नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हालै आफ्नो अस्ट्रेलिया भ्रमण सम्पन्न गरेका छन्। नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको १९ सौँ न्याभ क्रिकेट कपको उपलक्ष्यमा अस्ट्रेलिया आएका चन्द, भिक्टोरियाको संसद् र मेलबर्न क्रिकेट ग्राउन्ड पनि पुगेका थिए। नेपाल आउँदो जुन महिनामा हुन गइरहेको पुरुष तर्फको आइसीसी टी-२० विश्वकपको तयारीमा लागिरहेको समयमा, नेपाल सरकारले पहिलो पटक दिएको पाँच करोड रुपियाँको तयारी बजेटलाई एक सकारात्मक सुरुवातको रूपमा लिन मिल्ने उनी बताउँछन्। यस लगायत नेपाली क्रिकेटलाई छिमेकी देश भारतले सहयोग गर्ने भावी सम्भावनाको बारेमा चन्दले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share


![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

