Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

लगातारको ब्याजदर वृद्धिले कतै अस्ट्रेलिया मन्दी तर्फ त धकेलिने होइन ?

banks, oxfam report, australia

Banks Source: AAP

अस्ट्रेलियाको केन्द्रीय बैङ्कले लगातार नवौँ पटक ब्याजदरमा वृद्धि गरेपछि मोर्गेज तिरिरहेका लाखौँ मानिसहरू प्रभावित बन्ने भएका छन्।


Published

By Sam Dover

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


अस्ट्रेलियाको केन्द्रीय बैङ्कले लगातार नवौँ पटक ब्याजदरमा वृद्धि गरेपछि मोर्गेज तिरिरहेका लाखौँ मानिसहरू प्रभावित बन्ने भएका छन्।


मुद्रास्फीतिको उच्च दर नियन्त्रणको प्रयास स्वरूप भएको भनिएको वृद्धिले रिजर्भ बैङ्कको ब्याजदर सन् २०१२ यता कै उच्च बिन्दुमा पुगेको छ।

०.२५ % को बृद्धीसँगै रिजर्भ बैङ्कको क्यासरेट अब ३.३५ % पुगेको छ।

रिजर्भ बैङ्कले ब्याजदर बढाएसँगै अन्य बैङ्कले पनि ब्याजदर समायोजन गर्ने भएकाले मोर्गेज तिरिरहेका लाखौँ मानिसहरू यसबाट प्रत्यक्ष रूपमा प्रभावित बन्ने भएका छन्।

लगातार नवौँ पटक भएको वृद्धिले, आगामी महिना पनि निरन्तरता पाउने रिजर्भ बैङ्कले सङ्केत गरेको छ।

कोरोना महामारीको समयमा रेकर्ड कम ब्याजदर कायम गरेको रिजर्भ बैङ्कले मुद्रास्फीति नियन्त्रणको प्रयास स्वरूप ब्याजदर बढाउँदै लगेको हो।

घर बेच्ने कि विकल्पहरु हेर्ने ?

महँगी अनुकूल आम्दानी नभएका कतिपयले आफ्नो सम्पत्ति बेच्नु नै अन्तिम विकल्प देखिरहेका छन्।

कुनै समय फिक्स रेटमा ऋण लिएकी घर धनी क्वनी वङ्ग, भेरीयबल रेट आफ्नो बजेटबाट बाहिर गएको भन्दै घर बिक्री गर्नु नै आफ्नो विकल्प भएको बताउँछिन्।

“१.९ प्रतिशतबाट बढेर ४.७ प्रतिशत पुगेको छ, पहिले २,००० डलर तिर्दै आएको मोर्गेज अव ३,६०० पुग्यो, पियानो सिकाउने शिक्षकका रूपमा मैले यो बेर्होन गार्‍हो छ,” उनले भनिन्।

तर विज्ञहरू भने आफ्नो बैङ्कको ब्याजदरसँग चित्त नबुझेको खण्डमा अन्य बैङ्कले प्रदान गर्ने विकल्पहरू पनि र्हेनका लागि आग्रह गरिरहेका छन्।

रेटसिटीकी अनुसन्धान प्रमुख स्याली टिन्डेल विभिन्न बैङ्कहरूका बारेमा बुझ्दा आफूलाई सहज हुने विकल्प भेटिने बताउँछिन्।

“पछिल्लो समय रिफाइनान्सले नयाँ रेकर्ड कायम गरेको छ, कम ब्याजदरका विकल्प पाउनका लागि मानिसहरू बैङ्क परिवर्तन गरिरहेका छन्, आफ्नो बैङ्कसँग सम्झौताका बारेमा कुरा उठाउने यो नै उचित समय हो,” स्यालीले भनिन्।

ब्याजदर बढ्दा अस्ट्रेलियालीहरूले कम खर्च गर्ने र यसले मुद्रास्फीतिलाई कम गर्न मद्दत गर्ने रिजर्भ बैङ्कको आङ्कलन छ।

रिर्जब बैङ्कका गर्भरन फिलिप लो विज्ञप्ति मार्फत 'मुद्रास्फीति कम गर्न आगामी केही महिना ब्याजदर बढाउँदै लाने' बताउँछन्।

तर यसको प्रभाव अस्ट्रेलियाको अर्थतन्त्रमा परेर कतै मन्दी त आउने होइन भन्ने आशङ्का केही अर्थविद्हरूमा छ।

एएमपि क्यापिटलका प्रमुख अर्थविद् सेन ओलीभरले एसबीएसको 'अन दी मनि' नामक कार्यक्रममा बोल्दै, रिजर्भ बैङ्कको कदम सधैँ सही हुन्छ भन्ने नहुने बताउँछन्।

“एक वर्ष अघिसम्म पनि रिजर्भ बैङ्कले सन् २०२४ सम्म ब्याजदर बढाउने बारेमा सोचेको थिएन, त्यसैले उनीहरूको योजना अनुसार सधैँ सही हुन्छ भन्ने हुँदैन, मलाई यस्तो लाग्छ, कि त हामी अन्तिम बिन्दुमा छौ, या त अन्य मुलुकका केन्द्रीय बैङ्कको सिको गरेर आफ्नो अर्थतन्त्रलाई सुस्त बनाइरहेका छौ, जसले नचाहिँदो रूपमा मन्दी तर्फ धकेल्न सक्छ,” उनले भने।

ओलीभर अनुसार ब्याजदर वृद्धिको असर अस्ट्रेलियाली नागरिकहरूले भोग्न बाँकि नै रहेको बताउँछन्।

“बैङ्कले आफ्नो ग्राहकहरू माझ बढेको ब्याजदर लागु गर्न तीन महिना लाग्छ, अझै १४% घर धनीहरू फिक्स रेटमा छन्, यस वर्षदेखि यसको वास्तविक असर देखिन सुरु हुन्छ,” उनले भने।

यता फाइन्डरमा व्यक्तिगत आर्थिक व्यवस्थापनमा विज्ञता राख्ने टेलर ब्ल्याकबर्न ब्याजदर वृद्धिको असर मानिसहरूले अनुभव गर्न थालिसकेको बताउँछन्।

“हामीले पछिल्लो चार वर्षलाई नियालिरहेका छौ, गत वर्ष यही समयमा २२% मानिसले मोर्गेज तिर्न गार्‍हो परिरहेको बताएका थिए, अहिले यो सङ्ख्या ३३% पुगेको छ।”

ब्याजदर बढ्दा घरधनीले भाडामा बस्नेहरू माथि पनि भार थोपर्ने गरेकाले, उनीहरू पनि मारमा परिरहेको ब्ल्याकबर्नको भनाई छ।

आगामी दिनमा ब्याजदरले निरन्तरता पाउने देखिँदा, रिर्जब बैङ्क र अन्य अर्थविद्हरू मुद्रास्फीतिको दर कम भएको खण्डमा आर्थिक दबाब कम गर्न सकिन्छ कि भनेर नियाली रहेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now