Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलिया बुझ्नुहोस्: बालबालिकाका लागि सस्तो र समावेशी अतिरिक्त गतिविधिहरू

20241206_Huddle Up!_Volleyball-7_TheHuddle.jpg

Huddle Up! Volleyball program at The Huddle.

अस्ट्रेलियामा स्कूल बाहिर हुने अतिरिक्त गतिविधिहरूले विद्यार्थीहरूलाई नयाँ सीपहरू सिक्न र साथीहरू बनाउनुको लगायतका धेरै फाइदाहरू हुन्छ। तर यसले खर्च बढाउँछ। अस्ट्रेलियामा समावेशिता सहितको कम शुल्कका अतिरिक्त क्रियाकलाप सञ्चालन हुने ठाउँहरू छन्, तर यी ठाउँहरू कसरी खोज्ने भन्ने थाहा हुनुपर्छ।


Published

Updated

By Audrey Bourget

Presented by Maram Ismail, Sapana Phuyal

Source: SBS



Share this with family and friends


अस्ट्रेलियामा स्कूल बाहिर हुने अतिरिक्त गतिविधिहरूले विद्यार्थीहरूलाई नयाँ सीपहरू सिक्न र साथीहरू बनाउनुको लगायतका धेरै फाइदाहरू हुन्छ। तर यसले खर्च बढाउँछ। अस्ट्रेलियामा समावेशिता सहितको कम शुल्कका अतिरिक्त क्रियाकलाप सञ्चालन हुने ठाउँहरू छन्, तर यी ठाउँहरू कसरी खोज्ने भन्ने थाहा हुनुपर्छ।


Key Points

  • अतिरिक्त गतिविधिबाट बालबालिकाहरूले नयाँ सीप सिक्नुका साथै आफ्नो मानसिक र शारीरिक स्वास्थ्य, आत्मविश्वास, र सामाजिक मान्यताहरू पनि सुधार गर्न सक्छन्।
  • धेरै निःशुल्क वा कम शुल्कका विकल्पहरू पुस्तकालय, युवा तथा सामुदायिक केन्द्रहरू, सरकारको भाउचर्स पनि रहेका छन्।
  • अतिरिक्त क्रियाकलाप छनोट गर्दा आफ्ना बालबालिकाका इच्छा र क्षमतामा ध्यान दिनुपर्छ।
  • समावेशी कार्यक्रमहरूले आत्मीयताको भावना ल्याउन र समाजमा आपसी सद्भाव बनाउन  मद्दत गर्छ।

सकर, स्विमिङ, वलेट, पियानो, चेस, आर्टस् र क्राफ्टस्, सर्कस, कुकिङ, रोबटिक्स, बास्केटबल, टेनिस लगायत धेरै अतिरिक्त गतिविधिहरू जुन स्कुलको नियमित बाहेकको समयमा गरिन्छ।

बालबालिकाका लागि यी गतिविधिहरू आकाश जत्तिकै फराकिलो छ, जहाँबाट धेरै फाइदाहरू पाउँछन्।

विद्यालय बाहेकको समयमा हुने अतिरिक्त गतिविधिका फाइदाहरू

अतिरिक्त गतिविधिकमा सहभागी हुने बालबालिकाहरूले नयाँ सीप सिक्नुका साथै आफ्नो मानसिक र शारीरिक स्वास्थ्य, आत्मविश्वास, र सामाजिक मान्यताहरू पनि सुधार गर्न सक्छन्।

रामन इस्पाइ भिक्टोरिया युनिभर्सिटीका एक सोस्योलोजी प्रोफेसर हुन्। उनी भन्छन् कि किशोर किशोरीहरूको लागी रमाइलो र साथी बनाउनु धेरै महत्त्वपूर्ण हुन्छ।

“यी गतिविधिहरूको माध्यमबाट बालबालिकाहरूले निर्माण गर्ने सम्बन्ध आप्रवासीहरूका लागि विशेष महत्त्वपूर्ण हुन्छ।”

जाकरिया फराह 'द हडल'को सामुदायिक विकासका प्रमुख हुन्।

द हडल नर्थ मेलबर्न क्लब समुदायको अभिन्न अङ्ग हो।

स्कूल बाहिरका यस्ता गतिविधिले बालबालिकाहरूलाई कसरी सम्बन्ध बनाउन मद्दत गर्छ भन्ने उनले प्रत्यक्ष रूपमा देखेका छन्।

20240619_HUJ_Skateboarding-12_TheHuddle.jpg
Skateboarding program at The Huddle.

