Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'पुरुषको मात्र खेल होइन': महिला खेलाडीहरूले कसरी क्रिकेटलाई परिवर्तन गर्दैछन्?

Australian cricketer Lisa Sthalekar during the ICC Womens World Cup Twenty20 semi final match between Australia and India

Australian cricketer Lisa Sthalekar celebrates after dismissing Indian Mithali Raj during the ICC Womens World Cup Twenty20 semi final match between Australia and India in 2010. Source: AFP / Emmanuel Dunand, Getty Images

पुरुष हाबी भएको खेलका रूपमा क्रिकेटलाई लिए पनि, महिलाहरूको योगदान पनि यो क्षेत्रमा कम छैन। कलर्स अफ क्रिकेटको यो भागमा अस्ट्रेलियामा महिला क्रिकेटरहरूले भोग्नु परेको चुनौती र दक्षिण एसियाली महिलाहरूले क्रिकेटको क्षेत्रमा पुर्‍याइरहेको योगदानका बारेमा चर्चा गरिएको छ।


Published

Updated

By Deeju Sivadas, Vatsal Patel, Sahil Makkar, Abhas Parajuli

Presented by Kulasegaram Sanchayan, Preeti Jabbal

Source: SBS



Share this with family and friends


पुरुष हाबी भएको खेलका रूपमा क्रिकेटलाई लिए पनि, महिलाहरूको योगदान पनि यो क्षेत्रमा कम छैन। कलर्स अफ क्रिकेटको यो भागमा अस्ट्रेलियामा महिला क्रिकेटरहरूले भोग्नु परेको चुनौती र दक्षिण एसियाली महिलाहरूले क्रिकेटको क्षेत्रमा पुर्‍याइरहेको योगदानका बारेमा चर्चा गरिएको छ।


क्रिकेटमा 'ओभर आर्म बलिङ' आविष्कार गरेको मात्र नभएर पहिलो विश्वकप खेलेको श्रेय पनि महिलालाई जान्छ।

सिड्नीमा क्रिकेट करियरलाई अगाडी बढाउँदै गरेकी इरा पटेल, महीलाहरूलाई क्रिकेटमा अगाडी बढ्न विभिन्न चुनौतीहरू रहेको बताउँछिन्।

अहिले क्रिकेटलाई केटाहरूले खेल्ने खेलका रूपमा लिइन्छ, केटीहरू विशेष गरी नृत्य, नेटवल र रचनात्मक कार्यमा बढी देखिन्छन्
इरा पटेल

सामान्य अरू अस्ट्रेलियाली महिलाहरू जस्तै इराले पनि पुरुषहरूको टोलीबाट क्रिकेट खेल्न थालनी गरेकी हुन्।

उनका अनुसार खेलमा अगाडी बढ्न महिलाहरूले सानै उमेरदेखि विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ।

विशेष गरी दक्षिण एसियाली समुदायलाई प्रतिनिधित्व गर्ने महिला खेलाडीका लागि त यो चुनौती अझ बढी छ।

लिसा स्थेलकर र अलाना किङ्गले सन् २०१३ र सन् २०२२ मा क्रमशः अस्ट्रेलियालाई विश्वकप जित्नलाई मद्दत गरे।

भारतमा जन्मिएकी लिसा स्थेलकरले सन् २०१३ को छैठो महिला विश्वकप खेलका दौरान आफ्नो खेल कुशलता प्रस्तुत गर्दै अस्ट्रेलियालाई विश्वकपको उपाधि दिलाइन्।

यसै गरी चेन्नइबाट मेलबर्नमा बसाइ सरेका परिवारमा जन्मिएकी अलानाको 'लेग स्पिन'मा राम्रो दक्षताका कारण विभिन्न ठुला उपाधि हात पार्नका लागि योगदान दिएकी छन्।

यी दुवै खेलाडीहरूले पुरुष टोलीबाटै खेल्न सुरु गरेका हुन्।

अस्ट्रेलियाली क्रिकेटकी पूर्व खेलाडी एवम् क्रिकेट बोर्ड अस्ट्रेलियाकी पहिलो महिला प्रतिनिधि मेल जोन्स भन्छिन् कि क्रिकेटलाई अझै पनि पुरुषहरूले खेल्ने खेलका रूपमा हेरिन्छ।

संसारभरका क्रिकेट खेलका तालिकाहरूलाई हेर्ने हो भने, पुरुषका लागि भनेर कार्यक्रमहरू बनाइएका हुन्छन्, केही बाँकी रह्यो भने चाहिँ बल्ल त्यहाँ महिलालाई स्थान दिइएको हुन्छ
मेल जोन्स

यद्यपि पछिल्लो समय भने महिला क्रिकेटरहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ, उनीहरूले समर्थन पाउने क्रम पनि बढी रहेको छ।

खेल विज्ञहरू अस्ट्रेलियाले अहिले महिलाहरूका लागि निकै राम्रो घरेलु लिग तैयार पारेको बताउँछन्।

वुमन्स बिग ब्यास लिग (डब्लूबीबीएल) मार्फत भारतीय महिला क्रिकेटरहरूले फाइदा लिनुका साथै यसमा योगदान पनि दिँदै आएका छन्।

त्यसो भए विश्वको सबैभन्दा आकर्षक क्रिकेट फ्रेन्चाइज इन्डियन प्रिमीयर लिगले महिला संस्करण सुरु गर्‍यो भने डब्लूबीबीएलको भविष्य के होला त? विज्ञहरूले फरक फरक मत जाहेर गरेका छन्।

यदि तपाईँले यस अघिका भागहरु सुन्न छुटाउनु भएको छ भने शृङ्खलाको सुरुमा जानुहोस्।

Colours of Cricket एसबीएस रेडियो एप वा तपाईँको रोजाइको पोडस्ट एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।

Colours of Cricket एसबीएस रेडियोको दक्षिण एसियाली भाषा कार्यक्रमहरू संयुक्त परियोजना हो र यसका आठ भाग प्रत्येक हप्ता सुन्न सकिनेछ।

ती भाषा कार्यक्रमहरूमा रहेका छन्: एसबीएस बाङ्गला, एसबीएस गुजराती, एसबीएस हिन्दी, एसबीएस मलयालम, एसबीएस नेपाली, एसबीएस पन्जाबी, एसबीएस सिन्हाला, एसबीएस तामिल र एसबीएस उर्दु।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now