आर्थिक वर्ष सन् २०२३-२४ को सुरुवातसँगै अस्ट्रेलियाको आप्रवासन प्रणालीमा परिवर्तनहरू आएका छन्। जुलाई एकदेखि लागू यी परिवर्तनहरूले अस्ट्रेलियामा बस्दै आएका तथा हालसालै भित्रिएका आप्रवासीहरूलाई कस्तो प्रभाव पार्छ भन्ने सन्दर्भमा मेलबर्नका अध्यागमन एजेन्ट केशव कँडेलले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्। भिसा आवेदनको शुल्क वृद्धिका साथै नयाँ विद्यार्थी भिसा, पर्यटक भिसा, पीआर, भिसा आवेदन प्रक्रिया लगायतमा आएका यी परिवर्तनहरूबारे कँडेलसँग गरिएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो माइग्रेसन एजेन्ट वा कानूनी सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
Share




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)