Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियामा बसोबास: तपाईँका सन्तानका लागि कुन विद्यालय ठिक?

Children

आफ्ना सन्तानको शिक्षा-दीक्षाका लागि कुन विद्यालय छान्ने भन्ने कुराले अभिभावकलाई तनाव दिने गर्दछ।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


आफ्ना सन्तानको शिक्षा-दीक्षाका लागि कुन विद्यालय छान्ने भन्ने कुराले अभिभावकलाई तनाव दिने गर्दछ।


माध्यमिक विद्यालय छान्नु विद्यार्थी र अभिभावक दुबै लागि गाह्रो कुरा हो।

तर, आफ्ना सन्तानको परिस्थिति अनुकूल विद्यालय छान्दै गर्दा केही मुख्य कुरालाई भने ध्यान दिनै पर्छ।

यस्तो बेला अभिभावकहरूका साथै विद्यार्थीहरूका लागि पनि तनावयुक्त हुन सक्ने केही जानकारहरू बताउँछन्।

रेजिङ्ग चिल्ड्रेन नेटवर्ककी डेरेक म्याकरम्याक भन्छन् कि अभिभावकहरुले धेरै कुराहरू विचार गर्नु पर्ने भएकाले परिस्थिति तनावपूर्ण बन्ने गर्छ।

“उदाहरणका लागि बालबालिकाका व्यवहारिक आवश्यकता, उनीहरूका व्यक्तिगत मूल्य र प्राथमिकताका वरिपरि शैक्षिक उपलब्धिका आशाहरू कसरी परिपूर्ति हुन्छन् भन्ने कुरा आउन सक्छ,” म्याकरम्याकले भने।

यस्तो अवस्थामा अभिभावकहरुले धेरै किसिमका जानकारीहरू लिइरहेको हुने गुड एजुकेसनका महाप्रबन्धक एवम् गुड स्कुल गाइड नामक विद्यालय छनौट सहज पार्नका लागि स्थापना गरिएको वेबसाइटका प्रकाशक, रोज ह्वाईट बताउँछन्।

गुड स्कुल गाइड वेबसाइटले अस्ट्रेलियाका विभिन्न विद्यालयहरूका बारेमा जानकारी मुलुक सामाग्रीहरू राखेको छ, जसका कारण अभिभावकहरूलाई विद्यालय छनौट गर्न सहज हुन्छ।

Students take part in an outdoor class
Students take part in an outdoor class Source: Getty Images/Daniel Pockett

विद्यालय छान्दा विचार पुर्‍याउनु पर्ने कुराहरू

अस्ट्रेलियामा सरकारी, क्याथलिक र निजी गरि माध्यमिक विद्यालयहरुलाई सामान्यतया तीन भागमा विभाजन गर्न सकिन्छ।

आफ्ना सन्तानको भविष्यका बारेमा सोचिरहेका अभिभावकहरुले विद्यालय छान्दा चार कुरामा ध्यान दिने रोज ह्वाईटको भनाई छ।

"खर्च, स्थान, विद्यालयको शैक्षिक गुणस्तर र आफ्ना लागि 'फिट' छ कि छैन भन्ने हो,” ह्वाईट भन्छन्।

'फिट' भन्नुको अर्थ चाहिँ आफ्ना मूल्य र मान्यतासँग विद्यालयको संस्कृति मेल खान्छ कि खाँदैन भनेर विचार गर्नु हो, र यो विषय विद्यालय छनौट गर्ने बेलामा निकै महत्त्वपूर्ण हुने म्याकरम्याक बताउँछन्।

“उदाहरणका लागि शैक्षिक उपलब्धिमा जोड, पोसाक सम्बन्धी नीति, खेलकुद वा सप्ताहान्तमा हुने गतिविधि वा विद्यालयमा रहेको शिक्षा सम्बन्धी दर्शन हुन सक्छ, जसमा आमाबाबु र बालबालिका इच्छुक हुन सक्छन्,” ह्वाईट भन्छन्।

रिपोर्ट सुन्नुहोस। अस्ट्रेलियामा बसोबास: तपाईँका सन्तानका लागि कुन विद्यालय ठिक?हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

धार्मिक शिक्षा महत्त्वपूर्ण भएको अवस्थामा सरकारी वा निजी विद्यालयकाबिच छनौट गर्न सकिन्छ।

आफ्ना सन्तान समक्ष विभिन्न विकल्पहरूका बारेमा कुरा गर्दा पनि छनौट गर्ने आधारलाई बलियो बनाउन सकिन्छ।

“बच्चाहरूको रुचि, अतिरिक्त क्रियाकलाप, वा सबैभन्दा महत्त्वपूर्ण उनीहरूका साथीका कारण पनि कुनै एक विद्यालयमा जान उनीहरू रुचि देखाउन सक्दछन्,” म्याकरम्याक भन्छन्।

सरकारी विद्यालय

खर्चका हिसाबले सरकारी विद्यालयहरू केही हदसम्म मितव्ययी हुन सक्छन् तर कतिपय विद्यालयमा स्वैच्छिक अनुदानका विषयहरू पनि समावेश हुन सक्दछन्।

म्याकरम्याक भन्छन् कि अनलाइन मार्फत खोजियो भने आफू बस्ने स्थानका विद्यालयहरूका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ।

