इटिङ डिसअर्डर: मानसिक स्वास्थ्य समस्याबाट करिब चार प्रतिशत अस्ट्रेलियाली प्रभावित

Girl eating from bowl while sitting on kitchen floor

Source: Getty Images/Mayur Kakade

मानसिक स्वास्थ्य समस्या भएका मानिसहरूसँग बस्न वा उनीहरूको हेरचाह गर्नु चुनौतीको विषय हो। त्यहाँ अझै विशेष चुनौतीहरू हुन सक्छन् जब तपाईँका प्रियजनहरू इटिङ डिसअर्डर भनिने अव्यवस्थित खानपिनसँग सङ्घर्ष गरिरहेका हुन्छन्। यो शृङ्खलामा यस रोगका कारण अस्ट्रेलियाली परिवारहरू कसरी प्रभावित भइरहेका छन् भन्ने बारेमा चर्चा गर्नेछौँ।


एक अभिभावकका रूपमा सूले आफ्नी छोरीसँग निकै सद्भावपूर्ण सम्बन्ध स्थापित गरिरहेकी थिइन्।

उनीहरू नजिक थिए, एक अर्कालाई सहयोग गर्थे र मित्रवत् थिए, तर अचानक अवस्थामा परिवर्तन आयो।

उनकी छोरीको व्यक्तित्वमा परिवर्तन आउन थाल्यो।

उनले खाना खान छाडिन् अनि आक्रामक र अशिष्ट बन्न थालिन्।

यो कुरा सूका लागि अपत्यारिलो बन्न थाल्यो।

“मैले केही कुरा गरे भने त्यो गलत परिणत हुन्थ्यो, उ निकै अपमानजनक बन्न थाली, मैले विश्वासै गरिन,” सूले भनिन्।

पछि उनकी छोरीमा इटिङ डिसअर्डर भनिने मानसिक स्वास्थ्यसँग जोडिएको खानपान सम्बन्धी रोग भएको पहिचान भयो।

पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: इटिङ डिसअर्डर: मानसिक स्वास्थ्य समस्याबाट करिब चार प्रतिशत अस्ट्रेलियाली प्रभावित हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

प्रायः कुनै शारीरिक रोग वा जीवनशैली छनोटको रूपमा इटिङ डिसअर्डरलाई लिने गरिन्छ।

तर यो एक प्रकारको मानसिक स्वास्थ्य समस्या हो, जसमा शारीरिक परिणाम, मुड परिवर्तन भइरहने, अप्रत्याशितता र आक्रामक व्यवहारसम्बन्धी समस्याहरू देखा पर्छन्।

म बेडरूममा जान्थेँ, पाँच मिनेट बस्थेँ, सायद रुन्थेँ, अनि फेरी आएर केही नभएजस्तो उसलाई हेर्न पुग्थेँ - यो साँच्चीकै मुस्किल छ।

यस्तो अवस्थामा हेरचाहकर्ताहरूले व्यक्तित्वमा परिवर्तन आएको गुनासो गर्ने गर्छन्।

“कराउने, चिच्याउने, डरलाग्दा कुराहरू बोल्ने, एकदमै आक्रामक हुने, रुने नबोल्ने जस्ता व्यवहार हुन्छन्।”

सू जस्तै आफ्नो सन्तानमा यो रोगको लक्षण देख्ने एलेक्स पनि एक अभिभावक हुन्।

उनले पनि आफ्नी छोरीको व्यवहारमा परिवर्तन देखेकी छन्।

बटरफ्लाई फाउन्डेसनद्धारा जारी गरिएको डेलोइट एक्सेस इकोनोमिक्स रिपोर्टका अनुसार यस रोगका कारण सन् २०१२ मा १८०० भन्दा बढीको मृत्यु भएको थियो, जुन अहिलेसम्म पनि मनोवैज्ञानिक विकारहरू मध्य उच्च मृत्युदर रहेको मध्येको एक मानिन्छ।

एक दशक यता त्यस्तो कुनै व्यापक अध्ययन भएको छैन।

Eating Disorders
young teenager sitting in a dining room rejecting food with a disgusting face Source: E+/Getty

वकालत समूहहरू अस्ट्रेलियामा इटिङ डिसअर्डर भएका मानिसहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको र यसको पहिचान नहुँदा हेरचाहकर्ताहरूले बोझको सामना गर्नु परिरहेको बताउँछन्।

डेकिन विश्वविद्यालयकी अनुसन्धानकर्ता जेनेभिभ पेपिन हेरचाहकर्ताका लागि निकै झन्झटिलो हुने बताउँछिन् - क्यान्सर, अल्जाइमर्स वा प्यालेटिभ केयरमा रहेकाहरूलाई भन्दा पनि स्याहार गर्न बोझिलो हुने उनको बुझाई छ।

कुनै एक समयमा करिब १० लाख अस्ट्रेलियाली या भनौँ जनसङ्ख्याको करिब चार प्रतिशत मानिस यो रोगका साथ बाँचिरहेका छन्।

डाक्टर पेपिनका अनुसार हेरचाहकर्ता आफैले आफ्नो हेरचाह गर्न सक्दैनन्, जसले राम्रा भन्दा पनि नराम्रा परिणाम दिन्छन्।

