट्रेलियाको नेपाली समुदायको मानसिक स्वास्थ्य अवस्थाको अनुसन्धान प्रक्रियाको एक भाग हो। सोही सामूहिक छलफलका आयोजक, सहभागी, र नेपाली समुदायका सदस्यहरूसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





