अस्ट्रेलियाको उपभोक्ता हित सम्बन्धी संस्था अस्ट्रेलियन कम्पिटीसन एन्ड कन्जुमर कमिसनले (एसीसीसी) 'रीकल' भएका ब्याट्री प्रयोग तुरुन्तै बन्द गर्न आग्रह गरेको छ।
सोलारमा प्रयोग हुने एलजी कम्पनीका ब्याट्रीमा समस्या देखिएपछि एसीसीसीेले उक्त सूचना जारी गरेको हो।
सोलार प्रयोग गर्ने अस्ट्रेलियन परिवारलाई उर्जा भण्डार गर्न प्रयोग हुने आफ्नो ब्याट्री जाँच गर्न पनि एसीसीसीले आग्रह गरेको छ।
एलजी कम्पनीका समस्या रहेका ब्याट्री प्रयोग भएको भए, त्यस्ता स्टोरेज युनिटलाई तुरुन्तै बन्द गर्न पनि उक्त संस्थाले भनेको छ।
यस्ता ब्याट्री तात्ने र आगो लाग्ने सम्भावना हुने भएकाले जोखिम निम्त्याउने र मानिसहरू घाइते हुने वा ज्यानै जान सक्ने सम्भावना रहने बताइएको छ।
एलजी (LG), सोलाएक्स (SolaX), ओपल (Opal), रेड अर्थ (Red Earth), इगुना (Eguana) अथवा भार्टा (VARTA) नामक ब्याट्रीहरू प्रयोग भएका स्टोरेज सिस्टम तुरुन्तै बन्द गर्न पनि उत्पादक कम्पनीले आग्रह गरेको छ।
समस्या देखिएका स्टोरेज सिस्टम बन्द गरी एलजी वा सोलाएक्समा सर्म्पक गर्न सकिने बताइएको छ।
कम्पनीले यस्ता ब्याट्रीहरूलाई रिप्लेस गर्ने, यसमा प्रयोग भएको सफ्टवेयरलाई अपडेट गर्ने वा पैसा फिर्ता दिने एसीसीसीको भनाई छ।

“आफ्नो सोलार स्टोरेजमा प्रयोग भएको ब्याट्रीको सिरियल नम्बर जाँच्न निकै महत्त्वपूर्ण छ, समस्या आएका सिस्टम, ब्याट्रीका नयाँ मोडल र उत्पादन मितिका आधारमा रिकललाई पुन अपडेट गरिएको छ,” एसीसीसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
“यदि तपाईँकहाँ एलजी ब्रान्डका स्टोरेज सिस्टम नभए पनि, त्यसमा रिकल गरिएका एलजी ब्रान्डका ब्याट्री प्रयोग भएको हुन सक्छ , त्यसैले आफ्नो सिस्टमलाई चेक गरेर, रिकल भएको ब्याट्री प्रयोग भए त्सतो सिस्टम तुरुन्तै बन्द गर्नु पर्छ।”
एलजीले ब्याट्रीका कारण सोलार प्रयोग गर्न नपाएर बिजुलीको बिल धेरै आएकाहरूलाई आर्थिक क्षतिपूर्ति पनि दिने भएको छ।
“पहिलो आफ्नो सुरक्षाका बारेमा सोचेर, यस्ता सिस्टमलाई बन्द गर्न दिइएका निर्देशनहरुलाई पालना गर्नुहोस्, एलजीले ब्याट्री प्रयोग गर्न नपाएर घाटा बेहोरेकाहरूलाई क्षतिपूर्ति पनि दिन्छ।”
प्रभावित भएका घर परिवारले के गर्ने?
- आफ्नो घरमा प्रयोग भइरहेको ब्याट्री 'रिकल' भएको छ कि छैन भनेर जाँच गर्ने
एलजी ब्याट्रीको वेबसाइट https://www.lgessbattery.com/au मा गएर इलेक्ट्रिकल सेफ्टी रिकलमा गएर दिइएका निर्देशनहरूको पालना गर्ने। सहयोग चाहिएमा एलजी सोलुसन अस्ट्रेलियाको नम्बरमा 1300 677 273 वा इमेलमा सम्पर्क गर्ने।
- ब्याट्री रिकल भएको छ भने बन्द गर्ने
आफ्नो ब्याट्री सुरक्षित रूपमा बन्द गर्नका लागि, सोलार जडान गर्ने कम्पनी वा एलजीमा १३०० ६७७ २७३ मा सर्म्पक गर्न सकिन्छ।
- एलजी वा सोलाएक्सलाई सर्म्पक गर्ने
एलजी वा सोलाएक्सलाई सर्म्पक गरिसकेपछि उनीहरूले ब्याट्री रिप्लेस गर्ने, रिफन्ड वा सफ्टवेयर अपडेट गरिदिने बारेमा जानकारी दिनेछन्।


![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

