SKIP TO MAIN CONTENT

'काला चस्मा' गीतमा नाच्दा महिलाहरू आलोचित: साप्ताहिक नेपाल सन्दर्भ

barada 1.jpg
Source: Supplied / Barada Karki

नेपाली समुदायले यस हप्ता संसारभर नै मनाएको तीज पर्वमा केही महिलाहरू नाचेको भिडियो धेरै ट्रोल भएका छन्।


Published

By Sewa Bhattarai

Source: SBS



Skip to podcast episode content

नेपाली समुदायले यस हप्ता संसारभर नै मनाएको तीज पर्वमा केही महिलाहरू नाचेको भिडियो धेरै ट्रोल भएका छन्।


यो वर्ष धेरै महिलाहरूले टिकटकमा ट्रेन्डिङ रहेको काला चस्मा भन्ने गीतमा ट्वर्क गरेका थिए। पश्चिमा नाच शैलीमा पनि केही वर्षयता मात्र लोकप्रिय भएको यस्तो नाचलाई धेरैले उत्तेजक मान्दछन्।

यो नाचका भिडियोहरू टिकटक र सामाजिक सञ्जालमा देखा पर्ने बित्तिकै विशेष गरी नेपाली पुरुषले एकदमै धेरै गाली गरेका थिए।

कतिपय महिला त्यस्ता भिडियो सामाजिक सञ्जालबाट हटाउन बाध्य भए भने स्वास्थ्यकर्मीको एक समूहले सार्वजनिक रूपमा माफी माग्नु पर्‍यो।

मेलबर्न निवासी मोर्टगेज ब्रोकर बरदा कार्कीले त्यस्तै एउटा भिडियो सामाजिक सञ्जालमा राखेपछि ट्रोलिङको सिकार भएकी थिइन्।

एउटा सामान्य नाचको भिडियोले नेपाली समाजमा ल्याएको हलचल, र सामाजिक सञ्जालमा महिलाको मोरल पोलिसिङले देश विदेशका नेपाली महिलालाई परेको असरका बारेमा कार्कीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now