Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा बसोबास: रातको समयमा ताराहरू हेर्ने 'डार्क स्काई पर्यटन'

Under the Milky Way

Under the Milky Way Source: Getty Images/Supoj Buranaprapapong

तपाईँले अस्ट्रेलिया आए देखि ताराहरू कत्तिको हेर्ने गर्नु भएको छ? अस्ट्रेलियाका ठूला उज्याला शहरहरू भन्दा टाढा, एउटा छुट्टै किसिमको पर्यटनले आफ्नो नाम कमाउँदै छ। डार्क स्काई पर्यटन (dark sky tourism) - ताराहरूलाई हेर्ने - रातको समयमा फस्टाउने यो पर्यटनको बारेमा विस्तृत रिपोर्ट सुन्नलाई माथिको मिडिया प्लेयर आइकनमा थिच्नुहोस्।


Published

Updated

By Melissa Compagnoni

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


तपाईँले अस्ट्रेलिया आए देखि ताराहरू कत्तिको हेर्ने गर्नु भएको छ? अस्ट्रेलियाका ठूला उज्याला शहरहरू भन्दा टाढा, एउटा छुट्टै किसिमको पर्यटनले आफ्नो नाम कमाउँदै छ। डार्क स्काई पर्यटन (dark sky tourism) - ताराहरूलाई हेर्ने - रातको समयमा फस्टाउने यो पर्यटनको बारेमा विस्तृत रिपोर्ट सुन्नलाई माथिको मिडिया प्लेयर आइकनमा थिच्नुहोस्।


हामी सबैलाई थाहा छँदै छ कि, अस्ट्रेलिया विश्वको दक्षिण गोलार्धमा पर्दछ। उत्तरी गोलार्धबाट नदेखिने तारा र नक्षत्रहरू, हामीले यहाँबाट हेर्न सक्छौँ। 

सहरका ठुला ठुला भवन र तिनका चम्किला बत्तीहरूले रातको आकाशलाई सधैँ उज्यालो बनाए तापनि, यस चमकबाट टाढा, ताराहरूले सजाएको आकाश पनि अस्ट्रेलिया कै भागमा परेको छ। 

रातको समयमा ताराहरू हेर्न, अर्थात्, स्टार गेजिङ्ग गर्नका अस्ट्रेलिया एक उचित थलो हो।

ड्वेन हामाकर मेलबर्न विश्वविद्यालयमा सांस्कृतिक खगोल विज्ञानका सहायक प्राध्यापक हुन्।  

अमेरिकाबाट पहिलो पटक अस्ट्रेलिया आउँदा, उताबाट नदेखिने तारा र नक्षत्र यहाँ सजिलै देखिँदा, आफू छक्कै परेको, उनले बताए। 

अस्ट्रेलियाको सबै भन्दा प्रसिद्ध नक्षत्रलाई सदर्न क्रस भनेर चिनिन्छ। पाँच वटा ताराहरू मिलेर, हीराको आकारमा बनेको यो नक्षत्रलाई शरद ऋतु या जाडोको समयमा आकाशको दक्षिण-पूर्वी भागमा देख्न सकिन्छ।

यस विषयमा तयार पारिएको रिपोर्ट यहाँ सुन्नुहोस्: अस्ट्रेलियामा बसोबास: रातको समयमा ताराहरू हेर्ने 'डार्क स्काई पर्यटन' हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यस्तै थुप्रै उत्कृष्ट ताराहरू यहाँको आकाशमा देख्न सकिन्छ।  

खगोल पर्यटन सम्बन्धी संस्था एस्ट्रो टुरिजम डब्लु एकी संस्थापक क्यारल रेडफर्ड, क्षत्रिय दक्षिण अस्ट्रेलियामा यस रातको पर्यटनलाई बढाउने कार्यमा लागि परेकी छिन्।

"ग्यालेक्सी गर्ल" भनेर पनि चिनिने उनी भन्छिन् कि, उक्त क्षेत्रमा विश्व मै सबै भन्दा उत्कृष्ट तारा हेर्ने स्थानहरू छन्।  

अस्ट्रेलियाको कुनै पनि सहरी क्षेत्रबाट दुई या तीन घण्टा टाढा गएमा, रातको समय सुन्दर ताराहरू देखिने, उनी बताउँछिन्। 

धेरै टाढा पनि जानु पर्दैन - पश्चिमी सिड्नीको ब्लु माउनटेन्स, पश्चिमी क्वीन्सल्यान्ड, पर्थ, पूर्वी वेस्टर्न अस्ट्रेलिया आदिमा यस्ता ठाउँहरू छन्।

लाखौँको सङ्ख्यामा रहेका यी ताराहरू सँगसँगै, अन्गीनत परम्परागत ज्ञान जोडिएको, ड्वेन हामाकरले बताए।  

यिनै नक्षत्रहरू मध्य, मिल्की वे आकाशगङ्गामा देखिने एउटा नक्षत्रलाई दि इमु भनिन्छ,  किन भने त्यो इमु चरा जस्तै देखिन्छ। 

घाम अस्ताउने समयमा इमुको स्थान हेरेर, त्यसको व्यवहार, अण्डा पार्ने समय, र बदलिने मौसमहरूको थाहा हुन्छ।

The dark Emu of aboriginal sky lore
The dark Emu of aboriginal sky lore Source: Getty images

गिलर माइकल एन्डरसन, एक ओलिया समुदायका ज्येष्ठ सदस्य हुन्। उनी उत्तर-पश्चिमी न्यु साउथ वेल्सका खगोल शास्त्रीको रूपमा काम गर्छन्।   

अस्ट्रेलियामा पहिलो राष्ट्रका व्यक्तिहरू यहाँका पहिला खगोलविद् हरू हुन् भन्ने कुरामा दुई मत छैन भन्छन्, ड्वेन हामाकर।  

रातको समयको पर्यटनले विश्वलाई दक्षिणी खगोल विज्ञानको बारेमा मात्र होइन, पहिलो राष्ट्रका मानिसहरूको परम्परागत ज्ञानको बारेमा पनि बताउँदै छ।  

यस प्रकारमा, रातको आकाश, तारा र नक्षत्रहरूले आदिवासी समुदायका सामाजिक सम्बन्ध र वातावरण सँगको उनीहरूको नातालाई कायम राख्दछ। 

Dark sky tourism
Australia is considered a suitable place for sky gazing and dark sky tourism. Source: Getty

वर्तमान विश्वमा वातावरणका अन्य सबै पक्षहरू जस्तै, यी अँध्यारो आकाश पनि जोखिममा रहेको छ।  

यसको सुरक्षा र डार्क स्काई टुरिजमको विकासका लागि, ग्यालाक्सी गर्लले वेस्टर्न अस्ट्रेलिया सरकारसँग मिलेर काम गरिरहेकी छिन्।  

आकाश र नक्षत्रका रहस्य र प्राचीन कथाहरूलाई आधुनिक प्रविधि मार्फत भन्ने योजनाको बारेमा उनी निकै उत्सुक छिन्।  

मानिसहरूले पहिलो राष्ट्रका ज्येष्ठ सदस्यहरू र गाइडहरू बाट यस विषयको ज्ञान पाउन भनेर, ग्यालेक्सी गर्लले एक आदिवासी खगोल विज्ञान पर्यटनको योजना बनाएकी छिन्। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now