बुधवार भएका खेलमा कतार र युएईले आ-आफ्ना खेल जितेसँगै नेपालले सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा हुने १० औँ टी-२० विश्व कपमा खेल्ने पक्का भएको हो।
प्रतियोगितामा नेपाल हालसम्म अपराजित रहेको छ र ६ अङ्क बटुलेको छ।
कतारले जापान र युएईले सामोआलाई पराजित गरेका थिए। नेपालसँगै ओमानले पनि विश्वकप खेल्ने भएको छ।
भारत र श्रीलङ्कामा हुने विश्व कपमा २० राष्ट्र सहभागी हुने छन्। नेपाल र ओमान विश्व कपमा सहभागी हुने १७ औँ र १८औँ राष्ट्र बनेका छन्।
यो पनि सुन्नुहोस्

नेपाली क्रिकेट: ‘गुरु राम्रो हुँदा चेला पनि राम्रो!’
लगातार दोस्रो विश्व कप
नेपाल लगातार दोस्रो पटक टी-२० विश्व कपमा सहभागी हुन लागेको हो।
सन् २०२६ मा हुने विश्व कप नेपालको लागि तेस्रो विश्व कप हुनेछ।
नेपालले पहिलो पटक सन् २०१४ मा बङ्गलादेशले आयोजना गरेको टी-२० मा सहभागिता जनाएको थियो।
दोस्रो विश्व कप खेल्न राष्ट्रिय पुरुष टिमले १० वर्ष पर्खनु परेको थियो।
नेपालले दोस्रो पटक सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्व कपमा सहभागिता जनाएको थियो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
थप पोडकास्टहरू सुन्नुहोस्

सन्तोष बस्ताकोटी: अस्ट्रेलियाली क्रिकेटमा अम्पायरको चोखो धर्म निभाउने प्रण राखेका नेपाली