SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका सरकारी अस्पताल बिरामीको चाप धान्न संघर्षरत

Melbourne's Royal Children's Hospital's emergency department will show live wait times online.
Source: AAP

नयाँ राष्ट्रिय तथ्याङ्कले सरकारी अस्पतालहरू केही सर्जरी र आकस्मिक सेवाहरूमा बिरामीहरूको चापलाई धान्न संघर्षरत रहेको देखाएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS


Skip to podcast episode content

नयाँ राष्ट्रिय तथ्याङ्कले सरकारी अस्पतालहरू केही सर्जरी र आकस्मिक सेवाहरूमा बिरामीहरूको चापलाई धान्न संघर्षरत रहेको देखाएको छ।


बिरामीहरूको पक्षमा वकालत गर्नेहरूले पालो पर्खनु पर्ने समय बढ्दै जाँदा यसले जोखिममा रहेका मानिसहरूलाई झन् धेरै चिन्ता र छटपटी थपिदिएको बताउँछन्।

अस्ट्रेलियाका सरकारी अस्पतालका कर्मचारीहरूलाई सक्दो खटाइएको र यो अवस्था झन् बिग्रँदै जाने अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरको एक नयाँ तथ्याङ्कले देखाएको छ।

उक्त इन्स्टिच्युटका डा.एड्रिएन वेब्स्टर भन्छन् सो तथ्याङ्कले अस्पतालहरू बढ्दो बिरामी सङ्ख्यालाई व्यवस्थापन गर्न संघर्षरत रहेको देखाउँछ।

"हामीले यस्तो चलनको निरन्तरता देखिराखेका छौँ जसले चाहिँ के सुझाउँछ भने दुर्भाग्यवश हाम्रो सरकारी अस्पतालहरूको इलेक्टिभ सर्जरीको क्षमताले माग अनुसार धान्न धेरै सङ्घर्ष गर्नु परिरहेको छ।"

Dr. Jennifer Stevens, a pain specialist, talks with patient Cheryl Rowley who is awaiting surgery at St. Vincent's Hospital in Sydney, July 2019.
Dr. Jennifer Stevens, a pain specialist, talks with patient Cheryl Rowley who is awaiting surgery at St. Vincent's Hospital in Sydney, July 2019. Source: AAP

सरकारी अस्पतालको पालो पर्खने सूचिहरूमा इलेक्टिभ सर्जरीका लागी सन् २०१८ देखि १९ सम्ममा झन्डै ९ लाख बिरामीहरूको नाम थपिएको छ।

७ लाख ६० हजार बिरामीहरू त्यही वर्ष अस्पताल भर्ना भएका थिए।

त्यो पालो पर्खने सूचिमा रहेका बिरामी सङ्ख्याको आधिलाई त ४१ दिन भित्रमा अपरेसन गरिएको थियो।

उक्त तथ्याङ्कले आदिवासी अस्ट्रेलियालीहरूले इलेक्टिभ सर्जरीका लागी झन् बढी समय कुर्नु पर्ने देखाएको छ, जसमा सामान्यतया ५० दिन सम्म पर्खनु पर्ने रहेको छ।

अस्ट्रेलियाको बिरामीहरूको सङ्गठनका स्टेफन मेसन वृद्ध अस्ट्रेलियालीहरूको सङ्ख्या बढ्नु, लगानीमा कमी, राम्रा सर्जनहरूलाई निजी अस्पतालहरूले धेरै तलब दिएर लग्ने लगायतका कारण देखाउँदै यसरी पालो कुर्नेहरूको सुची बढ्दै जानु कुनै नौलो कुरा नभएको बताउँछन्।

उनी थप्छन्, "निजी स्वास्थ्य बिमामा आएको कमी अर्को कारण हो जहाँ धेरै मानिसहरू विशेष गरी युवा अस्ट्रेलियालीहरूले निजी स्वास्थ्य बिमा गर्दैनन् र यी र यस्ता धेरै कारणहरू रहेका छन्।"

गत वर्ष लगभग २३ हजार अस्ट्रेलियालीहरू प्रतिदिन सरकारी अस्पतालका आकस्मिक विभागमा भर्ना भएको देखिन्छ र जब आकस्मिक सेवाको कुरा आउँछ त्यसको पालो पर्खने समय त झन् खराब छ।

ती मध्ये झन्डै ३० प्रतिशतलाई उनीहरूको रोग गम्भीर भएता पनि विरामीहरूलाई डाक्टरले समयमा नै नहेरेको बताइएको छ।

बिरामीहरूको पक्षमा वकालत गर्ने समूहहरूले यसरी पर्खनु पर्ने समय लम्बिँदै जाँदा बिरामीहरूमा अनावश्यक तनाव सिर्जना गर्ने र यसले गर्दा बिरामीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने बताएका छन्।

تصویر آرشیوی یک تیم جراحی
Surgeons operating on patient Source: Getty Images/Pete Saloutos

मेसन भन्छन् यसले मानिसहरूको ज्यान जोखिममा पनि राख्न सक्छ।

"यसबारे उनीहरू (बिरामी) चिन्तित हुन्छन्, उनीहरूका आफन्तहरू र हेरचाहमा संलग्नहरू किनकि पर्खनु पर्ने समय लम्बदै गएको छ र अन्ततः यो अझै बढ्दै गयो भने यसले जोखिम निम्त्याउँछ।"

लेबर स्वास्थ्य प्रवक्ता क्रिस बवेन प्राथमिक र रोकथाम स्वास्थ्य स्याहारमा सुधार हुनु पर्ने माग राख्दछन्।

उनी भन्छन् अस्ट्रेलियालीहरूलाई आफू बिरामी हुँदा उचित समयमा उचित स्वास्थ्य सेवा पाउँछु भन्ने कुरा थाहा हुनुपर्छ।

तर उनी भन्छन्, अस्ट्रेलिया जस्तो प्रगतिशील र विकसित राष्ट्रमा स्वास्थ्य सेवा चुस्त हुनुपर्नेमा झन् बिग्रँदै गएको छ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले सङ्घीय सरकार राज्य तथा टेरिटोरीसँग मिलेर काम गरेर सरकारी अस्पतालको पालो पर्खने समय घटाउन प्रतिबद्ध रहेको बताएका छन्।

Health practitioners who object to performing abortions may have stronger legal protections under the Religious Discrimination Bill.
Patient advocacy groups fear more waiting will cause unnecessary stress for patients, potentially further complicating their health. Source: Getty

सर्वसाधारणको जानकारीका लागी हेल्थ एन्ड वेलफेयर इन्स्टिच्युटको वेबसाइटमा दुई नयाँ स्रोत सामाग्रीहरू उपलब्ध गरिएको छ।

डा. वेब्स्टरले यसलाई स्वास्थ्य जानकारीका हिसाबले "राष्ट्रिय मूल ढोका" को संज्ञा दिएका छन्। 

"हामीले  जानकारीहरू सर्वसुलभ बनाउने लक्ष राखेका छौँ  जसमा  सम्पूर्ण अस्ट्रेलियालीको पहुँच पुगोस् र हाम्रो स्वास्थ्य प्रणालीले कसरी काम गर्छ, अस्ट्रेलियालीहरूको  स्वास्थ्य अवस्था र केही सफलताका कथाहरू र केही कमीका विषयमा पनि उनीहरूले बुझुन्।"।"


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now