Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

भिक्टोरिया र न्यु साउथ वेल्सले प्रारम्भिक कक्षामा एक अतिरिक्त वर्ष थप्ने

Pre school teacher helping children to put on shoes indoors in cloakroom at nursery, coronavirus concept.

Children from year 3 must wear a face mask while indoor in Western Australia. Source: Getty Images / Halfpoint Images

न्यु साउथ वेल्स र भिक्टोरियाका बिद्यार्थीहरुले प्राथमिक कक्षा सुरु गर्नु पूर्व खेलमा आधारित सिकाइको एक निःशुल्क अतिरिक्त वर्ष पढ्न पाउने भएका छन्।


Published

Updated

By Abbie O'Brien

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


न्यु साउथ वेल्स र भिक्टोरियाका बिद्यार्थीहरुले प्राथमिक कक्षा सुरु गर्नु पूर्व खेलमा आधारित सिकाइको एक निःशुल्क अतिरिक्त वर्ष पढ्न पाउने भएका छन्।


राज्यको शिक्षामा आमूल परिवर्तन भनिएको उक्त योजना अन्तर्गत भिक्टोरिया र न्यु साउथ वेल्सका विद्यार्थीहरूले खेलमा आधारित शिक्षामा निःशुल्क पहुँच पाउन सक्षम हुने भएका छन्।

न्यु साउथ वेल्सका प्रिमीयर डोमिनिक पेरोटे र भिक्टोरियाली समकक्षी ड्यानीएल एन्ड्रुजले सयुत्त रूपमा निकालेको वक्तव्यमा प्रारम्भिक शिक्षाको सबैभन्दा ठुलो परिवर्तनको घोषणा गरेका छन्।

न्यु साउथ वेल्सका प्रिमीयर डोमिनीक पेरोटेले यसलाई 'जीवन परिवर्तन गर्ने दीर्घकालीन नीति'का रूपमा व्याख्या गरेका छन्।

रिपोर्ट सुन्नुहोस्। null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

“दुई राज्य मिलेर काम गर्दै हाम्रो शिक्षा प्रणालीमा क्रान्तिकारी सुधारमा राष्ट्रको नेतृत्व गदैछौ,” पेरोटेले भने।

यता भिक्टोरियाका प्रिमीयर ड्यानिएल एन्ड्रुजले सबै पृष्ठभूमिका बालबालिकालाई प्रारम्भिक सिकाइमा पहुँच दिने उद्देश्यले, काम गर्ने परिवार विशेष गरी महिलाहरूलाई फाइदा पुर्‍याउने बताए।

“न्यु साउथ वेल्स र भिक्टोरियाका प्रत्येक बालबालिकाले खेलमा आधारित सिकाइको थप एक वर्षको पाइँदाको अनुभव गर्नेछन्,“ विज्ञप्तिमा भनिएको छ।

भिक्टोरीयमा सन् २०२५ बाट सुरु गरिने उक्त योजनालाई “प्रि–प्रेप” भनिने छ भने चार वर्षका बालबालिका यसका लागि योग्य हुनेछन्।

न्यु साउथ वेल्समा भने यसलाई “प्रि–किन्डर गार्डेन” भनिने छ।

न्यु साउथ वेल्सकी शिक्षा मन्त्री सेरा मिसेलले सन् २०३० देखि बालबालिका अतिरिक्त एक वर्ष निःशुल्क रूपमा प्रि-स्कुल जाने घोषणा, बालबालिकाको भविष्यका खेल परिवर्तन गर्ने योजना रहेको बताइन्।

“यो भनेको न्यु साउथ वेल्सका प्रत्येक बालबालिकाले विद्यालय सुरु हुनु अघिको एक वर्ष निःशुल्क पाँच दिन सिकाई गर्ने अवसर हो,” नाईन नेटवर्कसँग कुरा गर्दै मन्त्री मिसेलले भनिन्।

एक वर्षको अतिरिक्त पढाइले बालबालिकाको जीवनको उत्कृष्ट सुरुवात गर्ने र परिवारसँग कुनै शुल्क नलिईकनै पाँच दिनको प्रारम्भिक सिकाइको अवसर भएको पनि उनले बताइन्।

क्यानडामा लागु भएको योजनाले धेरैलाई फाइदा पुर्‍याएको पनि मिसेलले बताइन्।

केही समुदायमा अर्को वर्षदेखि परीक्षण सुरु गरिने उक्त कार्यक्रमका लागि न्यु साउथका प्रिमीयरले ५.८ अर्ब डलर बराबरको बजेट विनियोजन गर्ने बताइएको छ।

योजना अन्तर्गत प्रारम्भिक शिक्षाका लागि थप शिक्षकहरूको भर्ती र प्राथमिक विद्यालयहरूका जग्गामा अतिरिक्त प्रि स्कुल भवनहरू निर्माण गरिनेछन्।

यता अस्ट्रेलियाली शिक्षा सम्बन्धी युनियनकी अध्यक्ष मेरीथ पिस भने ठुलो लगानीमा आधारित योजनामा संरचनाहरू निर्माण गर्न भने चुनौती हुने बताउँछिन्।

उनका अनुसार कार्य बल निर्माण गर्न र उनीहरूलाई आकर्षित गर्न पनि केही समय लाग्नेछ।

अभिभावकहरूमा चाहिँ यस योजनाले आर्थिक भार कम गरिदिने आशा जागेको छ।

“हामीले हाम्रो बच्चालाई महँगो भएका कारण बाल स्याहार केन्द्रमा राखेका छैनौ, एक वर्षको निःशुल्क शिक्षा हुनु निकै शानदार छ,” एक अभिभावकले भनिन्।

यता अस्ट्रेलियाको प्रारम्भिक सिकाई एवम् हेरचाह सम्बन्धी काउन्सिलकी प्रमुख एलिजाबेथ डियाथले सरकारको यो कदम बाल विकासका लागि महत्त्वपूर्ण हुने बताएकी छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now