कोरलोजिकको होम भ्यालु इन्डेक्सले अस्ट्रेलियाका अधिकांश प्रमुख शहरहरू वर्षको पहिलो त्रैमासिकमा घरको मूल्य बढ्ने क्रममा अघिल्लो वर्षको अन्त्यतिरको तुलनामा वृद्धि देखाएको छ। तर यसमा डार्विन एउटा शहर रह्यो जहाँ भने ०.२ प्रतिशतको गिरावट देखिएको छ तर आर्थिक सल्लाहकार विश्वास भट्टराईले मेलबर्नले पनि सोचे अनुरूप 'रिटर्न' दिन नसकेको बताएका छन्।
कुराकानीका मुख्य विषयहरू:
- आगामी महिनामा रिजर्भ ब्याङ्कले ब्याजदरमा परिवर्तन ल्याउने सम्भावना कस्तो छ?
- घर भ्यालु वृद्धिमा डार्विन किन पछाडि? मेलबर्नमा कस्तो छ अवस्था?
- फिक्स्डबाट भेरिएबलमा परिवर्तन गर्दै गर्दा के कुरामा ध्यान दिने?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स (ट्विटर) मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)