SKIP TO MAIN CONTENT

महामारी प्रतिबन्धहरू खुलेसँगै सस्तो उपचारका लागि भारत जाने पर्यटकहरूको सङ्ख्यामा वृद्धि

People queuing at the reception desk at the Aakash Healthcare hospital (Reuters)
People queuing at the reception desk at the Aakash Healthcare hospital (Reuters)

सस्तोमा गुणस्तरीय स्वास्थ्य स्याहार प्रदान गरिने प्रतिष्ठा राखेको भारतमा उपचार गर्नका लागी विश्वभरबाट पर्यटकहरू जाने क्रमले फेरी निरन्तरता पाउन थालेको छ।


Published

Updated

By Omoh Bello

Presented by Sunita Pokharel

Source: SBS



Skip to podcast episode content

सस्तोमा गुणस्तरीय स्वास्थ्य स्याहार प्रदान गरिने प्रतिष्ठा राखेको भारतमा उपचार गर्नका लागी विश्वभरबाट पर्यटकहरू जाने क्रमले फेरी निरन्तरता पाउन थालेको छ।


दुई वर्ष पछि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध हटाइए पछि भारतको स्वास्थ्य पर्यटन क्षेत्रमा सुधार देखिएको हो।

कोभिड-१९ का कारण देशको स्वास्थ्य स्याहार प्रणाली तहसनहस भएको थियो जसले गर्दा दोस्रो लहर विशेष गरी डेल्टा भेरीएन्ट देखिएसँगै देशमा अन्तर्राष्ट्रिय यात्रालाई बन्द गर्नु परेको थियो।

एउटा स्वास्थ्य सेवा प्रदायकका प्रबन्ध निर्देशक आशिष चौधरीले देशको सीमा खुले पछि बिरामीहरूको सङ्ख्यामा तिन गुणा बढी वृद्धि देखिएको दाबी गरेका छन्।

"हामीले पछिल्ला तिन महिनामा करिब २०० देखि ३०० प्रतिशतसम्म वृद्धि भएको पाएका छौँ।"

उनका अनुसार बिरामीहरू आउने सङ्ख्यामा वृद्धि, अस्पतालमा पहिले देखि नै आउने बिरामी (इन-पेसेन्ट) र बाहिरबाट आएका (आउट पेसेन्ट)हरूमा पनि देखिएको छ।

विश्व सामान्य अवस्थामा फर्किँदै गर्दा र प्रतिबन्धहरू द्रुत गतिमा खुकुलो हुँदा, दक्षिण पूर्वी एसिया, मध्य पूर्व, अफ्रिका, र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रबाट भारत जाने क्रम पनि सुचारु भएको छ।

Sunset at Rashtrapati Bhavan, India
Sunset at Rashtrapati Bhavan, India Source: Getty / Getty Images/Kriangkrai Thitimakorn

देशका प्रमुख सहरहरू- नयाँ दिल्ली, मुम्बई र सुरत त केही नामहरू मात्र हुन् जसले विश्वभरबाट आउने बिरामीहरूलाई स्वागत गर्दछन्।

स्वास्थ्य जाँचको लागि विदेश यात्रा गर्नुको पछाडि धेरै कारणहरू हुन्छन् जसमा आफ्नो गृह राष्ट्रमा लामो समय पर्खनु पर्ने, सस्तो उपचार वा उपचार उपलब्धता र पहुँच रहेका छन्।

बम्बा नाइजेरियाबाट आएका बिरामी हुन् र उनले देशको स्वास्थ्य स्याहार प्रणालीको प्रशंसा गर्छन्।

"कम शुल्क तिर्नु पर्ने भएकाले मैले भारतलाई चुनेको र यहाँ आएको। जाँचमा मेरो समस्या देखियो र त्यो समस्याको समाधान भयो। …हिप ट्रान्सप्लान्ट। उनीहरूले राम्रोसँग (उपचार) गरे।"

भारतलाई रोजिने स्वास्थ्य प्रक्रियाहरूमा बोन मेरो ट्रान्सप्लान्ट, वैकल्पिक उपचार, कार्डियाक बाइपास, आँखाको सर्जरी र हिप ट्रान्सप्लान्ट अग्र स्थानमा रहेका छन्।

सन् २०२० देखि २०२१ को मेडिकल टुरिज्म इन्डेक्समा भारत समग्र मूल्याङ्कनमा १० औँ स्थानमा रहेको छ।

स्पाइन सर्जरी इन्स्टिच्युटका निर्देशक डा मिहिर बापत भारतका अस्पतालहरूमा उच्च गुणस्तरको स्याहार सस्तो मूल्यमा प्रदान गरिने दाबी गर्छन्।

डा बापत भन्छन्,"भारत यस्तो देश हो जहाँ तपाइले स्तरीय चिकित्सा स्याहार पाउनु हुन्छ, वास्तवमा निकै आधुनिक किसिमको स्याहार कम मूल्यमा पाउनु हुन्छ।"

"दोस्रो, भारतमा धेरै अस्पतालहरू छन् जसले विभिन्न स्तरको स्वास्थ्य स्याहार प्रदान गर्दछ ठुलो बिरामी जनसङ्ख्यालाई, उनीहरूको सांस्कृतिक आवश्यकता, उनीहरूको स्वास्थ्य आवश्यकता र उनीहरूको आर्थिक आवश्यकतालाई ध्यानमा राखेर।"

बङ्गलादेशका नागरिक, मोहम्मद अलिफुद पनि आफ्नो श्रीमतीका साथ भारत आएका छन् स्वास्थ्य उपचारका लागी। र उनले आफ्नो अनुभवलाई लिएर सन्तुष्टि व्यक्त गरे।

"म धेरै धेरै खुसी छु राम्रो उपचार पाएकोमा र उनीहरूको काम, व्यवहार र उनीहरूको सहयोगबाट।"


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now