Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

स्पाईवेयरको विकास र बेचबिखनमा संलग्न रहेको आरोपमा मेलबर्नका एक पुरुष पक्राउ

Hacker with computers in dark room. Cyber crime

here's been an increase in cybercrime during the COVID-19 pandemic Source: Getty Images

मानिसहरूको जासुसीमा प्रयोग हुने सफ्टवेयर विकास गरी बेचबिखन गरेको आरोपमा २४ बर्सिया अस्ट्रेलियाली युवक मेलर्वनबाट पक्राउ परेका छन्।


Published

Updated

By Claire Slattery

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


मानिसहरूको जासुसीमा प्रयोग हुने सफ्टवेयर विकास गरी बेचबिखन गरेको आरोपमा २४ बर्सिया अस्ट्रेलियाली युवक मेलर्वनबाट पक्राउ परेका छन्।


बहुराष्ट्रिय साइबर सेक्युरिटी सम्बन्धी एक संस्था र अमेरिकी जासुसी संस्था एफबिआईको सूचना पाएपछि पाँच वर्ष अघि नै उक्त सफ्टवेयरको विकास र बेचबिखनमा संलग्न व्यक्तिको खोजी सुरु भएको हो।

रिमोट एक्सेस ट्रोजन स्पाईवेयर (रया्ट) भनिने टाढैबाट अन्य मानिसका फोन, कम्प्युटर एवम् ल्यापटपहरूका निगरानी राख्न प्रयोग हुने सफ्टवेयर निर्माणमा २४ बर्सिया अस्ट्रेलियाली व्यक्ति जिम्मेवार रहेको सङ्घीय प्रहरीको अनुसन्धानबाट फेला परेको हो।

सङ्घीय प्रहरीको साइबर अपराध हर्ने विभागका कमान्डर क्रिस गोल्ड्समिड उक्त सफ्टवेयरले आर्थिक, घरेलु हिंसा र अन्य किसिमका अपराधलाई प्रश्रय दिएको बताउँछन्।

“मानिसहरूको जानकारी बिना नै यसलाई विभिन्न डिभाइसहरूमा राख्न सकिन्थ्यो, जसबाट उक्त डिभाइसलाई मनिटर गर्न र वेबक्याममा एक्सीस गर्न समेत मिल्दथ्यो,” उनले भने।

रिपोर्ट सुन्नुहोस्। स्पाईवेयरको विकास र बेचबिखनमा संलग्न रहेको आरोपमा मेलबर्नका एक पुरुष पक्राउ हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

सन् २०१९ मा सङ्घीय प्रहरीले अपरेसन सिफस सञ्चालन गरी उक्त सफ्टवेयरलाई बन्द गर्न भने सफल भएको थियो।

सोही वर्ष प्रहरीले गरेको कारबाहीका दौरान विभिन्न खाले डिभाइस र उक्त स्पाईवेयर सञ्चालनका लागि कोड जेनेरेट गर्ने एक विशेष कम्प्युटर पनि फेला पारेको थियो।

उक्त कम्पूटर २४ बर्सिया अस्ट्रेलियाली पुरुषको रहेको अहिले पत्ता लागेको प्रहरीको भनाई छ।

“सन् २०१३ देखि २०१९ काबिचमा उक्त स्पाईवेयरको विकास, ब्रिकी र सञ्चालन गरेको आरोपमा उक्त पुरुष माथि ६ वटा मुद्दा चलाइने भएको छ,” कमान्डर क्रिस गोल्ड्समिडले भने।

“मेलर्वन स्थित सोही घरबाट, एक ४२ बर्सिया महिलालाई पनि उक्त सफ्टवेयरको बिक्रीमा सहजकर्ताको भूमिका खेलेको भन्दै पक्राउ गरिएको छ।”

यदि आरोप प्रमाणित भएको खण्डमा उक्त पुरुष लगभग २० वर्षका लागि जेल जानेछन्।

प्रहरीका अनुसार १५ वर्षको उमेरदेखि नै उक्त मानिस स्पाईवेयरको विकासमा लागेका थिए भने १२० भन्दा बढी राष्ट्रमा १४,५०० व्यक्तिलाई उनले सफ्टवेयर बिक्री गरेका थिए।

Cyber crime
Source: PA Wire/AAP

अस्ट्रेलिया भित्र पनि २०१ वटा सफ्टवेयर ब्रिकी भएका छन्।

विशेष गरी घरेलु हिंसासँग जोडिएका मानिसले यस्ता स्पाईवेयरको खरिद गरेका छन्।

बाल यौन दुर्व्यवहारको मुद्दा परेको एक व्यक्तिले पनि सफ्टवेयर खरिद गरेको फेला परेको प्रहरीको भनाई छ।

विश्वभर दशौँ हजार मानिस उक्त सफ्टवेयरका कारण पीडित बनेको हुन सक्ने प्रहरीले बताएको छ।

कम्यूटरका माध्यमबाट विभिन्न खाले अपराधहरू भई रहेका बेला, साइबर सेक्युरिटी विज्ञहरू पनि साइबर आक्रमणबाट जोगिन र यसलाई पहिचान गर्न मुस्किल परिरहेको बताउँछन्।

न्यु साउथ वेल्स विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ साइबर सेक्युरिटीका नाइजेल फेर आफ्ना डिभाइसमा के डाउन लोड गर्दैछु, डिभाइसलाई अप टु डेट राखेको छु की छैन भन्ने कुरामा विशेष ख्याल पुर्‍याउन जोड दिन्छन्।

“पहिलो कुरा त आफ्नो डिभाइसलाई उत्पादक संस्थाले भने जस्तै अपडेट गर्नुस्, दोस्रो भनेको व्यवसायीक एन्टीभाइरसको प्रयोग गर्नुस् र तेस्रो चाहिँ आफूले के डाउनलोड गर्दैछु र कस्ता वेबसाइटमा जादैछु भन्ने ख्याल राख्नुस्,” उनले भने।

उक्त अपराधको अनुसन्धानका लागि विश्वभर ८५ वटा सर्च वारेन्ट जारी गरिएका छन् भने सयौँ डिभाइस र दर्जन बढी मानिस पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाई छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now