आफ्नो बालबालिकाको लागि सही क्रियाकलाप छनोट

रमन स्पाइ बालबालिकालाई के गर्न मन पर्छ उनीहरूलाई नै छनोट गर्न दिनुपर्ने बताउँछन्।

आफ्नो तीन जना छोराहरूको इच्छा फरक फरक भएको उनको अनुभव रहेकाे छ।

पैसा कै कारण बालबालिकाहरू यस्ता अतिरिक्त गतिबिधीहरूमा सहभागी हुन पाउँदैनन्।

केही परिवारहरूले विद्यालय बाहेकका अतिरिक्त गतिविधिहरूमा वार्षिक रूपमा हजारौँ डलर खर्च गर्छन्।

तर निःशुल्क तथा एकदम कम पैसाका विकल्पहरू पनि छन्।

विद्यालयहरूले प्राय: नियमित पढाइ पछि केही गतिविधिहरू गराउँछन्, र धेरै राज्य सरकारहरूले खेलकुद र आर्टस्को लागि भाउचर्स वा टिकटहरू समेत दिन्छन्।

आर्स्टस्, साइन्स र प्रविधिको लागी तपाईँको नजिकै रहेको स्थानीय पुस्तकालय नै सबैभन्दा उपयोगी हुन्छ।

इलिसा डेनिस साउथ वेर्स्टन सिड्नीमा रहेको लिभरपुल सिटी काउन्सिलको पुस्तकालय र सङ्ग्रहालय सेवाको म्यानेजर हुन्।

उनीहरूको पुस्तकालयले चेस, रोबटिक्स क्लब, क्राफ्टस् र रेट्रो गेमिङ लगायत धेरै अतिरिक्त क्रियाकलापहरू निःशुल्क प्रदान गर्दछ।

युवा तथा सामुदायिक केन्द्रहरू अर्को राम्रो विकल्प

'युथ एण्ड कम्युनिटी सेन्टर्स' भनिने युवा तथा सामुदायिक केन्द्रहरूमा पनि निःशुल्क तथा कम पैसामा यस्ता अतिरिक्त गतिविधिहरू उपलब्ध हुन्छन्।

ज्करी लोभेट, गन्डिजमारा मानिस मेलबर्नको भित्री शहरमा रहेको रिचमण्ड युथ हभको टिम लिडर हुन्।

यस केन्द्रमा बास्केटबल, सकर, कुकिङ र सर्कस लगायतका गतिविधिहरू गर्न पाइन्छ।

उनी भन्छन् कि एक त खेलकुद सामाग्रीहरू पाउनु ठुलो कुरा हो र अर्को युवाहरूले पनि आफ्नो मन पर्ने ठाउँ पाएकोमा रमाइलो गर्छन्।

समावेशिता किन महत्त्वपूर्ण छ?

नर्थ मेलबर्न र वीन्डमा द हडलले निःशुल्क खेलकुदका कार्यक्रमहरू रहेका छन्।

जाकरिया फराह भन्छन् निःशुल्क रूपमा यस्ता गतिविधि उपलब्ध गराउँदा धेरै बालबालिका सहभागी हुन पाउँछन् जसले समावेशिता सुनिश्चित गर्दछ।

उनी विश्वास गर्छन् कि सांस्कृतिक सुरक्षा पनि हुनुपर्छ।

उनी भन्छन् कि कर्मचारीहरू लाई सांस्कृतिक सुरक्षा र विभिन्न पृष्ठभूमिका युवाहरूसँग कसरी सहज बनाउने भन्ने बारे जानकारी दिइन्छ।

“हामीले मानिसहरूलाई काममा राख्दा वा हाम्रा कर्मचारीहरूलाई हामीले समर्थन गर्ने संस्कृतिहरू के हो, तिनीहरूका सांस्कृतिक आवश्यकताहरू के हुन्, र उनीहरूलाई सांस्कृतिक सुरक्षा र विभिन्न पृष्ठभूमिका युवाहरूसँग कसरी सहज बनाउने भन्ने बारे जानकारी दिन्छौँ।”

जाकरिया फराह आफै पनि यस्ता कार्यक्रमहरूमा सहभागी हुँदै हुर्किएका हुन्। यहीँबाट उनले धेरै राम्रा साथीहरू बनाए।

उनी भन्छन् कि यस्ता गतिविधिले मनोरञ्जन त हुन्छ नै भविष्यमा धेरै अवसरहरू पनि बनाउन सक्छ। उनले त कामको अवसर समेत पाएको बताउँछन्।

उनी थप्छन् कि यस्ता कार्यक्रमबाट युवा पुस्ता मात्र होइन कि सबैले फाइदा लिन सक्छन्।

तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au 

मा इमेल पठाउनु होस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now