Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल: अस्ट्रेलियाली क्रिकेटर शेन वार्नको सम्झनामा एक विशेष अन्तर्राष्ट्रिय क्रिकेट टुर्नामेन्ट हुँदै

A special international cricket will be held in Nepal in memory of late Australia cricketer Shane Warne.

Former National Nepali cricketer (L) and Australian cricketer Shane Warne (R) Source: Facebook/Aamir Akhtar, Stringer/Paul Kane via Getty Images

नेपालका पूर्व राष्ट्रिय क्रिकेट खेलाडी आमिर अख्तरले प्रसिद्ध अस्ट्रेलियाली क्रिकेट खेलाडी शेन वार्नको स्मृतिमा एउटा क्रिकेट टुर्नामेन्टको आयोजना गर्ने घोषणा गरेका छन्। अप्रिल महिनामा भैरहवामा हुन गइ रहेको प्रो क्लब च्याम्पियनशिप, हालै निधन भएका वार्नको सम्झानामा गरिने एभरेस्ट प्रिमियर लिगका संस्थापक तथा सञ्चालक समेत रहेका अख्तरले बताएका छन्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS




Share this with family and friends


नेपालका पूर्व राष्ट्रिय क्रिकेट खेलाडी आमिर अख्तरले प्रसिद्ध अस्ट्रेलियाली क्रिकेट खेलाडी शेन वार्नको स्मृतिमा एउटा क्रिकेट टुर्नामेन्टको आयोजना गर्ने घोषणा गरेका छन्। अप्रिल महिनामा भैरहवामा हुन गइ रहेको प्रो क्लब च्याम्पियनशिप, हालै निधन भएका वार्नको सम्झानामा गरिने एभरेस्ट प्रिमियर लिगका संस्थापक तथा सञ्चालक समेत रहेका अख्तरले बताएका छन्।


भूतपूर्व राष्ट्रिय क्रिकेट खेलाडी आमिर अख्तर क्रिकेटको नेपाली लीग एभरेस्ट प्रिमियर लिगका संस्थापक तथा सञ्चालक हुन्। उनले हालसालै मात्रै अस्ट्रेलियन क्रिकेट खेलाडी शेन वार्नको स्मृतिमा एउटा क्रिकेट टुर्नामेन्टको आयोजना गर्ने घोषणा गरेका छन्।

 

 

आफैँ राष्ट्रिय क्रिकेट खेलाडी भएकाले एभरेस्ट प्रिमियर लिगको स्थापना गर्न प्रेरित भएको उनी बताउँछन्। २०१६ मा सुरु भएको यो लिगको चार वटा संस्करण सम्पन्न भइसकेका छन्।

अख्तरसँगको कुराकानी सहितको रिपोर्ट यहाँ सुन्नुहोस्: नेपाल: अस्ट्रेलियाली क्रिकेटर शेन वार्नको सम्झनामा एक विशेष अन्तर्राष्ट्रिय क्रिकेट टुर्नामेन्ट हुँदै हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

 

"हामीले भूकम्प र नाकाबन्दी पछिको कठिन समयमा सुरु गरेता पनि अहिलेसम्म चार संस्करण सफलताका साथ आयोजना गरिसकेका छौँ। यसरी चार संस्करण पुरा गर्ने हामी विश्वमै पाँचौँ लीग हौँ र टेस्ट खेल्ने राष्ट्रहरूपछिको पहिलो। यसमा हामी गर्व गर्छौँ," अख्तर भन्छन्।   

एभरेस्ट प्रिमियर लिगकै म्यानेजमेन्ट अन्तर्गत अप्रिल महिनामा भैरहवामा प्रो क्लब च्याम्पियनशिप हुन गइ रहेको छ, जुन भर्खरै दिवङ्गत भएका प्रसिद्ध अस्ट्रेलियाली क्रिकेटर शेन वार्नको स्मृतिमा गरिने अख्तरले बताएका छन्। 

यस च्याम्पियनशिपमा नेपालका पाँच वटा र भारत, बांग्लादेश र मलेसियाबाट एक एक वटा क्लब गरेर आठ वटा क्लबले टी-२० टुर्नामेन्ट खेल्दै छन्।  

"हामीले यो च्याम्पियनशिपको तयारी केही समय अघिदेखि नै गरिरहेका थियौँ। शेन वार्नको देहान्त भएपछि हामीले यो च्याम्पियनशिपलाई उहाँको नाममा डेडिकेट गर्ने निर्णय गर्‍यौँ," अख्तरले वार्नको प्रभावको बारेमा बताउँदै भने।

शेन वार्न एउटा क्रिकेटर मात्र नभएर त्यो खेलभन्दा पनि माथि हुनुहुन्थ्यो। उहाँको शानदार व्यक्तित्व थियो, उहाँको खेल हेरेर जो पनि प्रभावित हुन्थ्यो। उहाँले कति युवा खेलाडीहरूलाई खेल्न सिकाएर आफ्नो ज्ञान बाँड्नुहुन्थ्यो। हाम्रो राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई पनि उहाँले त्यसै गरी सिकाउनुभएको थियो।

नेपाली क्रिकेट र अस्ट्रेलियाको पुरानो सम्बन्ध भएकाले पनि अस्ट्रेलियासँग अझ बलियो सम्बन्ध बनाउन खोजेको अख्तर बताउँछन्। 

एभरेस्ट प्रिमियर लीगको प्रवर्द्धन मेलबर्नमा अवस्थित अस्ट्रेलियन कम्पनीले गरिरहेको छ, जसले गत वर्ष त्यो लीगको प्रसारण ८० वटा देशमा गराउन सफल भएको थियो। 

"म राष्ट्रिय टोलीमा खेल्दा त्यस बेलाको अस्ट्रेलियाली टोलीका बब सिम्पसनले नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिनुभएको थियो, जुन निकै राम्रो थियो। धेरै अगाडि नेपाली टोलीको अस्ट्रेलियन कोच पनि हुनुहुन्थ्यो। अस्ट्रेलियामा नेपाली डायस्पोरा पनि निकै ठुलो छ। यी सबै कारणले हामी खेलका माध्यमबाट अस्ट्रेलियासँग सम्बन्ध अझ नजिक बनाउन चाहन्छौँ," अख्तर भन्छन्।

र शेन वार्नको स्मृतिमा गरिने यो च्याम्पियनशिपले पनि हाम्रो अस्ट्रेलियाली क्रिकेटप्रतिको सम्मानको सन्देश दिन्छ भन्ने हामीले आशा राखेका छौँ।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now