SKIP TO MAIN CONTENT

'मेलबर्न पढ्न आएर राम्रै गरेछु!': अस्ट्रेलिया आएका नेपाली विद्यार्थी

(L to R) Rupesh Dangol, Sushmita Sharma and Saurav Karki find Melbourne the best city compared to other cities in Australia.
(L to R) Rupesh Dangol, Sushmita Sharma and Saurav Karki find Melbourne the best city compared to other cities in Australia. Credit: SBS Nepali/Sapana Phuyal

मेलबर्न अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अस्ट्रेलियाकै सबैभन्दा राम्रो शहरका रूपमा अगाडी आएको छ।


Published

By Sapana Phuyal

Source: SBS



Skip to podcast episode content

मेलबर्न अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अस्ट्रेलियाकै सबैभन्दा राम्रो शहरका रूपमा अगाडी आएको छ।


विश्वव्यापी रूपमा शिक्षाको अवसर, पहुँच र सांस्कृतिक विविधता सम्बन्धी एक वरियताका आधारमा मेलबर्न उत्कृष्ट शहरका रूपमा पहिलो भएको हो।

'क्वाक्वेरेली साइमन्डस्'(क्यूएस) भनेर चिनिने उच्च शिक्षा सम्बन्धी एक विश्वव्यापी विज्ञ संस्थाले उक्त वरियता सार्वजनिक गरेको हो।

सो वरियताका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा मेलबर्न विश्वको पहिलो पाँचमा परेको छ भने अस्ट्रेलियामा पहिलो छनौटका रूपमा देखिएको छ।

यस्तै गरेर, समावेशिता, विविधता, मित्रता, यातायात सुविधा, रात्रि जीवन, कला, संस्कृति लगायत विभिन्न आठ क्षेत्रमा विद्यार्थीहरूको अनुभवका आधारमा मेलबर्न विश्वकै दोस्रो उत्कृष्ट सहरमा सुचीकृत भएको छ ।

त्यति मात्र होइन कि काम पाउन र कामको अनुभव लिनको लागी सबैभन्दा राम्रो सहर भनिएको छ।

क्यूएसको तथ्याङ्क अनुसार भिक्टोरियामा १७५ देशका २,८७,००० अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना भएका छन्।

अन्तर्राष्ट्रिय शिक्षा भिक्टोरियाको एक महत्त्वपूर्ण आर्थिक श्रोत हो। क्यूएसको रिपोर्ट अनुसार सन् २०२३ मा भिक्टोरियाले १४ अर्ब ८० करोड डलर आम्दानी गरेको थियो भने ६३,००० ले काम पाएका थिए।

मेलबर्नका शङ्कर धरेल, एक रजिस्टर्ड माइग्रेसन एजेन्ट हुन्।

धरेल भन्छन् कि, "सांस्कृतिक विविधतापूर्ण सहर भएकाले मेलबर्नमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू अन्य ठाउँको तुलनामा अलि बढी सजिलोसँग घुलमिल हुन सक्छन्।"

दुई वर्ष अघि मेलबर्न आएका रूपेश डङ्गोल पनि अरू सहरहरू भन्दा मेलबर्न नै राम्रो लागेको बताउँछन्। डङ्गोल हाल मेलबर्न स्थित लाट्रोब युनिभर्सिटीमा मास्टर्स तहको पढाइमा व्यस्त छन्।

मेलबर्न सिड्नी भन्दा सस्तो छ, यहाँ अवसरहरू पनि धेरै छन्, साथै मान्छेहरू पनि मिलनसार छन् र (मलाई) काम खोज्न पनि सहज भयो।
रूपेश डङ्गोल, अन्तर्राष्ट्रिय विद्यार्थी

गत वर्ष मात्र इकाेनोमिस्ट पत्रिकाको 'इन्टेलिजेन्स युनिट ग्लोबल लिभएबिलिटी इन्डेक्स' अनुसार मेलबर्न विश्वकै बस्न लायक तेस्रो स्थानमा परेको थियो।

सरकारले भिक्टोरियाका विश्वविद्यालयहरूलाई विश्वकै उत्कृष्ट विश्वविद्यालय बनाउन भिक्टोरियन उच्च शिक्षा राज्य लगानी कोषबाट ३५ करोड डलर अनुसन्धान लगायत पूर्वाधारमा सहयोग समेत दिँदै आएको छ।

भिक्टोरिया सरकारले अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ।

माइग्रेसन एजेन्ट शङ्कर धरेल यस्तो भन्छन्।

मोनाश र मेलबर्न युनिभर्सिटी अस्ट्रेलियाकै सबैभन्दा राम्रो विश्वविद्यालयहरू पनि यहीँ भएका कारण विद्यार्थीहरूले आफ्नो रुचि अनुसारका विषय छनोट गरेर पढ्न पाउँछन्।
शङ्कर धरेल, रजिस्टर्ड माइग्रेसन एजेन्ट

सुस्मिता शर्मा, एकाउन्टिङमा स्नातक गरिरहेकी छिन्। मेलबर्न सस्तो भएका कारण विद्यार्थी जीवनमा काम र पढाइलाई व्यवस्थापन गर्न सजिलो हुने उनी बताउँछिन्।

आर्थिक विकास सम्बन्धी भिक्टोरियन मन्त्री टिम प्यालसले मेलबर्न फेरी पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको पहिलो रोजाइमा प्रमाणित भएको बताए।

मन्त्री प्यालस भन्छन्, "अन्तर्राष्ट्रिय शिक्षामा गरिने लगानीले विद्यार्थीहरूको नयाँपन पनि भित्रन्छ।"

त्यस्तै मेलबर्नमै पढाइ सकेर टेम्पररी रेजिडेन्स भिसा (टीआर)मा रहेका साैरभ कार्की सुरुमा आएर बस्न खोज्ने देखि पछि गएर यहीँ बस्छु, सेटल हुन्छु भन्नेहरूका लागि अरू राज्यको तुलनामा एकदमै राम्रो भएको बताउँछन्।

कार्की भन्छन्, “सुरुमा त एजुकेसन एजेन्टले जहाँ भने त्यही आउने क्रममा मेलबर्न आइयो तर अहिले यहाँ आएर ठिक गरेछु भन्ने लाग्यो।”


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now