नेप्लीज एसोसिएसन अफ भिक्टोरिया(न्याभ)को १९ सौँ क्रिकेट कपको फाइनल खेल सम्पन्न भएसँगै नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले अस्ट्रेलिया भ्रमण गरेका छन्। भिक्टोरियाको संसद् तथा अस्ट्रेलियाको सबैभन्दा ठुलो रङ्गशाला मेलबर्न क्रिकेट ग्राउन्ड पुगेका चन्द भन्छन् नेपालमा क्रिकेटको विकासका लागि सरकारले पूर्वाधारमा लगानी गर्नुपर्छ। यस लगायत अस्ट्रेलियाको नेपाली समुदायमा देखेको क्रिकेट प्रतिको प्रेम र भावी योजनाका बारेमा चन्दसँग गरिएको कुराकानी सुन्नुहोस्।
वर्तमान अवस्थामा नेपालमा क्रिकेटबाट अपेक्षा अनुसार आय आर्जन हुन नसकेको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द बताउँछन्।
"नेपालमा मैले आशा गरेको भनेको एउटा क्रिकेट रङ्गशाला चाहियो। मैदान हामीले बनायौँ, क्यानले जसरी भए पनि जेनतेन - क्रिकेट ग्राउन्ड छ, टीयु छ, हामीसँग मूलपानी छ। तर हामीसँग टिकट बेचेर आय आर्जन गर्न, सुविधा सम्पन्न व्यवस्था गरेर क्रिकेटबाट फन्डरेजिङ अझै पनि सोचे अनुसार हुन सकेको छैन," उनले बताए।
"त्यसका लागि स्टेडियम चाहिँ सरकारले बनाइदियो भने नेपालमा आएर जोसुकै देश पनि खेल्न इच्छुक हुन्छ जस्तो लाग्छ।"
हालै अस्ट्रेलिया भ्रमणका क्रममा मेलबर्न क्रिकेट ग्राउन्ड पुगेका चन्दले अस्ट्रेलिया सरकारले क्रिकेटलाई दिँदै आएको प्राथमिकतालाई नेपालले उदाहरणीय रूपमा लिन सक्ने बताएका हुन्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





