एसबीएस न्युजले हरेक वर्ष 'जर्नलिजम कडेटशिप' कार्यक्रम आयोजना गर्ने गरेको छ। यो कार्यक्रम अन्तर्गत भर्खर आफ्नो पढाइ सकेका, र पत्रकारिताको क्षेत्रमा काम गर्ने इच्छा भएका ग्र्याजुएटहरूले १२ महिने प्रशिक्षण सहित एसबीएसमा काम गर्ने मौका पाउँछन्। अचोल अरोक सन् २०२३ 'ब्याच'की यस्तै एक कडेट हुन्। नेपाली लगायत ६० भन्दा बढी भाषामा कार्यक्रमहरू उत्पादन गर्ने अस्ट्रेलियाको बहुभाषिक प्रसारण संस्था एसबीएसमा प्रशिक्षण लिँदै गरेकी अरोक छोटो समयका लागि एसबीएस नेपालीसँग आबद्ध भएकी छिन्। उनको कडेटशिपको अनुभवसँगै यसमा इच्छुकहरूका लागि उनको सुझाव बारे गरिएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





