नेपालले बङ्गलादेशसँग विद्युत् व्यापार गर्ने सम्भावना नजिकिएको छ, नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङ उक्त छिमेकी देशमा पुगेका छन्। नेपाली काँग्रेसको महासमितिको बैठक सम्पन्न भए सँगै नेकपा एमालेको केन्द्रीय समितिको बैठक जारी रहेको छ। ललिता निवास जग्गा प्रकरणको सन्दर्भमा विशेष अदालतले फैसला सुनाएको छ। यस लगायत देशका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार सबिन धमलाले गरेको विश्लेषण सुन्नुहोस्।
नोट: कुराकानीमा व्यक्त गरिएका विचार एसबीएस नेपालीको नभई पत्रकार धमलाका व्यक्तिगत विचार हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





