Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालमा ‘गौरव महिना’: लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई चिन्ने र चिनाउने अवसर

Sarita KC

SBS Nepali spoke to Sarita KC Source: Sewa Bhattarai

विश्वभर झैँ नेपालमा पनि जुन महिनामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मानिसहरूले गौरव महिना मनाउन थालेका छन्। यसै सन्दर्भमा नेपाल सम्वाददाता सेवा भट्टराईले मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीसँग गरेको कुराकानी।

Published

Updated

By Sewa Bhattarai

Source: SBS

Share this with family and friends

विश्वभर झैँ नेपालमा पनि जुन महिनामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मानिसहरूले गौरव महिना मनाउन थालेका छन्। यसै सन्दर्भमा नेपाल सम्वाददाता सेवा भट्टराईले मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीसँग गरेको कुराकानी।

विगत चार वर्षदेखि यो महिनामा एलजीबीटीक्युआई प्लस अर्थात् समलिंगी महिला, समलिंगी पुरूष, पारलैङ्गिक मानिसहरू, गौरव कार्यक्रम आयोजना गरेको संस्था मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसी भन्छिन् कि अझै पनि नेपालको कानुन र समाज द्वयसांख्यिक अवधारणा मै आधारित रहेको छ। 

अन्तर्लिङ्गी मानिसहरू, क्वीयर मानिसहरू, अयौनिक मानिसहरू र आफ्नो लैङ्गिक तथा यौनिक पहिचान खोजिरहेका मानिसहरूले परेड लगायत विभिन्न कार्यक्रम गर्दै आएका छन्।

मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीसँगको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक महिलाहरूमा केन्द्रित संस्था मितिनी नेपालले आयोजना गरेको गौरव कार्यक्रममा सङ्गीत, नृत्य, हास्यव्यङ्ग्य, फेशन शोका साथै ड्रयाग शो पनि भएका थिए।  

संस्थाकी कार्यकारी निर्देशक सरिता केसी भन्छिन् कि दक्षिण एसियामा नेपाल लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मानिसहरूका लागि धेरै खुला मानिए तापनि अझै पनि नेपालको कानुन र समाज द्वयसांख्यिक अवधारणा मै आधारित रहेको छ। 

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मानिसहरू पहिले भन्दा धेरै खुलेर आउन थालेता पनि अझै पनि नेपालले ती समुदायलाई पहिचान सहितको नागरिकताको हक, विवाहको हक, र सामाजिक सुरक्षाको हक दिनुपर्ने बाँकी रहेको केसीले बताइन्। 

मितिनी नेपालले आयोजना गरेको गौरव कार्यक्रमका झलकहरू

The LGBTQI+ community in Nepal has celebrated Pride Month 2022.
Source: SEWA BHATTARAI

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now