SKIP TO MAIN CONTENT

घर किन्दा स्वास्थ्य क्षेत्रमा काम गर्ने मानिसले बैङ्कबाट केही विशेष सुविधा पाउँछन् ?

Buying your first home
Source: Getty / Getty Images

पछिल्लो समय 'बायर्स सेन्टिमेन्ट' बढिरहेकाले, घरजग्गा बजार सकारात्मक बन्दै जाने सम्भावना रहेको आर्थिक सल्लाहकार विश्वास भट्टराईले बताएका छन्। स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूलाई केही वित्तीय संस्थाले 'नो एलएमआई' अर्थात् मोर्गेजमा बिमा रहित स्किम ल्याएको भट्टराईले कुराकानीका क्रममा बताए। कस-कसले यसको फाइदा लिन सक्छन् त? पुरा कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

पछिल्लो समय 'बायर्स सेन्टिमेन्ट' बढिरहेकाले, घरजग्गा बजार सकारात्मक बन्दै जाने सम्भावना रहेको आर्थिक सल्लाहकार विश्वास भट्टराईले बताएका छन्। स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूलाई केही वित्तीय संस्थाले 'नो एलएमआई' अर्थात् मोर्गेजमा बिमा रहित स्किम ल्याएको भट्टराईले कुराकानीका क्रममा बताए। कस-कसले यसको फाइदा लिन सक्छन् त? पुरा कुराकानी सुन्नुहोस्।

यस महिनाको आर्थिक कुराकानीमा समेटिएका बिषयहरुः

  • सेप्टेम्बर महिनामा इन्ट्रेस्ट रेट होल्ड होला कि बढ्ला?
  • भखैरै पीआर आएकाहरूले पहिलो घर खरिद गर्न न्यूनतम कति जति बचत गर्नु पर्ला?
  • पहिलो घर खरिद गर्नका लागि अस्ट्रेलियाका कुन राज्य वा प्रदेश ठिक?
  • अहिले प्रर्पटीको 'हट स्पट' भनेर कहाँ चिनिन्छन्?
  • सिड्नी वरपर सिटी नजिकै कुन सबर्बमा घर किन्न अलि सस्तो पर्छ?
  • पहिलो घर किनेर बाँकि भएको पैसा, बैंकमा राख्नु ठिक कि इन्भेस्टमेन्ट प्रर्पटीमा लगानी गर्न?
  • रजिस्टर्ड नर्सका लागि बैंक तथा वित्तीय संस्थाले घर किन्दा केही सुविधा पो दिन्छन् कि?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now