SKIP TO MAIN CONTENT

नेपाली सेना प्रमुख अस्ट्रेलियाको भ्रमणमा

Prabhu Ram Sharma, Chief of Nepal Army
Source: RSS

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माले अस्ट्रेलियाको भ्रमण गर्ने भएका छन्। जुन २५ देखि २७ सम्म हुने एक सम्मेलनमा भाग लिनका लागि शर्मा शनिवार नेपालबाट अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन्। यो लगायत पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Skip to podcast episode content

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माले अस्ट्रेलियाको भ्रमण गर्ने भएका छन्। जुन २५ देखि २७ सम्म हुने एक सम्मेलनमा भाग लिनका लागि शर्मा शनिवार नेपालबाट अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन्। यो लगायत पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।


नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा अस्ट्रेलिया जान लागेता पनि उनको यो भ्रमण अस्ट्रेलियाली सेनासँग भने प्रत्यक्ष रूपमा सम्बन्धित छैन।

नेपाल र अस्ट्रेलियाको सेनाको प्रत्यक्ष सम्बन्ध नभएता पनि राम्रो सम्बन्ध रहेको सेनाका अवकाशप्राप्त उपरथी बिनोज बस्न्यातले बताएका छन्। 

 

अस्ट्रेलियाको सिड्नीमा आयोजना हुन लागेको चीफ अफ डिफेन्स अर्थात् सेना प्रमुखहरूको सम्मेलनमा शर्माले भाग लिन लागेका हुन्।

 

यस सम्मेलनका बारेमा थप विवरण दिँदै नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले नेपालले ०५६ साल देखि यस सम्मेलनमा भाग लिएको बताएका छन्। 

 

गत वर्ष कोभिडको कारणले यो सम्मेलन भर्चुअल रूपमा मात्र हुन सकेको थियो भने यो वर्ष भौतिक रूपमा अस्ट्रेलियामा हुन गइरहेको छ।

 

अमेरिकी सेनाको हिन्द प्रशान्त सेनाले सह आयोजना गर्ने यो सम्मेलनमा यसमा हिन्द प्रशान्त क्षेत्रमा रहेका देशहरू क्यानडा, फ्रान्स, भारत, इन्डोनेसिया, जापान, माल्दिभ्स, मङ्गोलिया, न्यु जिल्यान्ड, कोरिया, सिङ्गापुर, श्रीलङ्का, बेलायत, अमेरिका, भियतनाम जस्ता देशका सेना प्रमुख सहभागी हुने गर्दछन्।

पुरा रिपोर्ट सुन्नुहोस्:नेपाली सेना प्रमुख अस्ट्रेलियाको भ्रमणमा हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यसमा नेपालले विभिन्न देशका सेनासँग सैन्य मामिलामा विचार विमर्श गर्ने सिलवालले बताएका छन्।

 

नेपालले हरेक पटक यो सम्मेलनमा आफू संलग्न हुने मानवीय सहायताका मुद्दामा विशेष रूपमा केन्द्रित रहेर सहभागिता जनाउने गर्दछ भने यस पटक यो सम्मेलन जलवायु परिवर्तनले निम्त्याउने प्रकोपहरूमा सेनाको भूमिकामा केन्द्रित रहेको बस्न्यातले बताएका छन्। 

 

यो सम्मेलनले जलवायु परिवर्तनबाट हुन यस्ता प्राकृतिक प्रकोपले नेपालको वा यो क्षेत्रका अरू देशको सुरक्षामा असर परेमा त्यसलाई कसरी सामना गर्ने भन्ने बारेमा छलफल हुने बस्न्यातले बताएका छन्।

 

यो सम्मेलनले नेपाली सेनालाई थुप्रै किसिमका मौका दिने पनि बस्न्यातको भनाई छ। 

 

र नेपाली सेनाले पनि आफ्नो कामकारबाहीमा यस सम्मेलनबाट लाभान्वित हुने अपेक्षा गरेको प्रवक्ता सिलवालले बताएका छन्। 


यस हप्ताका प्रमुख समाचारमा

  • नेपालमा कोरोनाको सङ्क्रमण लगातार बढिरहेको सरकारी तथ्याङ्कले देखाएको छ। दैनिक ३०० जना भन्दा बढी मानिस सङ्क्रमित भइरहेका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै तीन हजार पुगेको छ। साढे दुई महिनापछि पहिलो पटक नेपालमा कोरोनाका सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ। सरकारले सबै अस्पतालहरूलाई कोरोनाको सम्भावित चौथो लहरको सामना गर्नका लागि तयारी अवस्थामा बस्न भनेको छ। 
  • नेपाली पर्वतारोही सानु शेर्पा ८००० मिटर भन्दा अग्ला संसारका सबै शिखर दुई पटक आरोहण गर्ने पहिलो मानिस बनेका छन्। ८००० मिटर माथिका १४ शिखर मध्ये ८ वटा नेपालमा रहेका छन्, र शेर्पाले सत्र वर्ष लगाएर यो विश्व कीर्तिमान कायम गरेका हुन्।  
  • र नेपाली सेनाका प्रमुख प्रभुराम शर्माले अस्ट्रेलियाको भ्रमण गर्ने भएका छन्। भर्खरै अमेरिका लगायतका मुलुकको भ्रमण गरेर फर्केका शर्मा जुन २५ देखि २७ सम्म हुने एउटा सम्मेलनमा भाग लिनका लागि शनिवार अस्ट्रेलियातर्फ प्रस्थान गरेका छन्। 

         

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now