अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पठनपाठन र बसोबासका क्रममा मद्दत पुगोस् भनेर इन्टरनेसनल स्टुडेन्टस रीच (आइएसआर) फाउन्डेसनले एक कार्यक्रमको आयोजना गर्दैछ। तीन महिनासम्म चल्ने भनिएको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई 'मेन्टर'सँग जोडिदिने आयोजक संस्थाका सृष्टि शाह, सन्ध्या बिष्ट र श्रेया पाण्डेले एसबीएस नेपालीलाई बताएका छन्। जुलाई महिनाको अन्त्यमा सुरु हुने भनिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले पढाइ, काम, मानसिक स्वास्थ्य लगायत विभिन्न विषयहरूको बारेमा आफ्नो आवश्यकता अनुसार विज्ञहरूसँग छलफल गर्न सकिने आयोजकहरूको भनाई छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




