नेपालमा हालै सञ्चालनमा आएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले आँखा उपचारको पहुँचलाई थप सहज बनाउने फ्रेड हलोज फाउन्डेसनकी ब्रान्ड एन्ड कम्युनिकेसन्स डिरेक्टर एलिसन हिल बताउँछिन्। गत १३ नोभेम्बर, २०२४ मा भएको अस्पतालको औपचारिक उद्घाटनका लागि हिल निजगढ पुगेकी थिइन्। तिलगंगा आँखा प्रतिष्ठानले फाउन्डेसनसँगको सहकार्यमा सुरु गरेको उक्त सामुदायिक अस्पतालका योजना, नेपालमा आँखा उपचारको माग र अस्ट्रेलिया-नेपाल सम्बन्धको बारेमा हिलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Share