यस्तै कतिपय अवस्थामा प्राथमिक विद्यालयहरूले पनि माध्यमिक विद्यालय छनौटमा सहयोग पुर्‍याउन सक्ने भर्खरै मात्रै आफ्नो सन्तानलाई हाई स्कुलमा भर्ना गराएकी मेलर्वन निवासी एर्लिनले बताइन्।

“कक्षा ६ पुगेपछि मे महिना तिर विद्यालयले आफ्नो क्षेत्र वरपरका माध्यमिक विद्यालयका प्रस्तावहरूका बारेमा जानकारी पठाउँछ, जसले तपाईँलाई विद्यालयहरू बारेमा विकल्प राख्न र छनौट गर्न मद्दत पुर्‍याउँछ,” एर्लिनले भनिन्।

कुनै कुनै राज्यमा चाहिँ विशेष आधारमा छनौट गरिने विद्यालय वा विद्यालयमा हुने विशेष कक्षाहरूका लागि पनि बिद्यार्थीहरु चयन गर्छन्। तर त्यसका लागि प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा सामेल हुनु पर्ने हुनसक्छ।

यस्ता विशेष विद्यालयहरूले कुनै विशेष क्षेत्रमा केन्द्रित भएर कक्षा सञ्चालन गर्न सक्छन् जस्तै कि रचनात्मक एवम् कलाको क्षेत्र, भाषा, विज्ञान, गणित वा खेलकुद।

तर यसका लागि विद्यार्थीहरुले विशेष छनौट मापदण्डहरू भने पुरा गर्नु पर्दछ।

आशक्तता, स्वास्थ्य सम्बन्धी समस्या वा सिकाइमा कठिनाइ भोगिरहेका बिद्यार्थीहरुका भने सरकारी र स्वतन्त्र रूपमा विशेष आवश्यकता विद्यालय पनि सञ्चालित भएका हुन्छन्।

Student takes a woodwork class
Student takes a woodwork class Source: Getty Images/Daniel Pockett

निजी विद्यालय

अस्ट्रेलियामा निजी विद्यालयहरू लोकप्रिय छनौट भित्र पर्दछन्।

तर यस्ता विद्यालयहरूमा सरकारी विद्यालयको तुलनामा शैक्षिक शुल्क भने निकै महँगो हुने गर्दछ।

निजी विद्यालयहरूले क्याथलिक विद्यालय भन्दा बढी शुल्क लिन्छन् र विद्यालय पिच्छे शुल्क पनि फरक पर्दछ।

स्वतन्त्र रूपमा सञ्चालित यस्ता विद्यालयहरूमा सरकारी भन्दा थप सुविधाहरू हुन्छन् भने विषय छनौट र तपाईँको संस्कृति मिल्दोजुल्दो पनि हुन सक्दछ।

विद्यालयहरूकाबिच तुलना कसरी गर्ने

अस्ट्रेलियन स्कुल डाइरेक्टरीमाई स्कुल जस्ता वेबसाइटले स्थान, प्रकार, धर्म र लिङ्गका आधारमा छुट्टाइएका विद्यालयका बारेमा जानकारी राखेका छन्। यी वेबसाइटहरूमा ती विद्यालयका शैक्षिक उलपब्धीहरुको तथ्याङ्क पनि राखिएको छ।

द गुड स्कुल्स गाइडले थुप्रै बिद्यालयहरुलाई एकै स्थानमा राखी उनीहरूकाबिचमा सरल रूपमा तुलना गर्न मद्दत गर्छ,” स्कुल्स गाइडका प्रकाशक ह्वाईटले भने।

“प्रत्येक विद्यालयलाई आफ्नो प्रोफाइल समायोजन गर्ने मौका प्राप्त हुन्छ, जसमा उनीहरुले अतिरिक्त क्रियाकलाप वा आफ्ना क्याम्पसहरूका बारेमा जानकारीहरू थप्न सक्दछन्।”

म्याकरम्याक्स भन्छन् कि बिद्यार्थीहरुले गर्ने अभिव्यक्तिबाट पनि विद्यालयका बारेमा धेरै जानकारी राख्न सकिन्छ।

“आफ्ना सन्तानले गरिरहेको अभिव्यक्तीय कारण पनि विद्यालयको संस्कृतिका बारेमा अभिभावकले थाहा पाइरहेका हुन्छन् र कसरी मिल्दोजुल्दो छ भनेर पनि अनुभव गर्न सक्छन्,” म्याकरम्याक्स भन्छन्।

भर्ना गर्ने समय

सरकारी विद्यालयहरूमा प्राय अप्रिल वा मे महिनामा माध्यमिक तहमा भर्ना लिइन्छ।

तर गैर सरकारी र निजी विद्यालयहरूमा भने भर्नाका लागि विद्यार्थीको लिस्ट लामो हुने भएकाले अलि अगाडीबाटै प्रक्रिया थाल्नुपर्दछ।

भर्ना हुने मिति र प्रक्रिया भने विद्यालय पिच्छे फरक हुन सक्छ।

विद्यालयहरूमा आयोजना हुने ओपन डेमा सरिक भएर वा विद्यालयको वेबसाइटमा गएर पनि थप जानकारी लिन सकिन्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now