SKIP TO MAIN CONTENT

कोरोना सङ्कट: अस्ट्रेलियाबाट २५८ नेपाली स्वदेश फिर्ता

Nepal Airport Coronavirus Repatriation Flight
Source: Sipa USA Prabin Ranabhat / SOPA Images/Si

बुधवार बिहान १:२० बजे अस्ट्रेलियाबाट फिर्ता ल्याइएका २५८ जना नेपालीहरू त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् र विभिन्न होल्डिङ सेन्टरमा पठाइएका छन्।


Published

Updated

By सेवा भट्टराई

Source: SBS



Skip to podcast episode content

बुधवार बिहान १:२० बजे अस्ट्रेलियाबाट फिर्ता ल्याइएका २५८ जना नेपालीहरू त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् र विभिन्न होल्डिङ सेन्टरमा पठाइएका छन्।


बुधवार बिहान १:२० बजे अस्ट्रेलियाबाट फिर्ता ल्याइएका २५८ जना नेपालीहरू त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् र विभिन्न होल्डिङ सेन्टरमा पठाइएका छन्।

कोरोनाका कारणले विभिन्न देशमा फसेका नेपालीलाई फिर्ता ल्याउने नेपाल सरकारको अभियानका क्रममा ती मानिस अस्ट्रेलियाको सिड्नीबाट ल्याइएका हुन्।

नेपाल एयरलाईन्सको उक्त आरए ४१३४ उडानमा १३३ महिला र १२५ पुरुष यात्रु रहेका थिए।

विमानस्थलमा अवतरण गरेपछि ती यात्रुलाई प्रदेश अनुसार छुट्ट्याइएको होल्डिङ सेन्टरमा लगिएको कोरोना सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले बताएको छ। प्रदेश १ र २ का बासिन्दालाई भक्तपुरको इम्पेरियल बांकेट र हेरिटेज होटेलमा, र प्रदेश ३, ४ र ५ का बासिन्दालाई वसुन्धराको यती पार्टी प्यालेस, स्काइ जोन पार्टी प्यालेस र कुण्डलिनी पार्टी प्यालेसमा राखिएको छ।

अस्ट्रेलियाबाट आएको उडानमा प्रदेश १ का २४ जना, प्रदेश २ का ८ जना, बाग्मती प्रदेशका १८९ जना, गण्डकी प्रदेशका २१ जना, र प्रदेश ५ का १६ जना रहेका छन्। यो विमानमा प्रदेश ६ र ७ का कुनै यात्रु छैनन्।

होल्डिङ सेन्टरमा ती यात्रुहरूको स्वास्थ्य परीक्षण गरिने सिसिएमसीका फणीन्द्रमणि पोखरेलले बताएका छन्।

नेपाल फर्किनका लागि आरडिटी वा पिसिअर परीक्षण अनिवार्य रहेका छन् र होल्डिङ सेन्टरमा त्यो यकिन गर्नुका साथै यात्रुहरूको स्वास्थ्य परीक्षण पनि गरिन्छ र केही विवरण सहितका फर्म पनि भरिन्छ।

त्यसपछि प्रत्येक प्रदेशका प्रतिनिधि आएर प्रदेशले व्यवस्थापन गरेको बसमा यात्रुको आफ्नै खर्चमा प्रदेश राजधानी हुँदै जिल्ला सदरमुकाम लिएर जान्छन्।

प्रक्रियाबारे सिसिएमसीका फणीन्द्र पोखरेल भन्छन्, “यहाँ दुई तीन किसिमका मानिस आए। पहिलो, पिसिअर नेगेटिभ भएको। उ होम क्वारेनटाइन सिधै जान पाउँछ। त्यसपछि आरडिटी चेक भएको मान्छे आयो भने आरडिटीलाई पनि हामीले सिसिएमसीले व्यवस्थापन गरेको क्वारेनटाइन बस्ने व्यवस्था मिलाएको छ।”

“फिट फर फ्लाइट भन्ने पनि कहिलेकाहीँ आउँछ, त्यो पनि १४ दिन क्वारेनटाइन बस्नुपर्छ। कसैले हामी होटेलमा बस्छौँ भने भने होटलहरु पनि छन्। नेपाली सेनाले नजिकको होटेलमा व्यवस्थापन गरिदिन्छ। होटलहरु विभिन्न स्तरका होलान्, यात्रुहरू आफ्नो क्षमता अनुसार बस्नुहुन्छ।”

अस्ट्रेलियाबाट नेपाल फर्किनका लागि १३०० भन्दा बढी मानिसले फर्म भरेका छन्, र ती मध्ये २५८ मात्रै यो पहिलो उडानमा फर्केका छन्।

बाँकी मानिसलाई बिस्तारै थप उडानमा फिर्ता ल्याइने बताइएको छ।

Nepali Infographics Face Mask Facemask
अस्ट्रेलियामा फेस मास्कको प्रयोग अनिवार्य छैन Source: SBS NEPALI

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्। 

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now