Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सन्तोष साहले जस्तै रातो कुखुराको झोलवाला मासु बनाउने तरिका

The red junglefowl curry by chef Santosh Shah.

The red junglefowl curry by chef Santosh Shah. Source: Supplied / Santosh Shah Cook Book

कुखुराको परिकारका लागि कुनै चाडपर्व वा विशेष अवसर नै पर्खनु पर्दैन। तर सामान्य परिकार कै रूपमा लिइने कुखुराको मासुलाई पनि शेफको 'रेसिपी' अनुसार बनाउने हो कि? भात वा चिउरासँग तातो तातो खान मिल्ने लुइँचे वा रातो कुखुराको झोलवाला मासु बनाउने तरिकाबारे शेफ सन्तोष साहबाट सुन्नुहोस्।


Published

Updated

Presented by Sunita Pokharel

Source: SBS


Share this with family and friends


कुखुराको परिकारका लागि कुनै चाडपर्व वा विशेष अवसर नै पर्खनु पर्दैन। तर सामान्य परिकार कै रूपमा लिइने कुखुराको मासुलाई पनि शेफको 'रेसिपी' अनुसार बनाउने हो कि? भात वा चिउरासँग तातो तातो खान मिल्ने लुइँचे वा रातो कुखुराको झोलवाला मासु बनाउने तरिकाबारे शेफ सन्तोष साहबाट सुन्नुहोस्।


चाहिने सामाग्रीहरू

  • २ चम्चा तेल (भेजिटेबल)
  • १/२ चिया चम्चा जिरा
  • २ तेज पत्ता
  • २ हरियो सुकुमेल (हल्का पिसिएको)
  • ५ कालो मरिच (पिसिएको)
  • २ रातो प्याज (मसिनो गरि काटिएको)
  • १ चिया चम्चा नुन
  • १ होल चिकेन (फ्री रेन्ज रेड चिकेन), अनावश्यक बोसो निकालेर १६ वटा जति टुक्रामा काट्ने
  • १/२ ठुलो चम्चा अदुवाको लेदो
  • १/२ ठुलो चम्चा लसुनको लेदो
  • १ चिया चम्चा जिरा धुलो
  • १ चिया चम्चा धनीयाको धुलो
  • १/२ चिया चम्चा बेसारको धुलो
  • १ चम्चा कश्मिरी खुर्सानीको धुलो वा मध्यम पिरो खालको खुर्सानीको धुलो
  • २ टमाटर, मसिनो पारि काटिएको वा लेदो बनाइएको
  • २०० मिलिलिटर चिकेन स्टक वा पानी
  • १ ठुलो चम्चा हरियो धनियाँ मसिनो गरि काटिएको

मसलाको धुलो को लागि

  • ३ हरियो सुकुमेल
  • ५ सेन्टिमिटरको दालचिनीलाई सानो टुक्रामा भाँच्ने

सर्भ गर्ने विकल्प

  • भात
  • चिउरा

यी सामाग्रीहरूको प्रयोग गरेर रातो कुखुराको झोल मासु कसरी बनाउने भन्नेबारे चाहिँ सेफ सन्तोष साहसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now