Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

जुलाई १ देखि अन्तराष्ट्रिय विद्यार्थीले पाक्षिक रूप ४८ घण्टा काम गर्न पाउने, ग्राजुएट भिसाको अवधि बढ्ने

Australia International Students

Students walk around the University of New South Wales campus in Sydney, Australia, Tuesday, Dec. 1, 2020. Source: AP / Mark Baker/AP

अस्ट्रेलियाको नयाँ आर्थिक वर्ष अर्थात् आउँदो जुलाई १ देखि भिसा सम्बन्धी नियमहरू अद्यावधिक हुँदै गर्दा नेपाल लगायतका देशबाट पढ्न आउने लाखौँ विद्यार्थीहरूले अब सीमित घण्टा मात्र काम गर्न पाउने छन्। तर, केही विशेष विषयहरू पढ्ने विद्यार्थीहरूले भने उनीहरूको पढाई सकिएपछि अस्ट्रेलियामा थप समय बसेर काम गर्न पाउने पनि बताइएको छ।


Published

Updated

By Stephanie Corsetti, SBS Mandarin

Presented by Abhas Parajuli

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाको नयाँ आर्थिक वर्ष अर्थात् आउँदो जुलाई १ देखि भिसा सम्बन्धी नियमहरू अद्यावधिक हुँदै गर्दा नेपाल लगायतका देशबाट पढ्न आउने लाखौँ विद्यार्थीहरूले अब सीमित घण्टा मात्र काम गर्न पाउने छन्। तर, केही विशेष विषयहरू पढ्ने विद्यार्थीहरूले भने उनीहरूको पढाई सकिएपछि अस्ट्रेलियामा थप समय बसेर काम गर्न पाउने पनि बताइएको छ।


अबको केही महिनामा अस्ट्रेलियामा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पाक्षिक रूपमा काम गर्न पाउने अवधिमा फेर बदल हुँदै छ।

देशमा देखा परेको दक्ष कामदारको चरम अभावलाई सम्बोधन गर्न आफूले कदमहरू चालिरहेको अस्ट्रेलियाको सङ्घीय सरकारले बताएको छ।

एल्बनिजी सरकारले अस्ट्रेलियाली उच्च शिक्षा प्रदायक संस्थाहरूबाट आफ्नो पढाई सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको काम गर्न पाउने अधिकार बढाइदिएर आफूले दक्ष कामदारको अभावलाई केही हदसम्म भए पनि सम्बोधन हुने आसा लिएको हो।

आगामी जुलाई १ देखि लागू हुने यो नयाँ व्यवस्थाले ब्याचेलर्स डिग्री सकाएका विद्यार्थीहरूले आफ्नो पढाई पूरा गरेपछि दुई वर्षको सट्टा चार वर्षसम्म अस्ट्रेलियामा नै रहेर कामको अनुभव बटुल्न पाउनेछन्।

यसै गरी, मास्टर्स डिग्री सकाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हकमा भने यो सुविधा तीनबाट बढाएर पाँच वर्ष पुर्‍याइएको सरकारी भनाई छ।

पीएचडी लगायतका सम्पूर्ण डक्टरल डिग्रीहरू सक्ने विदेशी विद्यार्थीहरूले भने छ वर्षसम्म अस्ट्रेलियामा नै रहेर काम गर्न पाउनेछन्।

हाल यी विद्यार्थीहरूलाई आफू ग्राजुएट भएको चार वर्षसम्म मात्रै अस्ट्रेलियामा निर्बाध काम गर्न पाउने अधिकार प्राप्त छ।

यी नयाँ परिवर्तनहरूबारे बोल्दै एक अध्यागमन एजेन्ट कर्क यान भन्छन् कि दक्ष कामदारको अभाव कम गर्नु आवश्यक छ तर केही विद्यार्थीहरूले बजार हेरेर आफूले पढेको विषयभन्दा बाहिरको क्षेत्रमा पनि काम गर्न सक्छन्।

नयाँ सरकारी योजनाले विद्यार्थीहरूलाई आफ्नो भविष्य बारे थप निश्चिन्तता दिने बताउँदै, सरकारले यसका लागि रोजेका पेसाहरू बारे पारदर्शिता अपनाउनै पर्ने उनले बताए।

क्लेर ओ’निल अस्ट्रेलियाको सङ्घीय सरकारमा गृह मामिला मन्त्री हुन्।

हाल देशका केही क्षेत्रहरूमा देखिएको दक्ष कामदारको अभावलाई सम्बोधन गर्न पहलहरू भइरहेको उनी बताउँछिन्।

विशेष गरी, स्वास्थ्य, इन्जिनियरिङ, आईटी र शिक्षा क्षेत्रलाई आफूहरूले ध्यान दिएको ओ’निलको भनाई छ।

सङ्घीय सरकारका अनुसार यस्ता सुविधा पाउन योग्य पेसा तथा पढाई बारे वार्षिक रूपमा मूल्याङ्कन हुन्छ र देशको तत्कालीन अवस्था हेरेर यसमा थपघट गरिनेछ।

आफ्नो पुरा नाम बताउन नचाहने कोलिन एक ४८५ भिसा वाहक हुन्।

उनी जस्ता हजारौँ अन्तराष्ट्रिय ग्राजुएट सरकारको नयाँ कदमबाट लाभान्वित हुने छन् ।

“धेरै मानिसहरूले अस्ट्रेलियामा पढ्न आउनु अघि यसलाई बसाइ सर्ने रूपमा हेर्छन्। र यहाँ बस्नको लागि आफूले कुन विषयमा ग्र्याजुएसन गर्ने हो, त्यो एकदमै जरुरी छ,” उनले भने।

नयाँ भिसा नीतिले विद्यार्थीहरू माझ रोजगारको लागि झनै प्रतिस्पर्धा बढाउँछ। तपाईँसँग झनै लामो समय बस्न मिल्ने वर्किङ भिसा हुन्छ, र रोजगारदाताहरू पनि तपाईँलाई काम, तालिम दिन तयार हुन्छन्।
कोलिन, एक ४८५ भिसा वाहक

कोभिड-१९ सङ्कटका बेला अस्ट्रेलियामा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले काम गर्न पाउने अवधि पाक्षिक रूपमा ४० घण्टाबाट असीमित बढाइएको थियो।

तर जुलाई १ देखि भने, पाक्षिक रूपमा ४० घण्टा नै नभए तापनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले निर्बाध रूपमा काम गर्न पाउने छैनन्।

नयाँ व्यवस्था अनुसार उनीहरूले नयाँ आर्थिक वर्षदेखि पाक्षिक रूपमा बढीमा ४८ घण्टा मात्रै काम गर्न पाउनेछन्।

यी बाहेक, रिजनल क्षेत्रमा गएर पढ्ने, बस्ने र काम गर्न चाहने मानिसहरूका लागि अतिरिक्त सुविधाहरू पनि उपलब्ध हुने बताइएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now