SKIP TO MAIN CONTENT

आपराधिक मुद्दा लाग्ने पहिलो पूर्व अमेरिकी राष्ट्रपति बने डोनाल्ड ट्रम्प

Trump Indictment
Former President Donald Trump speaks at a campaign rally at Waco Regional Airport, Saturday, March 25, 2023, in Waco, Texas. (AP Photo/Evan Vucci) Source: AP / Evan Vucci/AP

कुनै पनि बहालवाला वा पूर्व अमेरिकी राष्ट्रपतिले आपराधिक मुद्दा खेप्नु परेको थिएन तर डोनाल्ड ट्रम्प यसको अपवाद बनेका छन्। ७६ वर्षीय ट्रम्पलाई सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अगाडी वक्तव्य बाजी नगर्न पोर्न स्टारलाई रकम दिएको आधिकारिक आरोप लगाउने पक्षमा म्यानह्याटनको ग्राण्ड जुरीले मत हालेको छ।


Published

Updated

By Deborah Groarke

Presented by Sunita Pokharel

Source: SBS



Skip to podcast episode content

कुनै पनि बहालवाला वा पूर्व अमेरिकी राष्ट्रपतिले आपराधिक मुद्दा खेप्नु परेको थिएन तर डोनाल्ड ट्रम्प यसको अपवाद बनेका छन्। ७६ वर्षीय ट्रम्पलाई सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अगाडी वक्तव्य बाजी नगर्न पोर्न स्टारलाई रकम दिएको आधिकारिक आरोप लगाउने पक्षमा म्यानह्याटनको ग्राण्ड जुरीले मत हालेको छ।


पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ मा पोर्न स्टार स्टोर्मी ड्यानिएल्सलाई वक्तव्य बाजी नगर्न रकम दिएको विषयमा छानबिन गरिए पछि म्यानह्याटनको निर्णायक मण्डलीले उनी माथि अभियोग लगाएका हुन्।

Stormy Daniels
Source: AAP

सेनेटर टेड क्रुज जस्ता रिपब्लिकन पार्टीका प्रमुख नेताहरूले 'विच-हन्ट' तथा राजनीतिक कुण्ठाको संज्ञा दिँदै अभियोगको आलोचना गरेका छन्।

तर ट्रम्पका पूर्व वकिल माइकल कोहेनले भने अमेरिकी टेलिभिजन नेटवर्क एमएसएनबीसी सँगको टेलिफोन वार्तामा यो निर्णयको स्वागत गरे।

अभियोजकले सन् २०१८ मा ड्यानिएल्सलाई दिइएको रकमबारे छानबिन गर्दा कोहेनले ट्रम्पले बोली बन्द गराउन ड्यानिएल्स र अर्को महिलालाई रकम दिन निर्देशन दिएको आरोप लगाएका थिए।

अर्को महिला भने मोडल क्यारन म्याकडुगल हुन् जसले पूर्व राष्ट्रपतिसँग आफ्नो शारीरिक सम्पर्क रहेको बताएकी थिइन्।

उक्त मुद्दामा कोहेनलाई जेल सजाय सुनाइयो तर ट्रम्पमाथि भने कुनै मुद्दा लगाइएको थिएन।

ट्रम्पले सधैँ यी आरोपहरूको खण्डन गर्दै आएका छन्।

एक वक्तव्य जारी गर्दै ७६ वर्षीय ट्रम्पले आफूमाथि लगाइएको मुद्दाका विरुद्ध लड्ने भन्दै यसलाई "राजनीतिक कुण्ठा र इतिहासकै सबैभन्दा ठुलो निर्वाचन हस्तक्षेप" भनेका छन्।

आगामी हप्ता उनले अधिकारीहरू समक्ष आत्मसमर्पण गर्ने अपेक्षा गरिएको छ, यद्यपि यसको विस्तृत विवरण भने आइसकेको छैन।

असोसिएटेड प्रेसका सम्पादक माइक बल्सामोले अभियोगको विवरणबारे अझै सम्म पनि थाहा हुन सकेको छैन।

म्यानह्याटन जिल्ला अधिवक्ता एल्भिन ब्रागद्वारा जारी गरिएको वक्तव्यमा ट्रम्प अदालतमा उपस्थित हुने मिति बारे पछि घोषणा गरिने बताइएको छ।

पूर्व गुप्तचर सेवाका उप निर्देशक ए.टी स्मिथले सीबीएस न्युजसँग कुरा गर्दै ट्रम्पको अदालतमा उपस्थितिका लागि सुरक्षा व्यवस्था मिलाइनु पर्ने सम्भावनाका बारेमा बताएका छन्।

नबोल्नका लागि रकम दिने मात्र पूर्व राष्ट्रपति ट्रम्पले भोगेको कानुनी झमेला होइन।

यस अघि गत वर्ष पनि ट्रम्प अर्गनाइजेसनलाई कर छलीको आरोप लागेको थियो भने केही समय अगाडी मात्र ट्रम्प दुई आपराधिक छानबिनको केन्द्रमा रहेका थिए, जुन महान्यायाधिवक्ता नियुक्त गरेको परामर्श समितिद्वारा गरिएको थियो।

त्यस्तै तेस्रो मुद्दा थियो जर्जियाका स्थानीय अभियोजकको।

एक आपराधिक छानबिनमा गोप्य सूचनाको दुरुपयोगलाई लिएर ट्रम्पको भूमिकाको जाँच रहेको छ।

अर्को आपराधिक मुद्दाले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा हार व्यहोरे पछि ट्रम्पले सत्ता हस्तान्तरणलाई रोक्ने असफल प्रयासका रूपमा सन् २०२१ को जनवरीमा अमेरिकी राजधानीमा दङ्गा भड्काएको आरोपलाई हेरिरहेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now