कोभिड-१९ सङ्क्रमित र तिनको नजिकी सम्पर्कका सङ्ख्या बढ्दै जाँदा सुपर मार्केटहरूमा मासु, फलफूल तथा तरकारीहरूको अभाव देखिन थालेको छ, र खाद्य वितरकहरूले सरकार समक्ष सहयोगको माग राखेका छन्।
ट्रक चालक, सुपरमार्केट कर्मचारी लगायत व्यक्तिहरू कोभिड-१९ सङ्क्रमित, या सङ्क्रमितका नजिकी सम्पर्क बन्न पुगे पछि उत्पादक र विक्रेता माथि ठूलो भार बढेको छ।
उदाहरणका लागि, अस्ट्रेलियाली दुग्ध उत्पादन महासंघका प्रमुख ग्रान्ट क्रथर्स भन्छन् कि, अहिले ४० प्रतिशत कर्मचारीहरू काममै नआएको अवस्था छ।
जस्तै, एक किसानसँग ३०० वटा गाईको दुध बिहान तयार हुन्छ - तर त्यो लिन आउन कोहि हुँदैन। अनि उसले त्यो दुध फ्याक्नु पर्ने हुन्छ।
त्यस्तै, पसलहरूमा पनि आपूर्तिको समस्या देखिन थालेको, वुल्वर्थ्स सुपर मार्केटकी निर्देशिका जेनेट ब्याङ्क्सीले बताइन्।
"अहिले हाम्रो वितरक समूहमा २० % कर्मचारीहरू आएका छैनन्, र स्टोरमा १० % कर्मचारीहरू आएका छैनन्," उनले भनिन्।
कर्मचारीको अभाव छ, तर ग्राहकहरूले चाहिने सामान मात्र किनेर हामीलाई ठूलो सहयोग गरेका छन्।
देश भरी नै कर्मचारी र सामाग्री अभावको यो समस्याको हल निकाल्नका लागि प्रधान मन्त्री स्कट मोरिसनले उद्योगका प्रमुखहरू सँग छलफल जारी राखेका छन् , र अहिलेको अवस्थामा यस्तो हुनु अनौठो कुरा नरहेको उनी बताउँछन्।
त्यस्तै, खोपको आपूर्ति पनि कतिय बेला ढिलो भएको या आउँदै नआएको, सङ्घीय दलका विपक्षी नेता एन्थनी अल्बनिजीले बताए।
आपुर्तीका लागि बढी भाउ तिर्नु परिरहेका विभिन्न व्यवसायमा पर्ने नक्स बिजनेस समूहकी प्रब्लिन दुवा भन्छिन्, सरकारले यस्तो अवस्थामा मद्दत गर्नै पर्छ।
"सरकारले हामीलाई कमसेकम खानेकुराको विषयमा मद्दत गर्ने पर्छ - देशमा खाद्य सामाग्रीको चाहिँ अभाव नहोस्।"





