Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

“राजनीतिक ठगीकरण र दण्डहीनताले नेपालमा लोकतन्त्र कमजोर भयो”: हरि शर्मा

Hari Sharma

भ्रष्टाचारका विभिन्न आरोप लागेपछि यसै हप्ता नेपालका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। तर उनले आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै विपक्षीले प्रतिशोध लिनका लागि आफूलाई राजीनामा दिन बाध्य बनाएको बताउन थालेका छन्। यसै सन्दर्भमा राजनीतिशास्त्री हरि शर्मासँग नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।


Published

By Sewa Bhattarai

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


भ्रष्टाचारका विभिन्न आरोप लागेपछि यसै हप्ता नेपालका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। तर उनले आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै विपक्षीले प्रतिशोध लिनका लागि आफूलाई राजीनामा दिन बाध्य बनाएको बताउन थालेका छन्। यसै सन्दर्भमा राजनीतिशास्त्री हरि शर्मासँग नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।


आफ्नो कार्यकालको सुरुवात देखि नै विभिन्न विवादमा मुछिँदै आएका शर्मामाथि पछिल्लो पटक देशको बजेट बनाउने समयमा अनधिकृत मानिसलाई प्रवेश गराएर केही व्यापारिक निकायहरूलाई फाइदा हुने गरी बजेट बनाएको, र मन्त्रालयमा को गएको थियो भनेर हेर्नुपर्ने आवाज चारैतिरबाट उठेपछि मन्त्रालयको सिसिटिभी फुटेज मेटेको आरोप लागेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्ने आवाज उठिरहँदा उनले केही नगरेकोमा प्रधानमन्त्री पनि आलोचित बनेका छन्।

यस मुद्दाका बारेमा संसद्मा ११ सदस्यीय छानबिन समिति बनेपछि समितिलाई सहयोग गर्ने भन्दै शर्माले राजीनामा दिएका हुन्।

तर उनले आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै विपक्षीले प्रतिशोध लिनका लागि आफूलाई राजीनामा दिन बाध्य बनाएको बताउन थालेका छन्।

एसबीएस नेपालीसँगको कुराकानीमा हरि शर्माले यी भ्रष्टाचारका आरोप भन्दा पनि अर्थमन्त्रीले पदीय आचरण काम नगरेको कुरा अझ समस्याप्रद रहेको बताएका छन्।

माओवादी पार्टीका जनार्दन शर्मा र नेपाली काँग्रेसका प्रधानमन्त्री देउवाको साझेदारीलाई विपरीत सिद्धान्तहरूको मिलन भन्दै धेरैले आलोचना गरिरहेको बेलामा, लोकतन्त्रमा यस्ता साझेदारी र लेनदेन सामान्य रहेको डा शर्मा बताउँछन्।

बरु त्यो भन्दा, स्थापित मान्यता अनुसार पारदर्शी रूपमा सरकार चलाउने जिम्मा पाएका मानिसले व्यक्तिगत स्वार्थका आधारमा काम गर्नुलाई उनले समस्याप्रद मानेका छन् । 

यस्तो जबाफदेहिताको कमी र दण्डहीनताले अन्ततः लोकतन्त्रलाई कमजोर बनाउने डा हरि शर्माको भनाई छ।

शर्मासँगको कुराकानी यहाँ सुन्नुहोस्: “राजनीतिक ठगीकरण र दण्डहीनताले नेपालमा लोकतन्त्र कमजोर भयो”: हरि शर्मा हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now