राज्य स्तरीय निर्वाचन नजिकिँदै गर्दा, न्यु साउथ वेल्सको नर्स युनियनले राज्य सरकार विरुद्ध कानुनी कदम चालेका छन्। "प्रणालीगत र निरन्तर रूपमा नियमहरूको पालना नगरिएको, र हजारौँ नर्सिङ केयरका घण्टाहरू कम भएको भन्दै" नर्स तथा मिडवाइफ सङ्घले सरकार माथि आरोप लगाएको हो। यता प्रिमियर डोमिनिक पेरोटेले राज्यको स्वास्थ्य प्रणाली देशकै सबैभन्दा बलियो रहेको भनी दाबी गर्दै आएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।