तर यहाँ केही सहयोगी सेवाहरू पनि उपलब्ध छन्।

नेशनल इटिङ डिसअर्डर कोलाबोरेसन, अस्ट्रेलियाली सरकारको एक पहल हो, जुन अव्यवस्थित खानपिन जस्ता रोगको रोकथाम र उपचारका लागि राष्ट्रिय रूपमा सुसङ्गत, प्रमाणमा आधारित, हेरचाह प्रणालीको विकास र कार्यान्वयन गर्न समर्पित छ।

यसको वेबसाइटमा जनाइए अनुसार उपचार र रिकभरीको महत्त्वपूर्ण पहुँचलाई दुर्गम क्षेत्रहरूमा हेरचाहको सीमित उपलब्धता वा अभाव, कलङ्क जस्ता कमजोर बुझाइले बाधा पुराउँछ।

सूका आफ्ना अनुभवहरूले पनि यस्ता चीजलाई मूर्त रूप दिन्छ।

“यहाँ मानिसहरूका लागि थोरै समर्थन छ किनकि मनोवैज्ञानिकसँगको हप्ताको एक घण्टा समय साँच्चै पर्याप्त छैन, जब तपाईँ २४ घण्टा यससँग जुध्दै हुनुहुन्छ,” सू भन्छिन्।

डाक्टर पेपिन हेरचाहकर्ताहरूलाई यस रोगका बारेमा थप शिक्षा आवश्यक पर्ने र उनीहरूका लागि पनि सुरक्षित वातावरणको आवश्यकता पर्ने बताउँछिन्।

“केयररहरूलाई विशेष श्रोतहरू प्रदान गर्दै, अव्यवस्थित खानपिन के हो र उनीहरूले आफ्ना प्रियजनलाई कसरी राम्ररी समर्थन गर्न सक्छन् भन्ने बारेमा बुझाउनु पर्छ,” डाक्टर पेपिन भन्छिन्।

यसले एलेक्सका लागि भने पक्कै काम गरेको छ, आफूलाई राम्ररी ख्याल गर्दा छोरीको हेरचाहमा सहयोग पुग्छ भन्ने उनले बुझेकी छन्।

“तपाईँले महसुस गर्न सक्नुहुन्छ कि तपाईँले स्वः हेरचाहको अभ्यास गर्नु जरुरी छ, अन्यथा तपाईँ यसको हाल निकाल्न गाह्रो हुन सक्छ, किनभने यसले वर्षौँ लिन सक्छ,” एलेक्स भन्छिन्।

यदि एक लाख मानिसहरू यो रोगबाट पीडित छन् भने १० लाख मानिसलाई यसले प्रत्यक्ष असर गर्छ।

उनले समान परिस्थितिमा रहेका मानिसहरूसँग एक किसिमको सम्बन्धको भावना महसुस गरिन्।             

यस्तै सहयोग इटिङ डिसअर्डर फ्यामिलिज अस्ट्रेलियाले पनि सञ्चालन गर्छ, जुन हेरचाहकर्ताका रूपमा अनुभव भएका मानिसहरूले सञ्चालन गरेका हुन्।

उक्त नेटवर्ककी सह–संस्थापक क्रिस्टिन नैस्मिथ रोगले परिवारमा पुर्‍याउने समस्याका बारेमा बुझ्छिन्।

उनको बुझाइमा यदि एक लाख मानिसहरू यो रोगबाट पीडित छन् भने १० लाख मानिसलाई यसले प्रत्यक्ष असर गर्छ।

पछिल्लो १८ महिनामा इटिङ डिसअर्डर फ्यामिलिज अस्ट्रेलियाले आफ्ना सदस्य सङ्ख्या ३ सय प्रतिशतले बढेको पाएको छ।

नैस्मिथ भन्छिन् कि इटिङ डिसअर्डर धेरै मानिसहरूमा देखिने गरेको छ। 

“हामीले वयस्क र बालबालिकामा पनि यो रोग देखेका छौँ - कुनै पनि लिङ्ग, उमेर, सांस्कृतिक परिवेश भएको मानिसमा पनि यो रोग हुन सक्छ,” उनले भनिन्।

डाक्टर पेपिन पनि हेरचाहकर्ताले जतिसक्दो चाँडो सहयोग लिनु पर्ने बताउँछन्।

sleep and mental health
Source: Photo by cottonbro from Pexels

यो रोगबाट बाहिर निस्कन सकेकाहरू भने समर्थन सेवालाई धन्यवाद दिन्छन्।

अलाना यो रोगबाट निको भएकी हुन्।

“यसले दिमागलाई साँच्चीकै स्वार्थी मेसिनका रूपमा परिणत गरिदिन्छ, आफूले अरूलाई पुराएको हानिको बारेमा आफूलाई थाहा नै हुँदैन,” उनले भनिन्।

उनी विश्वास गर्छिन् कि उनका हेरचाहकर्ताको दयालु स्वभाव, विशेष गरी आमाको सहयोगले उनलाई रोगमुक्त बन्न मद्दत गरेको हो। 

इटिङ डिसअर्डरको समस्या भोगिरहेका पाठक एवम् श्रोताहरूले बटरफ्लाई फाउन्डेसनको वेबसाइटमा हेर्न सक्नु हुन्छ या फोन नम्बर १८०० ३३४ ६७३ मा सम्पर्क गर्न सक्नुहुन्छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now