मङ्गलवार, २० अगस्टमा नेपालमा गाई जात्रा मनाइँदै छ - बितेका नजिकका आफन्तको सम्झनामा मनाइने चाड। नेपाल भाषा अर्थात् नेवारी भाषामा 'सा पारु' भनिने यो चाडमा सन् २०१० को दशक यता एक नयाँ आयाम आएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गाई जात्रालाई प्राइड फेस्टिभलको रूपमा मनाउने गरेका छन्। नेपालमा फेस्टिभलको सुरुवात र यसको अर्थबारे एलजीबीटीआईक्यु प्लस' समुदायको अधिकारका लागि लडिरहेका अभियन्ता तथा ब्लु डाइमन्ड सोसाइटीका संस्थापक सुनिलबाबु पन्तसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share


![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

